logo

गाडी किन्नेलाई निःशुल्क ड्राइभिङ्ग तालिम र फाइनान्सको सुविधा दिने सिप्रदीको घोषणा

‘आफ्नो गाडी आफैँ सवारी’ अभियान

काठमाण्डौं, साउन २१
सिप्रदी ट्रेडिङ्गले प्रत्येक टाटा सुमो गोल्ड गाडी खरिद गर्ने व्यक्तिलाई निःशुल्क ड्राइभिङ्ग तालिम दिने घोषणा गरेको छ । साथै आफ्नो गाडी आफैंँ बनाउनयोग्य बनाउने उद्देश्यले खरिदकर्तालाई मेकानिकल तालिम र गाडी खरिदका लागि फाइनान्सको सुविधासमेत उपलब्ध गराउने जनाएको छ । फाइनान्सको सुविधा उपलब्ध गराउनाले गाडी खरिद गर्न चाहने तर पर्याप्त पैसा नहुनेलाई राहत प्रदान गर्नेछ । सिप्रदीले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो । सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले यस अभियानले समाजमा रोजगारी सिर्जना हुने दाबी गरे । रोजगारीमूलक अभियान सुरुवात गरेकोमा आफूले गर्व महसुस गरेको पनि पत्रकार सम्मेलनमा उनले सुनाए । ग्राहकलाई निःशुल्क ड्राइभिंग तालिम, निःशुल्क मेकानिकल तालिम, सुलभ फाइनान्स र १ वर्षको इन्स्योरेन्सको सुबिधा दिने कार्यक्रमलाई सिप्रदीले “आफ्नो गाडी आफै सवारी” नामक व्यवसायिक अभियान नामाकरण गरेको छ । पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार यो अभियान विशेषगरी रोजगारीको अवसर खोजिरहेका युवाप्रति लक्षित रहने छ । यस अभियानले स्वदेशमा नै रोजगारीको सृजना गरी, युवाहरुको बैदेशिक रोजगारीका लागि बिदेसीनु पर्ने बाध्यतालाई कम गर्ने विश्वास सिप्रदीले लिएको छ ।
उक्त अभियानमा टेलिभिजनका कार्यक्रम प्रस्तोता रबि लामिछाने संलग्न छन् । उनले उक्त अभियानको बारेमा लक्षित समूहलाई जागरुक गराउने बताइएको छ । लामिछाने यस अभियानसंग दुई वर्षको अवधिसम्म जोडिने प्रेम विज्ञप्तिमार्फत जानकारी दिइएको छ । सिप्रदी अटोमोटिभ र सम्वन्धित व्यवसायमा काम गर्ने नेपालको सबैभन्दा ठूला र सम्मानित ब्राण्डहरुमध्ये एक हो । ३७ वर्षदेखि कार्यरत सिप्रदीको वार्षिक कारोबार ३५ करोड अमेरिकी डलर अर्थात ३५ अर्ब रुपैयाँ भन्दा वढी छ । सिप्रदीका अनुसार पछिल्लो समयमा कारोवार तिव्रगतिमा वढ्दै गएको छ । सिप्रदी अटोमोवाइल, उर्जा, लुव्रिकेन्ट, वित्तीय सेवा र उपकरणको व्यवसायमा आवद्ध रहेको छ । यसका सात सय ५० जना कर्मचारी छन् अनि ६ सय ५० जना सहयोगी कर्मचारी छन् । उनीहरु उत्कृष्ट वस्तु र सेवा पु¥याउने एउटै उद्धेश्यका साथ काम गरिरहेको सिप्रदीको दाबी छ । पर्याप्त कर्मचारीले काम गरेको कारण सिप्रदीको ब्राण्ड भ्यालु वढेको बताइएको छ । सिप्रदी ट्रेडिङ प्रा.लि सन् १९८२ देखि नेपालमा टाटा मोटर्सका आधिकारिक विक्रेता रहँदै आएको छ । यो आइएसओ ९००१–२००८ प्राप्त कम्पनी हो । यसको नेपालमा सवैभन्दा धेरै विक्री तथा सेवा केन्द्र हरु रहेका छन् । देशभरि टाटा मोटर्सका कमर्सियल गाडीमा समर्पित १९ बिक्री कार्यालय र २५ सेवा केन्द्रहरु रहेका छन् । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

सीटीसी मोबाइल हबमा शून्य प्रतिशत ब्याजदरमा मोबाइल

राजधानीको सुनधारामा केही दिन पहिले सञ्चालनमा आएको सीटीसी मोबाइल हबमा मोबाइल किन्नेको भीड लागेको...

पञ्चासे चिया बजारमा

कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं. १ मा सञ्चालन भएको दाहाल चिया प्याकेजिङ उद्योगका उत्पादनहरु बजारमा...

पोखरामा सिप्रदी अर्थमुभर्सको शाखा र्कायालय

नेपालका लागि टाटा हिटाचीको एकमात्र आधिकारिक वितरक सिप्रदी अर्थमुभर्स प्रालिले व्यवसाय विस्तार गर्ने क्रममा...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...
मनोरञ्जन / साहित्य अरु धेरै

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै...

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै