logo

ऐतिहासिक शृङ्खला बराबरी

राजेन्द्र श्रेष्ठ
ऐतिहासिक एक दिवसीय क्रिकेट प्रतियोगिता खेल्न नेदरल्याण्ड्स गएको नेपाली क्रिकेट टिम आज (आइतबार) स्वदेश फिर्ता हुने भएको छ । दुई वटा एक दिवसीय क्रिकेट प्रतियोगिता खेल्न गएको टिम शृङ्खला बराबरी गर्दै फर्कन लागेको हो । पहिलो खेल ५५ रनले पराजित भएको नेपालले दोस्रो खेल एक रनको रोमाञ्चक जितका साथ शृङ्खला बराबरी गरेको थियो । गत २ साउनमा इङ्ल्यान्डको लर्डसमा भएको त्रिकोणात्मक सिरिज तथा नेदरल्याण्ड्समा भएको एक दिवसीय क्रिकेट शृङ्खला खेल्न नेपाल लण्डन पुगेको थियो । त्यहाँ चार वटा अभ्यास तथा क्रिकोणात्मक शृङ्खला खेलेर नेपाली टिम नेदरल्याण्ड्स पुगेको हो । नेदरल्याण्ड्समा भएको दुईवटा एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलर आज (आइतबार) नेपाली टिम फर्कन लागेको छ । नेपाली टिमका सबै सदस्य भने सँगै नआउने भएका छन् । उतैबाट क्यारेबियन प्रिमियर लिग खेल्न युवा बलर सन्दीप लामिछाने जानेछन् । क्यारेबियन प्रिमियर लिगमा पाँच वटा खेल खेलेर सन्दीप मलेसियामा हुने एसियाकपको छनौट खेल्न उतैबाट मलेसिया जाने बुझिएको छ । गत चैतमा जिम्बाबेमा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन टुको उपविजेता बन्दै एक दिवसीय मान्यता पाएको नेपालले एक दिवसीय खेलमा बुधबार पहिलो खेलेर सुरुवात गरेको छ । नेदरल्याण्डस्थित भिआरए मैदान, आम्स्टरडममा नेपाल र नेदरल्याण्डबीच एक दिवसीय खेलेको थियो । सन् १९८८ मा आइसिसीको सदस्य बनेको नेपालले सन् १९९६ मा एसोसिएट राष्ट्रको मान्यता तथा गत चैतमा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन टुको उपविजेता बन्दै एक दिवसीय मान्यता पाएको थियो । नेदरल्याण्डको निमन्त्रणामा त्यहाँ पुगेको नेपाली टोलीको नेतृत्व पारस खड्काले गरेका थिए । पारससँगै नेपाली टोलीमा इन्डियन प्रिमियर लिग (आइपिएल) र टोली विश्व–११ मा समेत स्थान बनाइसकेका युवा स्टार सन्दिप लामिछानेटोलीमा रहेका थिए । त्यस्तै, अनिलकुमार साह, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, शक्ति गौचन, शरद भेषवाकर, सोमपाल कामी, सुवास खकुरेल थिए । नेदरल्याण्डमा एक दिवसीय दुई खेल भएको थियो । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)बाट एक दिवसीय मान्यता पाएको चार महिनापछि पहिलो पटक एक दिवसीय खेल खेलेको हो । यसै अवसरलाई सदुपयोग गर्दै नेपाली बलर शक्ति गौचनले डेढ दशक लामो आफ्नो खेल यात्राबाट संन्यास लिँदैछन् । युरोप भ्रमणमा जानुअघि आयोजित पत्रकार सम्मेलनमा गौचनले नेपाली टोलीबाट एक दिवसीय खेल खेल्ने आफ्नो सपना पूरा भएको बताएका थिए । नेपालले पहिलो एक दिवसीय खेल खेलेको नेदरल्याण्ड नेपालभन्दा बढी अनुभवी टोली हो । पछिल्लो पटक नेदरल्याण्डसँग नेपाल जिम्बाबेमा मार्च २०१८ मा भएको विश्वकप छनोट ४५ रनले पराजित भएको थियो । यसअघि उक्त भिआरए मैदानमा पछिल्लो पटक नेदरल्याण्ड र स्कटल्याण्डबीच टी–२० खेल भएको उक्त खेलमा स्कटल्याण्ड विजयी भएको थियो । पिटर सिलार कप्तानीमा रहेको नेदरल्याण्ड टोलीमा वेस्ले बारेसी, बास डे लिडी, बेन कुपर, स्कट इडवार्ड्स, फ्रेड क्लासन, हिडे ओभरजिक स्टेफिन माइबुर्घ, पाउल भान मिकेरेन, म्याक्स ओडोड, हिडी ओभरजिक्स, मिचेल रिप्पोन, सेन स्टनर, ड्यानियल टेर ब्राक थिए । नेदरल्याण्ड जानुअघि नेपाली टोलीले इङ्ल्याण्डको लड्र्समा आयोजक मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) सँग टि–२० खेलेको थियो । वर्षाका कारण उक्त खेल पनि ६–६ ओभरमा छोट्याइएको थियो । जसमा नेपाल विजयी भएको थियो । नेदरल्याण्डसँगको खेल भने रद्द भएको थियो । नेपाली क्रिकेटले आफ्नो अन्तर्राष्ट्रिय यात्रामा एउटा नयाँ कोशेढुंगा पार गरेको छ । अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न सुरु गरेको २२ वर्षपछि नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को मान्यतामा आफ्नो पहिलो एक दिवसीय खेलेको हो । त्यसैले ऐतिहासिक मानिएको यो खेल नेपालका लागि निकै महत्वपूर्ण बनेको छ ।
नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को मान्यता प्राप्त पहिलो एक दिवसीय क्रिकेट खेल खेल्दै गर्दा क्रिकेट खेलकै संरचना निर्माणमा सन्तोषजनक प्रगति हुन सकेको छैन ।
नेपाली क्रिकेटले जति सफलता प्राप्त ग-यो, यसैअनुरूप पदाधिकारीको विवाद अन्त्य र भौतिक संरचना पनि बन्न सकेको भए नेपाली क्रिकेटले अझै फड्को मार्ने नेपाल क्रिकेट संघ (क्यान)कै पदाधिकारीहरू स्वीकार गर्छन् । क्रिकेटको संरचना तत्कालका लागि बनेको नदेखिए पनि विभिन्नि ठाउँमा यससम्बन्धी पूर्वाधार निर्माण कार्य अगाडि बढिरहेको छ  । क्रिकेट संघमा केही वर्षदेखि चलेको विवादका कारण आइसिसीले दिने अनुदान तथा खेलाडीले पाउने सुविधा कटौती भएकाले संरचनाका कारण कतिपय निर्माणमा ढिलाइ भइरहेको छ । यस वर्ष खेलकुदमा प्राप्त बजेटमध्ये बढी क्रिकेटमै परेकोले देशका विभिन्न आठ स्थानमा निर्माणाधीन क्रिकेट मैदानको कामले तीव्रता पाउनेछ । आगामी वर्ष नेपालमा दक्षिण एसियाली खेलकुद प्रतियोगिताका लागि कीर्तिपुर मैदानको स्तरोन्नति र प्यारापिट निर्माणको काम यसैवर्ष सम्पन्न हुने लक्ष्य रहेको छ । क्रिकेट पनि दक्षिण एसियाली खेलकुदमा समावेश गरिएको छ । बैतडी, दाङ, विराटनगर, इटहरी, धनगढी लगायतका स्थानमा निर्धाणाधीन अवस्थाका क्रिकेट मैदानको काम तीव्ररूपमा अगाडि बढाइने दाबी राखेपको छ । तर कुनै पनि सम्पन्न भइसकेका छैनन्, सबै मैदान अलपत्र अवस्थामा रहँदा खेलाडीलाई प्रशिक्षणमा अप्ठ्यारो हुँदै आएको छ । भएको मैदान बिगार्ने र नयाँ नबनाउँदा समस्या भएको सबैलाई थाहा भएकै विषय हो । निर्माण सम्पन्न हुन लागेको मूलपानी क्रिकेट मैदान र कीर्तिपुरस्थित त्रिवि मैदानबाहेक अन्तर्राष्ट्रियस्तरका रंगशाला नेपालमा अझै बन्न सकेको छैन । राष्ट्रिय गौरवका आयोजनाअनुरूप काठमाडौंको मूलपानीमा दुईवटा क्रिकेट मैदान निर्माण सुरू भएको १४ वर्ष भयो । सो मैदान बनाउन सुरु हुँदा नेपाल डिभिजन ५ मा थियो । नेपाली खेलाडी आज पहिलो ऐतिहासिक एक दिवसीय खेल खेलेर घर फर्कंदै छन् । तर मूलपानी मैदान अझै पूर्णरूपमा तयार भएको छैन । मूलपानीमा निर्माणाधीन दुई रंगशालामध्ये एउटा खेल्न योग्य बनेको छ । यसै मैदानमा केही महिनाअघि राष्ट्रियस्तरको प्रतियोगितासमेत भइसकेको छ । अर्कोमा भने स्थानीयबासीसँगको जग्गा विवाद कायमै छ । विवाद जग्गा सट्टापट्टा गरी समाधान गर्न मन्त्रिपरिषद्मा प्रस्तावसमेत पेस भइसकेको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषद्मा पेस भएको प्रस्तावबारे निर्णय आइसकेको छैन । क्रिकेट संघको समस्या समाधान गरी घरेलु क्रिकेटको संरचना, भौतिक पूर्वाधार, खेलाडीको वृत्ति विकासमा ध्यान दिँदै चार वर्षका लागि पाएको एक दिवसीय मान्यता निरन्तर टिकाउनुपर्ने चुनौती नेपालमाथि थपिएको छ । सरकारले मूलपानीमा निर्माणाधीन क्रिकेट मैदानको कामलाई प्राथमिकताका साथ अघि बढाई देशका विभिन्न आठ स्थानमा क्रिकेट मैदान निर्माण कार्यलाई निरन्तरता दिने चालू आवको बजेटमा उल्लेख गरेको छ । (जनमञ्च साप्ताहिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

पोखरा प्रिमियर लिगका लागि ग्राण्डीको साथ

क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिको आयोजनामा हुने पोखरा प्रिमियर लिग पिपीएल टी–ट्वान्टी क्रिकेट...

गैँडा संरक्षणका लागि कात्तिकमा फुटबल प्रतियोगिता

दुर्लभ एकसिँगे गैँडा संरक्षणको सन्देश प्रवाहका लागि नवलपरासीको मध्यविन्दुमा राइनो संरक्षण गोल्डकप फुटबल...

फुटबल क्लबलाई ललितपुर महानगरको आर्थिक सहयोग

ललितपुर महानगरपालिकाले ललितपुर जिल्लाका पाँच वटा ‘ए’ डिभिजन क्लबलाई आर्थिक सहयोग गर्ने भएको छ । महानगरको बोर्ड...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...
मनोरञ्जन / साहित्य अरु धेरै

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै...

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै