logo

९३ प्रतिशत धान रोपाइँ

फलेवास, पर्वत, साउन २०
जिल्लामा अहिलेसम्म ९३ प्रतिशत धान रोपाइँ सकिएको छ । सात प्रतिशत खेत अझै बाँझै छ । जनशक्ति तथा सिँचाइ अभावका कारण सो परिमाणको खेत बाँझै रहेको हो । कूल धान उत्पादन हुने नौ हजार २१ हेक्टरमध्ये करीब ६३१ हेक्टर खेतमा रोपाइँ हुन नसकेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जानकारी दिए । यस वर्ष समयमै वर्षा शुरु भए पनि गत वर्षभन्दा कम क्षेत्रफलमा रोपाइँ भएको छ । गत वर्ष पाँच हेक्टर क्षेत्रफलमा रोपाइँ हुन सकेको थिएन । कुश्मा नगरपालिकाको कटुवाचौपारीमा नहर भत्किँदा झण्डै २०० रोपनी खेतमा धान रोपाइँ हुन सकेको छैन । फलेवासमा सडक निर्माणले नहर पुरिँदा रोपाइँ हुन सकेको छैन । कुश्मा नगरपालिकाका खौलालाकुरी, ठूलीपोखरी, पकुवा, दुर्लुङ, पिपलटारी र आर्थर, फलेवास नगरपालिकाका कार्कीनेटा, शंकरपोखरी, थापाठाना र भँगरा तथा मोदी गाउँपालिकाका देउपुर, देउराली, बाजुङ लगायतका स्थानमा असारमै रोपाइँ सकिएको थियो । महाशिला, पैँयु र विहादी गाउँपालिकाका खाली जमीनमा पनि समयमै रोपाइँ सकिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्लामा धान फल्ने नौ हजार २१ हेक्टर जमिनमध्ये बाह्रै महिना सिँचाइ सुविधा पुगेको झण्डै सात हजार हेक्टर जमिन छ । सबैभन्दा बढी धान उत्पादन हुने देविस्थानमा २४३ हेक्टर तथा कम उत्पादन हुने बनौँमा चार हेक्टर जमिन रहेको छ । जिल्लामा छेमरोङ, खुमलटार, गौरिया, गुडुरा, मार्सी, पहेले, जर्नेलीलगायत जातका धान रोपिएको कृषि कार्यालयले जनाएको छ । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

सप्तरीमा मल अभाव

सप्तरीमा रासायनिक मलको अभाव भएको छ । कृषि सामग्री केन्द्रले पर्याप्त मात्रामा मल आपूर्ति नगर्दा मल अभाव भएको हो...

किसानले उखुको भुक्तानी पाएनन्

पश्चिम नवलपरासीका किसानले उखुको भुक्तानी पाएका छैनन् । चिनी उद्योग सञ्चालकले सरकारले निर्धारण गरेको उखुको...

मकैमा डाँठ कुहिने रोग

लसीपुर उपमहानगरपालिका– ३ भट्टे गाउँमा लगाइएको मकैमा डाँठ कुहिने रोग देखिएको छ । डाँठ कुहिने रोगका कारण यहाँका...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

संघीयता र करवृद्धि : कुरा त्यहीँसम्म सीमित रहने छैन

राजनीतिको क, ख र ग को सामान्य ज्ञान भएको मान्छेको कुरा नगरौँ, सामान्य व्यावहारिक ज्ञान भएको मान्छेले पनि यो बुझ्न...
मनोरञ्जन / साहित्य अरु धेरै

स्कट नेपाल रोदीघरले चर्चा कमाउँदै

विगत केही समय पहिलादेखि सञ्चालनमा आएको स्कट नेपाल रोदी घरले दिनप्रतिदिन आफ्नो चर्चा विस्तार गर्दै गएको छ । यो...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै