logo

लगानीअनुरुप प्रतिफल स्थिर

काठमाडौँ, साउन १९
कृषिमा सरकारी अनुदान र वित्तीय संस्थाको ऋण लगानी उल्लेखनीय छ । तर, लगानीअनुरुप प्रतिफल प्राप्त हुनसकेको छैन ।

कृषि विकास मन्त्रालयले आव ०७३।०७४ मा रु १० अर्ब ७८ करोड अनुदान र कृषि बिकास बैंकले २०७५ असारसम्म रु एक खर्ब ३४ अर्ब ३२ करोड लगानी गरेको छ । कृषि विकास बैंक सरकारको ५१ प्रतिशत लगानी रहेको संस्था हो ।

कृषिविज्ञ कृष्ण पौडेल चालू आवको बजेटमार्फत सरकारले पाँच वर्षमा उत्पादकत्व दोब्बर बढाउने घोषणा गरेको भए पनि नियमित लगानीको अनुगमन हुन नसकेका कारण विगत १० वर्षदेखि खाद्यान्न उत्पादनमा सोचेजति वृद्धि हुन नसकेको बताउछन् ।

केन्द्रीय बैंकले कृषिमा अनिवार्य १० प्रतिशत लगानी तोकेको भए पनि उत्पादनका क्षेत्रमा लगानी उत्साहजनक देखिँदैन । तसर्थ, उत्पादकत्व वृद्धिदर बढ्न नसकेको हो ।

बैंकले अनाज अन्न, तरकारी, चिया÷ कफी, सुर्ती, जुट, नगदे बाली, फलफूल, पुष्पखेती, कुखुरापालन, र माछा गरी जम्माजम्मी नौ प्रकारका क्षेत्रमा कूल रु एक खर्ब ३४ करोड ३७ लाख ७० हजार लगानी गरेको छ ।

जबकी बैंकले उत्पादनको क्षेत्रमा भन्दा कृषिजन्य उद्योग र प्रशोधनमा झण्डै ५० प्रतिशतभन्दा बढीअर्थात् रु दुई खर्ब २८ अर्ब ९३ करोड ९२ लाख लगानी गरेको छ ।

उत्पादनबाहेक बैंकले वाइन, चिनी, पशुपक्षी दाना उद्योग, सुर्ती प्रशोधन प्याकेजिङ, सिँचाइ, बधशाला निर्माण, चिस्यान केन्द्र सञ्चालनमा लगानी गरेको छ । तथापि कृषि विकासका लागि सिँचाइ अपरिहार्य भए पनि सो बैंकको सिँचाइ क्षेत्रमा जम्मा रु नौ करोड सात लाख लगानी छ ।

राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष उद्धव अधिकारी बैंकले क्रमशः लगानी बढाउँदै लगेको भए पनि केही टाठाबाठा व्यक्ति, समूह वा सहकारी संस्थाले कृषिमा प्राप्त अनुदान र सस्तो ब्याजदरमा प्राप्त ऋण लिने तर, उक्त कर्जा कृषिमा नभई अन्यत्र क्षेत्रमा लगानी गर्ने परिपाटीका कारण कृषि क्षेत्रमा आर्कषक परिवर्तन हुननसकेको बताउछन् ।

अनुदान उपलब्ध गराउने निकायको नियमित अनुगमन नहुनु र लगानीको ब्याज प्राप्त भएपछि बैंकले लगानीकर्तासँग कुनै चासो नदेखाएकाले कृषिमा लगानी बालुवामा पानी हाले सरहदेखिएको जानकारको भनाइ छ ।

धान, मकै र गहुँ उत्पादनमा उत्साहजनक लगानी छैन । जबकी मानिसलाई दुई छाक खानमा चामल र पिठो अनिवार्य चाहिन्छ । अन्न उत्पादनमा कृषि विकास बैंकको लगानी रु तीन अर्ब ९१ करोड २५ लाखमा सीमित छ ।

कृषि विकास बैंकका सूचना अधिकृत हिमलाल पौडेलले किसानको माग र चाहनाअनुसार बैंकले लगानी गर्दै आएको भए पनि बैंकले उत्पादनका क्षेत्रको अलवा कृषि क्षेत्रलाई सहयोग पुग्ने अन्य क्षेत्रमा पनि लगानी गरेको बताउ ।

बैंकले कृषिका अन्य क्षेत्रभन्दा तरकारी र कुखुरापालनमा अधिक लगानी बढाउँदै लगेको छ । तरकारीमा रु ४० अर्ब ८३ करोड ३७ लाख र कुखुरापालनमा रु ३९ अर्ब ५७ करोड ५५ लाख पु¥याएको छ । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

सप्तरीमा मल अभाव

सप्तरीमा रासायनिक मलको अभाव भएको छ । कृषि सामग्री केन्द्रले पर्याप्त मात्रामा मल आपूर्ति नगर्दा मल अभाव भएको हो...

किसानले उखुको भुक्तानी पाएनन्

पश्चिम नवलपरासीका किसानले उखुको भुक्तानी पाएका छैनन् । चिनी उद्योग सञ्चालकले सरकारले निर्धारण गरेको उखुको...

मकैमा डाँठ कुहिने रोग

लसीपुर उपमहानगरपालिका– ३ भट्टे गाउँमा लगाइएको मकैमा डाँठ कुहिने रोग देखिएको छ । डाँठ कुहिने रोगका कारण यहाँका...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

संघीयता र करवृद्धि : कुरा त्यहीँसम्म सीमित रहने छैन

राजनीतिको क, ख र ग को सामान्य ज्ञान भएको मान्छेको कुरा नगरौँ, सामान्य व्यावहारिक ज्ञान भएको मान्छेले पनि यो बुझ्न...
मनोरञ्जन / साहित्य अरु धेरै

स्कट नेपाल रोदीघरले चर्चा कमाउँदै

विगत केही समय पहिलादेखि सञ्चालनमा आएको स्कट नेपाल रोदी घरले दिनप्रतिदिन आफ्नो चर्चा विस्तार गर्दै गएको छ । यो...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै