logo

बहुउपयोगी कृत्रिम जलाशय निर्माण

तुलसीपुर, साउन १९
पानीको समस्या समाधान गर्न घोराही उपमहानगरपालिका यो वर्ष अभियानकै रुपमा पानी संरक्षणमा लागेको छ । पानीका मुहान जोगाउने र वर्षाको पानीलाई खेर जान नदिन यस्तो अभियान थालिएको हो ।

उक्त अभियानबाट जलवायु परीवर्तनको असर न्युनीकरण गर्न र वातावरणीय सन्तुलन राख्नुका साथै किसानको जीवनस्तरमा समेत सहयोग पुग्ने उपमहानगरपालिकाको अपेक्षा छ ।
उक्त उपमहानगरपालिकाले एक दर्जन कृत्रिम जलाशय बनाएको छ । यी जलाशयले स्थानीय किसानलाई बेमौसमी तरकारी खेतीदेखि माछापालनमा समेत सहयोग मिलेको छ ।

सो उपमहानगरपालिका–१७ आरोग्य टोलका अधिकांश किसानले धान रोपाइ सकिसकेका छन् । सिँचाइको पानी नलाग्ने एकाध स्थानबाहेका अन्यत्र यस्तै जलाशयको उपयोगले धानखेतीमा समेत प्रत्यक्ष फाइदा पुगेको उनीहरूले बताए ।

स्थानीय किसानले त्यसलाई आमा जलाशय पनि भनेका छन् । कृत्रिम जलाशयमा वर्षभरि जम्मा भएको पानीले अहिले आरोग्य टोललगायतका विभिन्न टोलमा गरी ५० विगाहा बढी जमिनमा ती जलाशयकै पानीबाट धान रोपिएको आरोग्य कृत्रिम जलाशय व्यवस्थापन समितिका अध्यक्ष हिरामणि पोखरेलले बताए । ताल निर्माणसँगै किसानलाई वर्षे तथा हिउँदे खेती गर्न समेत सुविधा भएको उहाँको भनाइ थियो ।

सिँचाइसँगै तालमा पानी जम्मा हुदा गाउँमा अहिले इनारसमेत सुक्न छाडेको आरोग्य टोलकै प्रकाश ज्ञवालीले बताए । पहिलेका वर्षमा हिउँदे याममा स्थानीयलाई पिउनेपानीको समेत समस्या हुने गरेकामा पछिल्लो समय इनार सुक्न छाडेको ज्ञवालीले बताए ।

टोल विकास संस्थाले पोखरीमा माछापालन गरेर आर्थिक आम्दानीसमेत गर्दै आएको छ । ज्ञवालीका अनुसार आरोग्य टोल विकास संस्थाले यस आर्थिक वर्ष तालबाट करीब रु ५० हजारको माछा बिक्री गरेको छ । उक्त रकम ताल संरक्षणसँगै टोल विकास संस्थाले उपयोगमा ल्याउने गरेको छ । ताल निर्माण वरपरको वातावरण हरियाली हुनुका साथै गाईभैँसीलाई पानी खुवाउन समेत सहज भएको छ । ताल करीब रु आठ लाखको लगानीमा निर्माण गरिएको थियो ।

त्यस्तै वडा नं १८को सालघारीमा पनि करीब २५ विगाहा जमिनमा धान रोपाइँ गरिएको स्थानीय फलबहादुर रेश्मीमगरले बताए । कृत्रिम जलाशय निर्माणसँगै किसानलाई खेती गर्न सहज भएको उहाँले जानकारी दिए ।

कृत्रिम जलाशयकै निर्माणका क्रममा गाउँमा सडक सुविधा पनि पुगेको यहाँका बासिन्दाले बताए । पानीको स्रोत सुक्दै गएपछि उक्त उपमहानगरपालिकाले सुरुवात गरेको कृत्रिम जलाशय निर्माण गर्ने अभियानले पछिल्लो समय पानीको स्रोतको संरक्षणसँगै कृषि व्यावसायमा सिँचाइको समेत सुविधा पुग्ने गरेको उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले बताए ।

“सुक्दै गएको पानीको स्रोत संरक्षण गर्ने उद्देश्यले कृतिम जलाशय निर्माणको कार्य थालनी गरेका थियौँ” प्रमुख चौधरीले भने, “पानीको मुहान संरक्षणसँगै किसानलाई खेतीमा सहयोग मिलेको छ ।” रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

किसानलाई अनुदानमा आलुको बीउ

किसानलाई व्यावसायिक खेतीतर्फ डो-याउने उद्देश्यले बेलौरी नगरपालिकाले उन्नत जातको ८० मेट्रिक टन आलुको बीउ ५०...

हरियो पत्ती चियाको मूल्य निर्धारण नहुँदा समस्या

यसक्षेत्रमा खेती शुरु भएको २०० वर्षभन्दा बढी भए पनि चिया क्षेत्र भने अझै व्यवस्थित बन्न सकेको छैन । विशेषगरी...

‘ऋण माग्न जाँदा १० प्रतिशत ब्याज भनेपछि आफ्नै सहकारी स्थापना’

बझाङ जिल्ला सुर्मा गाउँपालिका बस्ने शान्ति बोहरा पुजारा महिला एक उदाहरणीय महिला हुन् । जसले सानैमा बुबा...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

विश्वमा को घुम्लान् चिनियाँ बराबर ?

केही वर्षअघि सञ्चारमाध्यममा आएको समाचारअनुसार अबको केही वर्षपछि नै संख्याको आधारमा चिनियाँ पर्यटक बराबर अरु...
मनोरञ्जन / साहित्य अरु धेरै

गायक भिम ज्वलन्त योगी र रोशनी राना मगरको नयाँ डान्सिङ गीत “म त परे फिदा ”

नेपाली गीत संगीतको क्षेत्रमा सुपर हिट नयाँ डान्सिङ गित छोटा छोटा पहिरन गीतको अपार सफलता सगै “म त परे फिदा ” बोलको...

यातायातमन्त्री किन यातायात व्यवसायी पछ्याउदैँ ?

देशभरिका सार्वजनिक सवारी साधनमा यातायात व्यवसायीहरुको दश खर्ब अन्ठा नब्बे अर्ब लगानी भएको दाबी गर्छन् । ति...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै