logo

खेती गर्ने ठाउँमा रंगशाला निर्माण गर्न नहुने

भक्तपुर, साउन १७
भक्तपुरको सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा बन्ने भनिएको रंगशालाको किसानहरुले विरोध गरेका छन् । उनीहरुले किसानहरुलाई उठीबास गराउन रंगशाला बनाउन लागिएको बताउँदै रंगशाला बनाउन नहुने बताए । राष्ट्रिय कृषक समूह महासंघ चाँगुनारायण नगरपालिका वडा नंं ९ ताथली समितिको आयोजनामा भएको बृहत् किसान भेला तथा अन्तक्र्रियामा सहभागी अधिकांश किसानहरुले रंगशाला बन्दा किसानहरुको हित नहुने सुझाव दिएका थिए । कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा नं. ९ का वडा सदस्य विद्यापति थापाले भक्तपुरका अन्य नगरपालिकामध्ये चाँगुमा मात्र बढी जग्गा खाली रहेकोले सो खाली जग्गामा आँखा लगाएको बताउँदै सो बारेमा धेरै किसानहरुलाई थाहा नदिएको बताए । ‘जहाँ रंगशाला बन्ने भनिएको हो, ती स्थानका किसानसँग छलफल नै गरिएको छैन, केही जग्गाको कारोबार गर्नेहरु कृषियोग्य जमिन मास्न लागेका छन् ।’ उनले भने । उनले मात्र नभएर चुनदेवी कृषक समूहका अध्यक्ष नकुल प्रजापतिले पनि कृषियोग्य जमिन नष्ट गर्ने षड्यन्त्र भइरहेको बताए । उनले भने, ‘पहिला एक समयमा बिफर लागेका मानिसहरुलाई अन्तै पठाएजस्तै गरी अहिले किसानहरुलाई उठीबास गराउने षड्यन्त्रमा लागेका छन्, विकासको नाममा विनाश र किसानलाई उठीबास गराउने काम हुन गइरहेको छ ।’ उनले भने । कार्यक्रममा डाँडापाटी कृषक समूहका अध्यक्ष सुनिता त्यातले पनि किसानहरुको हितका लागि काम गर्नुपर्नेमा सरकारले किसानकै विरुद्ध काम गर्दा किसानहरु चिन्तित बनेको बताइन् । सोही अवसरमा वडा अध्यक्ष गणेश त्यातले रंगशाला बनाउने नाममा किसानहरुलाई झुक्याउने काम गरेको बताउँदै रंगशाला बनाउने कामलाई विकासको संज्ञा दिए पनि त्यसले विनाश निम्त्याउने र काम गरिखाने वर्गलाई उठाउने काम भएको बताए । उनले रंगशाला बनाउन भन्दै गठन भएको समितिको सदस्यमा आफूलाई पनि राखेको भए पनि किसानसँग कुनै छलफल नै नगरी किसानलाई रनभुल्लमा बनाउने काम सरकारले गरिरहेको बताए । सोही अवसरमा वडाध्यक्ष त्यातले सरकारकै गलत नीतिको सिकारमा किसान परेको उल्लेख गर्दै सरकारले किसानको हित गर्न आवश्यक रासायनिक मल, उन्नत जातको बीउ बिजन र प्रविधि भित्र्याउन नसकेको बताए । कार्यक्रममा चाँगुनारायण नगरपालिकाको कृषि शाखाका प्रमुख श्रवणकुमार पासवानले किसानहरुले आफ्नै पहलमा काम गरे पनि नगरपालिकाले भने किसानको भावनाअनुसार काम गर्न नसकेको बताए । उनले किसानको समस्या सुन्ने काममा जनप्रतिनिधिहरुले उल्लेख्य ध्यान नदिएको बताउँदै किसानको जीवनस्तर उकास्न किसान नै लाग्न जरुरी रहेको बताए । प्रगति कृषक समूह ताथली, सौडोल कृषि सहकारी संस्था लिको सहआयोजनामा भएको सो कार्यक्रममा राष्ट्रिय कृषक समूह महासंघ भक्तपुर जिल्ला अध्यक्ष टेक बहादुर लाखाले उपत्यकामा घडेरी र कृषियोग्य क्षेत्र छुट्याउनुपर्ने बताउँदै कृषियोग्य जमिन मास्न नहुने बताए । उनले किसानलाई अप्ठ्यारो पर्नेगरी कृषियोग्य जमिन मास्ने काम रोक्नका लागि कृषक महासंघले पनि सहयोग गर्ने बताउँदै रंगशाला बनाउने कि नबनाउने भन्ने विषयमा किसानसँगै व्यापक छलफल गर्न माग गरे । उनले कृषिप्रधान देश भए पनि सरकारले किसानको पक्षमा काम गर्न नसकेको बताए भने कृषक महासंघ चाँगुनारायण नगरपालिका समितिका अध्यक्ष लक्ष्मी भण्डारीले पनि सो विषयमा धारणा राखिन् । ट्याब इन्टरनेशनलको सहयोगमा भएको अन्तर्क्रियामा किसानहरुको उलेख्य सहभागीता रहेको थियो । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

सप्तरीमा मल अभाव

सप्तरीमा रासायनिक मलको अभाव भएको छ । कृषि सामग्री केन्द्रले पर्याप्त मात्रामा मल आपूर्ति नगर्दा मल अभाव भएको हो...

किसानले उखुको भुक्तानी पाएनन्

पश्चिम नवलपरासीका किसानले उखुको भुक्तानी पाएका छैनन् । चिनी उद्योग सञ्चालकले सरकारले निर्धारण गरेको उखुको...

मकैमा डाँठ कुहिने रोग

लसीपुर उपमहानगरपालिका– ३ भट्टे गाउँमा लगाइएको मकैमा डाँठ कुहिने रोग देखिएको छ । डाँठ कुहिने रोगका कारण यहाँका...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

संघीयता र करवृद्धि : कुरा त्यहीँसम्म सीमित रहने छैन

राजनीतिको क, ख र ग को सामान्य ज्ञान भएको मान्छेको कुरा नगरौँ, सामान्य व्यावहारिक ज्ञान भएको मान्छेले पनि यो बुझ्न...
मनोरञ्जन / साहित्य अरु धेरै

स्कट नेपाल रोदीघरले चर्चा कमाउँदै

विगत केही समय पहिलादेखि सञ्चालनमा आएको स्कट नेपाल रोदी घरले दिनप्रतिदिन आफ्नो चर्चा विस्तार गर्दै गएको छ । यो...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै