logo

हाइड्रोलिक टिप्पर हस्तान्तरण

काठमाण्डौं, साउन १५
नेपाल आयल निगमले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पशुपति क्षेत्र विकास कोषलाई पशुपति क्षेत्रको सरसफाइसहित सुन्दरता कायम राख्न एक थान हाइड्रोलिक टिप्पर हस्तान्तरण गरेको छ । पशुपति विकास कोषमा आइतबार आयोजित एक समारोहका बीच निगमका निमित्त कार्यकारी निर्देशक इ. सुशील भट्टराईले कोषका सदस्यसचिव डा. प्रदीप ढकाललाई टिप्परको खरिदको भुक्तानी दिन आवश्यक पर्ने चेक तथा टिप्परको साँचो हस्तान्तरण गरेका थिए । निगमले टिप्परका लागि आवश्यक मासिक दुई सय १० लिटर डिजेल, दुई जना ड्राइभर, दुई जना कुचिकार र किरियापुत्री बस्ने क्षेत्रको सरसफाइका लागि छ जना कुचिकार उपलब्ध गराउनेछ । हालका लागि निगम र कोषबीच यो सम्झौता पाँच वर्षका लागि भएको छ । यसको औचित्य र उपयोगिता हेरी समय थप गर्न सकिने निगमले जनाएको छ । काममा लगाइएका कामदारहरूको पारिश्रमिक नेपाल सरकारको प्रचलित तलवमानअनुसार निगमले उपलब्ध गराउनेछ । निगमको यो सहयोगले वातावरणीय सरसफाइ हुनुका साथै पशपुति क्षेत्रको सौन्दर्य वृद्धिमा समेत योगदान पुग्ने विश्वास लिइएको बताइएको छ । आगामी दिनमा अनुभव तथा कोषसँगको सहकार्यको आधारमा थप क्षेत्रमा सहयोग एवं योगदान गर्न निगम उत्सुक एवं प्रतिबद्ध रहेको विश्वास दिलाउँदै पशुपति क्षेत्रको सरसफाइमा सहभागिता गर्न पाएकोमा निमित्त कार्यकारी निर्देशक इ. सुशील भट्टराईले प्रसन्नता व्यक्त गरे । कोषका सदस्यसचिव डा. प्रदीप ढकालले सहयोगका लागि निगमलाई धन्यवाद ज्ञापन गरेका थिए । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

सीटीसी मोबाइल हबमा शून्य प्रतिशत ब्याजदरमा मोबाइल

राजधानीको सुनधारामा केही दिन पहिले सञ्चालनमा आएको सीटीसी मोबाइल हबमा मोबाइल किन्नेको भीड लागेको...

पञ्चासे चिया बजारमा

कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं. १ मा सञ्चालन भएको दाहाल चिया प्याकेजिङ उद्योगका उत्पादनहरु बजारमा...

पोखरामा सिप्रदी अर्थमुभर्सको शाखा र्कायालय

नेपालका लागि टाटा हिटाचीको एकमात्र आधिकारिक वितरक सिप्रदी अर्थमुभर्स प्रालिले व्यवसाय विस्तार गर्ने क्रममा...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...
मनोरञ्जन / साहित्य अरु धेरै

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै...

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै