logo

व्यावसायीक क्यामरा म्यानहरुको माग बढ्दै

काठमाडौ, साउन १३
रोजगारीको अभावमा दैनिकरुपमा हजारौं युवा युुवतीहरु बिदेश पलायन भइरहेको अवस्थामा पछिल्लो समय व्यवसायीक छायाँकार (क्यामराम्यान) हरुको माग पनि बढ्दै गएको छ । मानिसहरुको रुची र चाहानमा आएको परिवर्तन अनुुसार दैनिकरुपमा हुुने बिभिन्न सभा, समारोह, बिभिन्न किसिमका पार्टीहरुका कारण पनि पछिल्लो समय छायाँकारकोरुपमा स्वरोजगार हुुनेहरुको संख्या बढ्दै गएको हो ।
केही व्यक्तिहरु बिभिन्न शैक्षिक संस्थाहरुमा फोटोग्राफी एवं भिडियोग्राफी पढेर यस क्षेत्रमा लागेकाछन भने केही व्यक्तिहरु आफ्नै सिप, कौसल फोटो एवं भिडियोग्राफी प्रतिको आफ्नो उच्च लगावले पनि यस क्षेत्रमा लागेकाछन । मैले केही बर्ष बेलकम एडभरटाईजिङ एजेन्सीमा फोटो एवं भिडियोग्राफरकोरुपमा काम गरे, त्यही अनुुभव संगालेर अहिले टेकुुमा आफ्नै स्टुडियो खोलेर स्वरोगार भएको, धरान स्थायी घर भई टेकुु बस्दै आएका नवरत्न श्रेष्ठ भन्छन । काठमाडौंमा रहेको डब्लुु एलसी कलेजबाट फोटोग्राफीमा एमए गरेको श्रेष्ठ पछिल्लो समय फोटोग्राफी र भिडियोग्राफीमा नै उचाई चुम्दै गएकाछन ।
सानैंदेखि भिडियोग्राफीमा लागेको छायाँकार (क्यामराम्यान) पवन गौतमले पनि पछिल्लो समय व्यवसायीक उचाई चुुम्दै गएकाछन । बिशेषगरी नेपाली चलचित्रको छायांकनलाई प्रमुुख पेशा बनाएका गौत्तमले यो पेशामा लागेदेखि पछाडि फर्केर हेर्नुु परेको छैन । उत्कृष्ट कार्यद्धारा सधैं लोकप्रिेय रहेका गौत्तमले कामको दौरानमा बिभिन्न किसिमका राष्ट्रिय अवार्डहरुबाट सम्मानित भईसकेकाछन । गौत्तमले यही पेशमा लागेर सन् २०१३ मा लाष्ट किस नामक नेपाली चलचित्रको लागि डान्सर सिने अवार्ड २०१४ प्राप्त गरेकाछन । यसैगरी २०१६ पनि सुब्वा साप चलचित्रको लागि नेशनल बक्स अफिस अवार्ड २०१६ प्राप्त गरेकाछन । यसबाहेक क्षेत्रिय तथा स्थानीयस्तरमा हुुने थुुप्रै कार्यक्रममा गौत्तम सम्मानित भईसकेकाछन । जसरी नेपाली चलचित्र डिजिटल युुगमा प्रवेश गर्यो, त्यो संगै केही अध्यनशिल युवाहरुको प्रवेश संगै नेपाली चलचित्रले पनि युगान्तकारी फड्को मार्ने काम गरेको छ । तिनै व्यक्ति मध्येका एक गौत्तममा बिभिन्न किसिमका तालिममा एवं अध्ययनले नेपाली चलचित्रको दृष्यलाई उत्कृष्ट ढंगले प्रस्तुुत गर्न सक्ने क्षमता रहेको छ । बिगत एक दशक देखि नेपाली चलचित्र क्षेत्रमा क्रियाशिल पवन अहिलेको पुुस्ता कै एक उत्कृष्ट छायाँकारकोरुपमा चिनिन्छन । करिव तीन दर्जन नेपाली चलचित्र, केही भोजपुरी चलचित्र एवं बिभिन्न भिडियोहरुमा आफ्नो कुुशल कार्य गरिसकेका गौत्तम छोटो समयमा आफुलाई एक स्थापित छायाँकारकोरुपमा उभ्याउन सफल भएकाछन । उनले नेपाली छायाँंकन गरेको उत्कृष्ट नेपाली चलचित्रहरुमा रोमान्स, पाप, सुुब्वा साप, लेक साईड, झमक बहादुर, ब्रम्हा, द लास्ट किस आदि रहेकाछन ।
नेपाली चलचित्रमा लागेर जिवनयापन गर्न संकिदैन भन्ने मान्यतालाई तोड्न सफल भएकाछन । चलचित्रमा लागेर सामाजिक प्रतिष्ठा मान सम्मान एवं आर्थिकरुपमा पनि उत्तिकै सफल एवं व्यस्त बन्न सकिन्छ भन्ने उदाहरण गौत्तम स्वंम हुुन ।

 

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै...

‘ए परदेसी फर्क’ गीतको भिडियो सार्वजानिक (भिडियोसहित)

नेपाली समुदायको दर्दनाक पिडालाई मध्येनजर गर्दै श्रीमान् परदेशमा दुख कष्ट गरेको र श्रीमतीले घरमा बसेर बिलौना...

चाडबाडको बेला चलचित्र प्रदर्शनको होडबाजी किन चल्छ ?

पाँच छ महिना पहलेदेखि सुटिङ सम्पन्न गरेका चलचित्रहरु पनि विकास बोर्डमा गएर तारन्तार पछाडि मिति सार्दै चाडवाडको...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...
मनोरञ्जन / साहित्य अरु धेरै

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै...

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै