logo

नाबालकदेखि ७६ वर्षीय वृद्धसम्म जबर्जस्ती करणीमा संलग्न

लिबाङ, रोल्पा, असार २८
रोल्पामा ११ वर्षीय नाबालकदेखि ७६ वर्षीय वृद्धसम्म जबर्जस्ती करणीमा संलग्न भएको पाइएको छ । यो प्रवृत्तिका कारण यहाँ २ देखि ५६ वर्ष सम्मका महिला जबर्जस्ती करणी तथा करणी उद्योगको शिकार बनेको जिल्ला प्रहरी कार्यालय रोल्पाको तथ्यांकले देखाउँछ । प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलका अनुसार यसरी भएका जबर्जस्ती करणी तथा करणी उद्योगका घटनामा उमेर पुगेका भन्दा उमेर नपुगेका बालबालिका बढी संख्यामा शिकार भएका देखिएको छ । नाबालिका तथा बोल्न नसक्ने महिलामाथि जबर्जस्ती करणी तथा उद्योगका घटना घट्ने मात्र थुप्रै हुने गरेको छ । यीमध्ये धेरैजसो घटना घरबाहिर रहेको बेला, जंगलमा गोठाला गएको बेला र स्याउला सोत्तर ल्याउन गएका बेला हुने गरेको उनको भनाइ छ । प्रविधिको दुरुपयोग गर्दै गराउँदै अश्लील भिडियो तथा अन्य सामग्री हेर्ने/हेराउने प्रवृत्तिले पनि यौन विकृत मानसिकताको विकास हुँदै गएको पाइएको प्रनाउ फुयाँलको भनाइ छ । मुद्दा फाँटका प्रहरी नायब निरीक्षक हेमन्त केसीका अनुसार आर्थिक वर्ष २०७४/७५ मा मात्र पाँच जबर्जस्ती करणी तथा तीन जबर्जस्ती करणी उद्योगका गरी जम्मा आठ वटा घटना दर्ता भएका छन् । यस्तै, आर्थिक वर्ष २०७३/७४ मा आठ जबर्जस्ती करणी तथा तीन जबर्जस्ती करणीका गरी जम्मा ११ वटा घटना दर्ता भएका छन् । विसं २०७४ फागुन २९ गते ६ वर्षीया बालिका जबर्जस्ती करणी गरेको अभियोगमा ११ वर्षीय बालकलाई जिल्ला प्रहरी कार्यालय रोल्पाले नियन्त्रणमा लिएको थियो । सदरमुकामकै एक निजी विद्यालयमा एलकेजीमा अध्ययनरत बालिकालाई सोही विद्यालयमा कक्षा ४ मा अध्ययनरत बालकले जबर्जस्ती करणी गरेको अभियोगमा पीडितका आफन्तले प्रहरीमा उजुरी गरेका थिए । विद्यालयबाट फर्किएर साँझको समयमा घरबाहिर खेलिरहेकी बालिकालाई अँध्यारो हुने बेला ती बालकले ललाइफकाई जबर्जस्ती करणी गरेको पीडितको जाहेरीमा उल्लेख छ ।
बालिकाका अभिभावकका अनुसार असह्य पीडा भएपछि बालिकाले घरमा गई आफ्नी हजुरआमासँग घटनाका बारेमा जानकारी गराएकी थिइन् । पीडित बालिकाकी हजुरआमाले यस विषयमा तत्काल प्रहरीमा गजुरी गरेसँगै जिल्ला प्रहरी कार्यालय रोल्पाको एक टोली घटनास्थल पुगी अनुसन्धान शुरु गरेको थियो र त्यहीँबाट अभियुक्त बालकलाई आफ्नो नियन्त्रणमा लिएको थियो । जिल्ला अदालत रोल्पाको २०७४ साल चैत १२ गतेको आदेशअनुसार ११ वर्षीय नाबालक भएको हुँदा धरौटी राख्न लगाई बालकलाई आमाको जिम्मा लगाइएको छ । यस्तै, २०७४ साल साउन २६ गते राति द्विखोली गाउँपालिकामा ७६ वर्षीय वृद्धबाट ३३ वर्षीया युवती आफ्नो घरमै बलात्कारको शिकार बनेको पीडितका अभिभावकबाट प्रहरीमा उजुरी प-यो । बोल्न नसक्ने भएका कारण उनले ती वृद्धसँग प्रतिकार गर्न नसकेको पीडितका अभिभावकले बताएका छन् । घटना घटेको भोलिपल्टै इलाका प्रहरी कार्यालय रोल्पाले पक्राउ गरी अनुसन्धानका लागि ती वृद्धलाई आफ्नो नियन्त्रणमा लियो । यसरी प्रहरी नियन्त्रणमा रहेका अभियुक्तलाई जिल्ला अदालत रोल्पाको आदेशअनुसार २०७४ साल भदौ १९ गतेदेखि पुर्पक्षका लागि थुनामा राखिएको छ । यसरी अभिभावक सरहका मानिसबाट पशुवत् रुपमा जघन्य प्रकृतिका घटना हुनु दुःखद पक्ष रहेको महिला मानव अधिकारकर्मीहरुको भनाइ छ । स्थानीयवासी हुकुमा सुवेदीका अनुसार यसरी दिनदाहाडै घर, आँगन, पँधेरा, विद्यालय, बाटोघाटो जहाँसुकै छोरीचेली बलात्कारको शिकार बन्दै आएको हुँदा पनि कतिपय अभिभावकले छोरीभन्दा छोरालाई प्राथमिकतामा राखेको हुनसक्छ । सम्पूर्ण परिवारमा छोरी, चेली वा श्रीमतीलाई सम्मान गर्ने वातावरण तयार भएपछि मात्र यस किसिमका घटनामा कमी आउन सक्ने उनको धारणा छ । प्रनाउ फुयाँलका अनुसार घटनाबारेको सूचना ढिलो गरी प्राप्त हुँदा प्रमाण संकलनमा समस्या हुने, भौगोलिक विकटताको कारण घटनास्थलमा पुग्न ढिलाइ हुने मात्र हैन पुनःस्थापना केन्द्र नहुनु, मानसिक विक्षिप्तता भएका पीडितको हेरचाह र उपचारको प्रभावकारी व्यवस्था नहुनु, पीडित अदालतमा आक्रामक रुपमा प्रस्तुत हुने, कतिपय उपस्थित नै नहुने प्रवृत्ति र अभियुक्त स्वयंले सही परिचय नदिनाले पहिचान र पक्राउमा समस्या हुने गरेको छ भने कतिपय घटनामा पीडितबाट सबै विवरण खुल्न नसक्ने अवस्था पनि देखिएको छ । अभियुक्त पत्ता नलागेसम्म पीडितलाई क्षतिपूर्तिको व्यवस्था नहुँदा राज्य जिम्मेवार हुनुपर्ने र सबै पीडितले पीडक चिन्न नसक्ने, साक्षीहरु विश्वसनीय नहुने र कतिपय अदालतमा आक्रामक बन्ने जस्ता समस्याहरु देखिएको उनको भनाइ छ । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

सरकारको प्राथमिकतामा ठूला क्षमताका प्रसारण लाइन

सरकारले ठूला क्षमताका प्रसारण लाइन निर्माणलाई उच्च प्राथमिकतामा राखेर निर्माण गर्ने भएको छ । हाल सञ्चालनमा...

कफी संस्कृतिमा नयाँ आयाम, कफीमा यार्सागुम्बा

बझाङका २५ वर्षीय सत्य थापा र काठमाडौँका २७ वर्षीय विशाल चौलागाईंलाई युवा अवस्थामा नै केही फरक पेशा, व्यवसाय...

पुनःनिर्माण छिटो गर्नुपर्छ मन्त्री अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री रवीन्द्रप्रसाद अधिकारीले भूकम्पले भत्किएका सम्पदाको पुनःनिर्माण...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

राजनीतिमा नमीठो घोच्ने काँडा हुन्छ

तिमी ऐना मेरो मुहारको र हेरिरहन्छु आफूलाई तिमीमा । कहिले अघाउदिनँ म आफ्नो मुहार हेरेर किनकि त्यहाँ तिम्रो विम्ब...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै