logo

‘नेपालले लिन मात्रै होइन दिन पनि जानेको छ’

रत्ननगर, चितवन, असार २८
नेपालले लिने मात्रै होइन दिन पनि जानेको छ भन्ने कुरा पटकपटक विभिन्न राष्ट्रलाई दिइएको दुर्लभ वन्यजन्तुको उपहारले प्रस्ट पार्छ । नेपाल जैविक विविधताले धनी देश हो । नेपालले अहिलेसम्म १० देशलाई वन्यजन्तु उपहार दिइसकेको छ । सबै गैंडा चितवन राष्ट्रिय निकुञ्जबाटै गएका छन् । यहाँबाट विभिन्न देशमा २६ गैंडा उपहार दिइसकेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकाल बताउछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज थप दुई गैँडा चीनलाई उपहार स्वरुप हस्तान्तरण गरे । “नेपालले लिन मात्रै होइन दिन पनि जानेको छ भन्ने प्रस्ट छ, यस्ता उपहारले दुई देश बीच सम्बन्ध विस्तारसँगै वन्यजन्तुको संरक्षणमा योगदान पनि दिन्छ,” प्रमुख संरक्षण अधिकृत ढकालले भने । विश्वमै दुर्लभ मानिएको एकसिंगे गैंडाको संख्याका हिसाबले चितवन राष्ट्रिय निकुञ्ज विश्वकै दोस्रो संरक्षित क्षेत्र हो । आज मात्रै नेपाल सरकारले जनवादी गणतन्त्र चीनलाई झण्डै २ वर्षका ‘रुपसी र भद्र’ नामका एक जोडी गैंडालाई उपहार दिएको हो । निर्णय भएको दुई वर्ष दुई दिनपछि यसरी गैंडा उपहार दिइएको हो । नेपाल सरकारले एकसिंगे गैंडाको बाह्य बासस्थान संरक्षणको सिद्धान्तअनुसार विभिन्न मित्रराष्ट्रलाई समयसमयमा गैंडा उपहार दिँदै आएको छ । यसअघि मित्रराष्ट्र भारतलाई सन् १९८४ मा ४ तथा १९८७ र १९९० मा दुईचोटि गरेर अमेरिकालाई ६ वटा गैंडा उपहार दिइएको थियो । सन् १९९० देखि २००६ सम्म जर्मनी, बंगलादेश, बेलायत, जापान र अष्ट्रियामा दुई–दुई वटाका दरले १० गैंडा उपहार दिइएको थियो । थाइल्याण्ड, बर्मा र पाकिस्तानलाई पनि दुई–दुई वटाका दरले ६ गैंडा पठाइएको चितवन निकुञ्जको तथ्याँक छ । यस्तै, अन्य कतिपय देशलाई गोहीसमेत दिइएको थियो । गैंडा उपहारले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुनाका साथै वन र वन्यजन्तु संरक्षणका लागि कोशेढुंगा साबित भएको चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा कमल गैरेको भनाइ छ । डा गैरे प्राकृतिक रुपमा नेपाल धनी रहेको कुरा उपहारले प्रस्ट पार्ने बताउछन् । “यसलाई कायम राख्न यहाँका संरक्षित क्षेत्रको दिगो संरक्षण र व्यवस्थापनको खाँचो छ,” उनी थप्छन् ।
चितवन रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन यसरी आफूसँग भएको महत्वपूर्ण चीज अन्य देशलाई उपहार दिनु सकारात्मक भएको बताए । “हामी पनि त केही दिन सक्दा रहेछौँ नि, उपहार आदानप्रदानले समृद्धिको आधार पनि खडा गर्छ,” नगरप्रमुख वनले भने । परिवारका एक सदस्यले जस्तै गरी संरक्षण गरिएको गैँडाले पनि दौत्य सम्बन्ध थप मजबुत पार्ने विश्वास लिइएको छ । घरको छोरीलाई बेहुली बनाएर पठाए जस्तै महसुश भएको बताउँदै वनले भने, “रुपसी–भद्रको सम्बन्ध पनि राम्रो बनोस् र रमाउने वातावरण चीनमा होस् ।”
“प्राकृतिक स्रोत साधनमा धनी हामी दिनसक्ने भएका छौँ,” चितवनका संरक्षणकर्मी एवं चराविज्ञ टीका गिरी भने – “साख जोगाउन उपहार पाएका देशको समेत दायित्व बढेको हुन्छ ।” चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले उपहार दिइएको गैंडालाई जतनसँग सम्हालेर राख्न चीनलाई अनुरोध गरे । यसले नेपालको दिगो संरक्षणमा योगदान दिने आशा उनको छ । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष मधुकर मल्ल घरपरिवार र आफन्त गुमाएर संरक्षण गरिएको गैंडालाई मन कुँड्याएर उपहार दिएकाले संरक्षणमा योगदान दिने विश्वास व्यक्त गर्छन । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्याल दुई देशका संरक्षण अधिकारीहरुबाट उपयुक्त स्थान पहिचान भएपछि गैंडा उपहार दिइएकाले गैंडा हुर्कने विश्वास दिलाउछन् । अन्य देशमा उपहार दिइएका गैंडाको संख्या वृद्धि भएको उनको भनाइ छ । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

राष्ट्र वहस (२०७५) सम्पन्न

डिबेट नेटवर्क नेपालको आयोजनामा नेपाली भाषाको संरक्षण र प्रवर्द्धन गर्ने हेतुले तर्कसंगत बहस र वैचारिक...

युनिर्भसल डेन्टल सरगरमाथा म्युजिक अवार्ड २०७५ सम्पन्न

“नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवर्द्धन हाम्रो अभियान” भन्ने मुल नाराको साथ...

शान्ति समाजको २१औं राष्ट्रिय परिषद् बैठक बिराटनगरमा

शान्ति समाजको २१ औँ राष्ट्रिय परिषद् बैठक विराटनगरमा ३०० भन्दा बढीको सहभागिता हुने भएको छ । मानव अधिकार, शान्ति,...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

समृद्धिको सपना र साकार हुने आधारहरू

समृद्धि भनेको विकास वा उन्नति हो । सर्वसाधारण सबैले आफ्नो दैनिक जीवनमा अनुभव गर्न सक्ने सकारात्मक परिवर्तन नै...

दशैंको मोबाइल बजार

पछिल्लो समय नेपालमा स्मार्टफोनको क्रेज बढ्दो क्रममा रहेको छ । अहिले धेरैको प्राथमिकतामा स्मार्टफोन पर्न...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै