logo

मुक्तिनाथ विकास बैंकको ७९ औं शाखा काठमाडौंको कोटेश्वरमा

काठमाण्डौं, असार २८
मुुक्तिनाथ विकास बैंकले काठमाडौंको कोटेश्वरमा पनि शाखा विस्तार गरेको छ । आधुनिक बैंकिङ, ग्रामीण बैंकिङ र लघुवित्त सेवा एकै साथ सञ्चालन गर्दै आएको बैंकले देशैभरि आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा काठमाडौंको कोटेश्वरमा मंगलबार शाखा कार्यालय विस्तार गरेको हो । वरिष्ठ संस्कृतिविद् तथा लेखक डा. सत्यमोहन जोशीले उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुुन् । शाखा कार्यालय उद्घाटन गर्दै प्रमुख अतिथि डा. जोशीले नेपाल जस्तो विकासोन्मुख देशमा रहेर पनि बैंकले आधुनिक बैंकिङ, ग्रामीण बैंकिङ र लघुवित्त सेवाकै साथ प्रदान गर्नु उल्लेखनीय रहेको तथा आगामी दिनमा बैंकले अझ गुणस्तरीय सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पु¥याउन सफल बनोस् भन्दै शुभकामना व्यक्त गरेका छन् । साथै उनले बचत खाता खोली औपचारिकरुपमा कारोबारसमेत शुभारम्भ गरेका छन् ।
उक्त कार्यक्रममा बैंकका ब्रान्ड एम्बेसडर सीताराम कट्टेल (धुर्मुस) ले हरहमेसा बैंकसँगै रहने प्रतिबद्धतासहित बैंकको सफलताको शुभकामना व्यक्त गरेका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युुम्न पोखरेलले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराउनु गराएका थिए । बैंकले लिएको समावेशी वित्तीय पहुँच विस्तारलाई अझै विस्तार गरी लघुु उद्यम तथा लघु व्यवसाय विस्तारमा जोड दिने बताएका थिए । त्यसैगरी बैंकको व्यवसाय वृद्धिसँगै भावी दिनमा सामाजिक उत्तरदायित्वको कामलाई प्राथमिकताको रुपमा स्थानीय निकायसँग सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।उद्घाटन समारोहका सभाध्यक्ष तथा सञ्चालक समितिका सदस्य नारायण कुमार श्रेष्ठले सदैव गुणस्तरीय सेवा प्रदान गर्दै अगाडि बढ्ने र विभिन्न वित्तीय तथा गैरवित्तीय सेवाको माध्यमद्वारा देशको अर्थतन्त्र र आवश्यकतामा बैंकले पनि योगदान दिने प्रतिबद्धता व्यक्त गरेका छन् । बैंकको हालसम्म काठमाडौं उपत्यकाभित्र कोटेश्वरलगायत महाराजगञ्ज, कमलादी, सीतापाइला, कुलेश्वर, लगनखेल, न्यूरोड, नयाँ बानेश्वर, चाबहिल, माछापोखरी र भक्तपुरको कमलविनायक गरी ११ शाखाहरु सञ्चालनमा आई सकेका छन् भने जोरपाटी, ठमेल, कुपण्डोल, बत्तीसपुतलीबाट पनि शीघ्र औपचारिकरुपमा सेवा सञ्चालनको तयारीमा रहेको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

स्वावलम्बन लघुवित्तको व्यवस्थापन तालिम

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिले सहायक कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तीन दिने...

कुमरोजमा ग्लोबल आईएमई बैंकको शाखारहित सेवा

ग्लोबल आईएमई बैंकले चितवनको खैरहानी नगरपालिका वडा नम्बर १२ कुमरोजमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको...

सेयर बजार पुुनः ओरालो लाग्यो

सेयर बजार पुुनः ओरालो लागेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार सूचक तीन दशमलव ७४ अंकले ओरालो लागेर...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

राजनीतिमा नमीठो घोच्ने काँडा हुन्छ

तिमी ऐना मेरो मुहारको र हेरिरहन्छु आफूलाई तिमीमा । कहिले अघाउदिनँ म आफ्नो मुहार हेरेर किनकि त्यहाँ तिम्रो विम्ब...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै