logo

मौद्रिक नीतिको सकारात्मक प्रभाव नेप्सेमा देखिएन

सामान्य गिरावट, झण्डै ४८ करोड रुपैयाँको सेयर खरिदबिक्री

काठमाण्डौं, असार २८
साताको चौंथो कारोबार दिन बुुधबार पनि सेयर बजार ओरालो लागेको छ । बुधबार नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष अर्थात् आव २०७५/०७६ को मौद्रिक नीति सार्वजनिक गरेको छ । तर, त्यसको सकरात्मक प्रभाव भने तत्काल नेप्समा देखिएन । बुधबार नेप्से शून्य दशमलव २९ अंकले घटेर १२ सय पाँच दशमलव ६४ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्न नेप्से सेन्सिटिभ पनि शून्य दशमलव शून्य आठ अंकले घटेर दुुई सय ५३ दशमलव९८ अंकमा झरेको छ । बुधबार एक सय ७१ वटा कम्पनीहरुको कारोबार भएको छ । जसअनुसार चार हजार सात सय ८३ वटा कारोबारमा १२ लाख ६७ हजार पाँच सय ३१ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम ४७ करोड ९५ लाख १४ हजार दुुई सय ४८ रुपैयाँ पुुगेको छ ।
बुधबार नौ वटा समूहको कारोबार हुँदा छ वटा समूहले कमाउदा तीन वटा समूहले गुमाएका छन् । वाणिज्य बैंक समूहको सूचक एक दशमलव ८८ अंकले घटेर एक हजार १९ दशमलव ९७ अंकमा झरेकोमा ११ करोड आठ लाख ४४ हजार रुपैयाँको सेयर किनबेच भएको छ । होटल र उत्पादमूलक समूहको सूचक पनि क्रमशः ८६ दशमलव ४२ र शून्य दशमलव ४७ अंकले घटेका छन् । विकास बैंक समूहको सूचक भने बुधबार तीन दशमलव चार अंंकले बढेर १४ सय २० दशमलव ६९ अंकमा चढेकोमा एक करोड १८ लाख ९२ हजार छ सय रुपैयाँको सेयर किनबेच भएको छ । जलविद्युुत् समूहको सूचक दुुई दशमलव सात अंकले बढेर १४ सय ५८ दशमलव ८२ अंकमा चढेकोमा एक करोड ५२ लाख ४६ हजार पाँच सय रुपैयाँको सेयर किनबेच भएको छ । यसैगरी बीमा समूहको सूचक पनि शून्य दशमलव आठ अंकले बढेर छ हजार एक सय १६ दशमलव ५२ अंकमा चढेकोमा पाँच करोड २० लाख ५७ हजार तीन सय रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक फाइनान्स, अन्य र लघुवित्त समूहको सूचक पनि क्रमशः शून्य दशमलव ५३, शून्य दशमलव ६५ र २८ दशमलव ४५ अंकले बढेका छन् ।
बुधबार बढी कमाउने कम्पनीको सूचीमा परेको एनएमबी माइक्रोफाइनान्सको वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० रुपैयाँले बढेर १५ सय ४० रुपैयाँमा सेयर खरिदबिक्री भएको छ । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि पाँच रुपैयाँ ६८ पैसाले बढेर १२ सय २७ रुपैयाँमा सेयर खरिदबिक्री भएको छ । यीबाहेक नागबेली लघुवित्त वित्तीय संस्था, विजय लघुुवित्त वित्तीय संस्था आदिको सेयर मूल्य पनि बढेको छ । गुुमाउने कम्पनीको सूचीमा अग्रस्थानमा परेको एभरेष्ट बैंकको कन्भर्टेबल प्रिफरेन्सका सेयर मूल्य पाँच रुपैयाँ ६५ पैसाले घटेर छ सय १७ रुपैयाँमा कारोबार भएको छ । यसैगरी सोल्टी होटल, हाथ्वे फाइनान्स आदिको सेयर मूल्य पनि घटेका छन् । बुधबार रकम कारोबारका आधारमा अग्रस्थानमा परेको प्र्राइम लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयरतर्फ तीन रुपैयाँ अन्तिम मुल्यमा १० करोड ७२ लाख ४२ हजार आठ सय रुपैयाँको सेयर किनबेच भएको छ । यसैगरी नेपाल टेलिकमको पनि प्रतिकित्ता सात सय २५ रुपैयाँ अन्तिम मूल्यमा चार करोड ७९ लाख ५५ हजार सात सय ९२ रुपैयाँको कारोबार भएको छ ।                सेयर मूल्य २० प्रतिशतसम्म घटेमा मार्जिन कल बाध्य नहुुने :- नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा मार्जिन कललाई केही सहज बनाइ दिएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले आर्थिक वर्ष २०७५/०७६ को मौद्रिक नीतिमार्फत सेयर धितो कर्जालाई केहीहदसम्म सहज बनाउने घोषणा गरेका हुुन् । राष्ट्र बैंकले सेयरको धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा कर्जाको सुरक्षणका लागि राखिएको सेयरको मूल्य २० प्रतिशतसम्मले घटेको अवस्थामा मार्जिन कल गर्न बाध्य नहुने व्यवस्था गर्नेछ, गर्भनर डा. नेपालले मौदिक नीति घोषणा भने । यसैगरी बैंक तथा वित्तीय संस्थाहरुले सेयरको धितोमा प्रवाह गर्ने मार्जिन प्रकृतिको कर्जा प्राथमिक पुँजीको साविकको ४० प्रतिशतसम्मबाट घटाई २५ प्रतिशतसम्म मात्र प्रवाह गर्न पाउने व्यवस्था लागू गरिने नीति पनि मौद्रिक नीतिले लिएको छ । सेयर कारोबारलाई थप व्यवस्थित बनाउन राष्ट्र बैंकले आर्थिक वर्ष २०७५/०७६ देखि वार्षिकरुपमा सबै वाणिज्य बैंकहरूले राष्ट्रिय वा अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सीबाट आफ्नो रेटिङ गर्नुपर्ने व्यवस्था मिलाउने घोषणा गरेको छ । साथै, बैंक तथा वित्तीय संस्थाहरुले ५० करोड वा सो भन्दा बढीको कर्जा उपयोग गर्ने ऋणीलाई कर्जा प्रवाह गर्दा वा कर्जा नवीकरण गर्दा सो संस्थाको क्रेडिट रेटिङ एजेन्सीबाट गरिएको रेटिङलाई कर्जा मूल्यांकनको आधारको रुपमा लिनुपर्ने व्यवस्था गर्ने समेतको व्यवस्था गर्ने गर्भनर डा. नेपालले बताएका छन् । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

ग्लोबल आईएमई बैंक र नेशनल लाइफबीच बैंकास्योरेन्स सम्झौता

ग्लोबल आईएमई बैंक र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतापत्रमा ग्लोबल...

अबदेखि २५ हजार रुपैयाँसम्मको चुक्ता पुँजी लगानी गर्ने साना लगानीकर्ता

नेपाल धितोपत्र बोर्डले अबदेखि चुक्ता पुँजीमा २५ हजार रुपैयाँसम्म रकम लगानी गर्ने लगानीकर्ताहरुलाई साना...

आर्थिक वर्षको सुरुको दिन नै नेप्से निराशाजनक

चालू आर्थिक वर्षको सुरुवातको दिन अर्थात् साउन १ गते मंगलबार नै नेप्से निराशाजन देखिएको छ । अघिल्ला केही दिन...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

स्थानीय तहमा बैंकिङ पहुँचको सवाल

देशभरका सात सय ५३ स्थानीय तहमा जनप्रतिनिधिहरुको छनौटका लागि निर्वाचन सम्पन्न भई ती तहहरुमा स्थानीय सरकारले...
मनोरञ्जन / साहित्य अरु धेरै

चलचित्र ‘शत्रु गते’ युएईमा जुलाई १२ देखि प्रदर्शन हुने

सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रुू गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै