logo

डा. केसीलाई वार्तामा आउन स्वास्थ्य राज्यमन्त्री अर्यालको आग्रह

काठमाण्डौं, असार २८
स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले डा. गोविन्द केसीका जायज माग पूरा गर्न सरकार तयार रहेकोले वार्तामा आउन आग्रह गरेकी छिन् ।
स्वास्थ्य रान्यमन्त्री अर्यालले आफ्ना माग सम्बोधनका लागि वैधानिक बाटो रोज्न आग्रह गरेकी हुन् । रिपोर्टर्स क्लबमा आयोजित एक कार्यक्रममा राज्यमन्त्री अर्यालले डा. केसीले आफ्ना माग संसद्मा प्रस्तुत गरिएको चिकित्सा शिक्षा विधेयकमार्फत रोज्ने भन्दै विधेयकमा सांसद्मार्फत संशोधन हालेर आफ्ना माग पूरा गर्न आग्रह गरेकी हुन् । विश्वविद्यालय, मेडिकल कलेज तथा अस्पतालमा गएर अनशन बसेर डा. केसीको माग पूरा नहुने उनको भनाइ थियो । डा. केसीले जस्तै आफूलाई चित्त नबुझेको कुरामा प्रत्येक नेपालीले अनशन बस्न थाले के हुन्छ भन्ने प्रश्न गर्दै उनले आफूलाई लागेको बेला अनशन बस्न नपाइने बताइन् । डा. केसीको जायज माग सम्बोधन हुने राज्यमन्त्री अर्यालले बताइन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य योगेश भट्टराईले केदारभक्त माथेमा प्रतिवेदनबाट चिकित्सा क्षेत्र सुधारका लागि सुझाव लिएको भन्दै शतप्रतिशत कार्यान्वयन गर्न नसकिने बताए । ‘माथेमा प्रतिवेदन सुझाव दिन मात्र बनाएको हो । प्रतिवेदनमा १० वर्षसम्म काठमाडौंमा कलेज नखोल्ने भनेर सुझाव मात्र दिइएको हो’, उनले भने, ‘माथेमाले दिएको सुझाव मान्नुपर्दछ भन्ने छैन, सुझाव हो, राम्रो लागे मान्ने हो, नभए मान्ने होइन ।’ भट्टराईले कसैले केहीका लागि अनशन बस्दैमा माग पूरा गर्नुपर्ने भन्ने नभएको बताए । डा. केसीले भनेका सबै माग पूरा गर्नुपर्ने भन्ने कुरा केही उल्लेख नगरिएको भन्दै उनले भने, ‘केसीले भनेका मात्र कलेजलाई सम्बन्धन दिने, अरुलाई नदिने भनेर कहाँ लेखेको छ ।’
नेता भट्टराईले डा. केसी हरेक पटक अनशन मेडिकल शिक्षाको भर्ना खुल्ने समयमा बस्ने गरेको भन्दै उनको अनशनको उद्देश्य नै शंकास्पद रहेको बताए । अहिलेसम्म सम्बन्धन दिएका कलेजलाई संसदीय छानबिन समिति गठन गरेर छानबिन गर्नुपर्ने उनको भनाइ थियो । ‘मेडिकल कलेजमा पढ्दा पास हुने, अनि नेपाल मेडिकल काउन्सिलमा परीक्षा दिँदा फेल हुने’, उनले भने, ‘त्यसैले ती सम्बन्धन दिएका कलेजमाथि छानबिन हुनुपर्छ ।’ मेडिकल कलेज कसैलाई सिफारिस देऊ, कसैलाई नदेऊ भन्ने अधिकार डा. केसीको नभएको नेता भट्टराईले बताए । नेपाली कांग्रेसका नेता सुरेन्द्र पाण्डेले डा. केसीका कतिपय माग जायज भएकाले छलफल गरेर टुङ्ग्याउनुपर्ने बताए । उनले केसीका मुद्दालाई देखाएर कांग्रेसलाई राजनीति गर्ने रहर नभएको स्पष्ट पारे । कार्यक्रममा नेपाल चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष डा. ढुण्डीराज पौडेलले डा. केसीका माग सरकारले वार्ताबाट टुङ्ग्याउनुपर्ने बताए । पौडेलले केसीसँग वार्ता गरेर चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि श्वेतपत्र जारी गर्न सरकारलाई सुझाव दिए । चिकित्सा शिक्षा क्षेत्रको सुधार र केसीको जीवन रक्षाका लागि तत्काल वार्ता गर्नुपर्नेमा उनले जोड दिए । चिकित्सा शिक्षालाई सरकारले निजीकरण गर्न खोजेका कारण गोविन्द केसी अनशन बस्न बाध्य भएको पौडेलको आरोप थियो । नेपालको चिकित्सा सेवा काठमाडौं केन्द्रित भएको भन्दै उनले जुम्लामा खोलिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आधारभूत सेवा समेत हुन नसकेको बताए । ‘जुम्लामा विशाल अस्पताल छ । तर ब्लड कल्चरसमेत गर्ने व्यवस्था छैन । यो सब निजीकरणका नाममा भएको कमजोरी हो’, पौडेलले भने । अहिले मेडिकल कलेजको मान्यताका लागि भइरहेको चलखेल कमिसन र चन्दाका कारण भएको उनले बताए । ‘चुनावमा निजी क्षेत्रसँग चन्दा मागियो । अहिले तिनै व्यक्तिको मेडिकल कलेज जोगाउनका लागि सरकार लागिपरेको छ । अनि कसरी जनताको हितमा विधेयक बन्छ ?’, पौडेलले भने । भ्रष्ट नेता र मन्त्रीलाई रद्दीको टोकरीमा नफालेसम्म देश विकास नहुने उनको जिकिर छ । माथेमा प्रतिवेदन किन कार्यान्वयन हुन सकेन भनेर पौडेलले प्रश्न गरे । नेपालमा अहिले पनि चिकित्सा शिक्षा क्षेत्रमा निजी क्षेत्रको ८० प्रतिशत र सरकारको २० प्रतिशत मात्रै योगदान रहेको पौडेलको दाबी छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

पहिरोमा पुरिएर एकको मृत्यु, तीन घाइते

गएरातिदेखि परेको अबिरल वर्षाका कारण पर्वतको जलजला गाउँपालिका–८ लस्ती बेरनेटामा घर माथिबाट आएको पहिरोले...

“ १०० वर्ष पुरानो पुरातात्विक महत्वको मुर्ती सहित पक्राउ”

मिति २०७५ साउन १ गते प्राचिन पुरातात्विक महत्वको मुर्ति विक्रि वितरण हुँदैछ भन्ने विशेष खबर प्राप्त हुना साथ...

फरार चोर पक्राउ

विगत केही समयदेखि काठमाडौँं उपत्यकाभित्र चोरी कार्यमा संलग्न रहेको आरोपमा भक्तपुर चाँगुनारायण नगरपालिका–७...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

स्थानीय तहमा बैंकिङ पहुँचको सवाल

देशभरका सात सय ५३ स्थानीय तहमा जनप्रतिनिधिहरुको छनौटका लागि निर्वाचन सम्पन्न भई ती तहहरुमा स्थानीय सरकारले...
मनोरञ्जन / साहित्य अरु धेरै

चलचित्र ‘शत्रु गते’ युएईमा जुलाई १२ देखि प्रदर्शन हुने

सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रुू गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै