logo

आपत्कालीन हटलाइन टेलिफोन सेवा

रसुवा, असार २८
वर्षायाममा हुनसक्ने विपद् व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले रसुवामा हटलाइन टेलिफोन सेवा सञ्चालन गरिएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार प्राकृतिक प्रकोप वा आकस्मिक घटनामा आम नागरिकलाई तुरुन्तै खबर दिन हटलाइन टेलिफोन सेवा सञ्चालनमा ल्याइएको हो । जडान भएको ०१०५४००१९ नं.को आपत्कालीन हटलाइन टेलिफोन चौबीसै घण्टा सञ्चालनमा आउने र विपद्का साथै शान्तिसुरक्षा, सरकारी कार्यालयको सेवा प्रवाह, स्थानीय तहले गरेका अनियमिततासम्बन्धी गुनासा सुन्ने र सो गुनासोको प्रतिक्रिया सम्बन्धित गुनासोकर्तालाई दिने समेतका कार्य उक्त हटलाइनबाट हुने व्यवस्था मिलाइएको उनले बताए । कुनै पनि घटनाको जानकारी लिन चाहने इच्छुक व्यक्तिलाई पाँच मिनेटमै हटलाइनबाट घटनाको विवरण उपलब्ध गराउने व्यवस्था पनि मिलाइएको बताइएको छ । त्यस्तै जिल्ला प्रशासन र सबै सरकारी कार्यालयबाट प्रशासनिक कार्य चुस्त पारी आमनागरिकलाई छिटो छरितो सेवा प्रदान गर्न थालिएको छ । विगतका विसंगतिलाई हटाउँदै आजको काम आजै सम्पादन गर्नुपर्छ भन्ने भावनाका साथ सम्बद्ध कर्मचारीले स्थानीय तहबाट प्रमाण पु-याई आएका निवेदन दर्ता हुनासाथ सम्बन्धित व्यक्तिलाई सुशासनको प्रत्याभूति गराउनथालेको अनुभूति भएको सेवाग्राही उत्तरगया गापा–५ का ईश्वरलाल श्रेष्ठले बताए । युवा प्रशासक कृष्णप्रसाद पौडेलको प्रयासबाट थालिएको सुधारात्मक कार्यबमोजिम उक्त कार्यालय पुग्ने सेवाग्राहीलाई आरामदायी कुर्सी, वाइफाइ, कालो चियाको, बच्चा भएका महिला सेवाग्राहीलाई स्तनपान गराउने छुट्टै स्थान, महिला र पुरुषलाई छुट्टाछुट्टै शौचालय र बाहिरी भागमा फूलबारीसहितको स्वच्छ वातावरणको व्यवस्था गरिएकाले प्रशासन सुधारमा निकै परिवर्तन आएको पाइएको सेवाग्राही श्रेष्ठले बताए । परम्परागत कार्यशैलीलाई परिवर्तन गर्दै सुधारका कार्य द्रुतरुपमा अगाडि बढिरहेको बताउँदै प्रजिअ पौडेलले जिल्लाको भौगोलिक विशेषता तथा राजनीतिक स्थितिबारे स्थानीय जनतालाई जानकारी गराउन रसुवाका पाँचवटै गाउँपालिकाको भूगोल झल्किने स्तम्भसमेत निर्माण गरिएको बताए । सो स्तम्भमा कुन गाउँपालिका कुन दिशामा पर्छ भन्ने कुरा जानकारी पाउन र भौगोलिक बनोटको अवस्था अध्ययन गर्न र सेवाग्राहीलाई दिनुपर्ने सेवा र सुविधाबारे जानकारी लिनसमेत सहज भएको सम्बद्ध व्यक्तिले बताएका छन् । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

राष्ट्र वहस (२०७५) सम्पन्न

डिबेट नेटवर्क नेपालको आयोजनामा नेपाली भाषाको संरक्षण र प्रवर्द्धन गर्ने हेतुले तर्कसंगत बहस र वैचारिक...

युनिर्भसल डेन्टल सरगरमाथा म्युजिक अवार्ड २०७५ सम्पन्न

“नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवर्द्धन हाम्रो अभियान” भन्ने मुल नाराको साथ...

शान्ति समाजको २१औं राष्ट्रिय परिषद् बैठक बिराटनगरमा

शान्ति समाजको २१ औँ राष्ट्रिय परिषद् बैठक विराटनगरमा ३०० भन्दा बढीको सहभागिता हुने भएको छ । मानव अधिकार, शान्ति,...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

समृद्धिको सपना र साकार हुने आधारहरू

समृद्धि भनेको विकास वा उन्नति हो । सर्वसाधारण सबैले आफ्नो दैनिक जीवनमा अनुभव गर्न सक्ने सकारात्मक परिवर्तन नै...

दशैंको मोबाइल बजार

पछिल्लो समय नेपालमा स्मार्टफोनको क्रेज बढ्दो क्रममा रहेको छ । अहिले धेरैको प्राथमिकतामा स्मार्टफोन पर्न...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै