logo

वैदेशिक रोजगारीबाट फर्किएका युवाको सीप, ज्ञान र क्षमतालाई सरकारले उपयोग गर्ने

काठमाण्डौं, असार २८
श्रम, रोजगारी तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीबाट फर्किएका युवाको सीप, ज्ञान र क्षमतालाई सरकारले उपयोग गर्ने बताएका छन् । राष्ट्रिय युवा परिषद्ले बुधबार राजधानीमा आयोजना गरेको ‘वैदेशिक रोजगारीबाट फर्किएका युवाको राष्ट्रिय भेला’मा वैदेशिक रोजगारीबाट फर्किएका युवालाई नेपालको हितका लागि आफ्नो श्रम, सीप स्वदेशमा नै प्रयोग गर्नका लागि वातावरण बनाइने बताएका छन् । मन्त्री विष्टले वैदेशिक रोजगारीबाट फर्किएका युवाको क्षमता उपयोग गर्नका लागि पुँजीदेखि स्रोतसाधन परिचालन गर्नका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताउँदै फर्किएका युवाको श्रम सीपलाई प्रयोग गरेर सरकार अगाडि बढ्ने जानकारी दिए ।
‘आफूले सिकेका सीप र ज्ञानलाई स्वदेशमै उपयोग गर्नका लागि सम्बन्धित पक्षलाई आग्रह गर्दै उनले नेपालको विकास यहीका युवाबाट मात्र सम्भव भएकाले विदेशमा रहेका युवालाई पनि स्वदेशमा फर्किने वातावरण बनाउने दृढता व्यक्त गरे । मन्त्री विष्टले सरकारले सुरु गरेको समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियानलाई सफल बनाउनका लागि वैदेशिक रोजगारीमा रहेका युवालाई समेत आबद्ध गरिने बताउँदै विदेशबाट फर्किएका युवालाई श्रम राजदूतका रुपमा सरकारले परिचालन गर्ने धारणा व्यक्त गरे । वैदेशिक रोजगारीमा देखिएका समस्यालाई केही दिनमा नै सुधार गर्ने बताउँदै उनले अब केही वर्षभित्रै सीप सिकेका युवालाई मात्र वैदेशिक रोजगारीमा पठाइने बताए ।कार्यक्रममा युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले समृद्ध नेपाल र सुखी नेपाली अभियानलाई पूरा गर्ने अभिभारा युवाको काँधमा रहेको बताए । उनले भने, ‘युुवालाई उद्यमशीलता, स्वावलम्बी र स्वरोजगार बनाउने हाम्रो योजना छ ।’ मन्त्री विश्वकर्माले हाम्रो सामाजिक वातावरणले युवालाई वैदेशिक रोजगारीमा जान बाध्य तुल्याएको भन्दै अब विदेश नभई स्वदेशमा नै आफ्नो श्रम लगाएर देश विकासमा युवा लाग्नुपर्नेमा जोड दिए । युवा स्वरोजगार कोषका कार्यकारी निर्देशक विष्णुप्रसाद गौतमले युवालाई स्वरोजगार बनाउनका लागि न्यूनतम ब्याजमा ऋण प्रवाह गरिएको जानकारी दिए । सम्मेलनमा वैदेशिक रोजगारीबाट फर्किएका युवा उत्तम अधिकारीले सरकारले लगानीको सुनिश्चिताको वातावरण बनाए आफूहरु कृषि, पर्यटन, जलविद्युत् क्षेत्रमा लगानी गर्न तयार रहेको बताए । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

महिला संघले ७७ जिल्लामा आन्दोलन गर्ने

नेकपा अध्यक्ष केपी शर्मा ओलीले जघन्य अपराध बलात्कार र महिला हिंसा नियन्त्रणमा लिन नसकेको विरोधमा नेपाली...

नेकपाद्वारा भोलि ७ गते बन्द आह्वान

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्ना पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा...

जथाभावी फोहर फाल्नेलाई बढी कर लगाऊँ–मन्त्री पण्डित

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जथाभावी फोहर फाल्ने नागरिकको पहिचान गरेर...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

राजनीतिमा नमीठो घोच्ने काँडा हुन्छ

तिमी ऐना मेरो मुहारको र हेरिरहन्छु आफूलाई तिमीमा । कहिले अघाउदिनँ म आफ्नो मुहार हेरेर किनकि त्यहाँ तिम्रो विम्ब...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै