logo

राउण्ड टेबल र मेडिसिटी अस्पतालबीच सेवा आदानप्रदान सम्झौता

काठमाण्डौं, असार २८
राउण्ड टेबल नेपाल र नेपाल मेडिसिटी अस्पतालबीच सेवा आदान–प्रदानको सम्झौता भएको छ । राउण्ड टेबल नेपालको केन्द्रीय कार्यालय टेकुमा नेपाल मेडिसिटीका महाप्रबन्धक विजय रिमाल र राउण्ड टेबल नेपालका अध्यक्ष जयन्त अग्रवालले सम्झौतापत्रमा हस्ताक्षर गरेपछि मेडिसिटी र राउण्ड टेबलबीच सहकार्य गर्ने सम्झौता भएको हो । राष्ट्रको विकासमा शिक्षाको महत्वपूर्ण भूमिका रहनेमा विशेष विश्वास गर्ने राउण्ड टेबल नेपाल र स्वदेशमै सम्पूर्ण उपचार सम्भव रहेकोमा विश्वास गर्ने नेपाल मेडिसिटीबीच बुधबार सम्झौता भएको हो । देशका विभिन्न स्थानको प्रतिनिधित्व गर्दै चार सय ५० भन्दा बढी युवा एवं पुरुष सदस्य रहेको राउण्ड टेबल नेपालका सदस्य र सदस्यका परिवारलाई सम्झौतापश्चात् नेपाल मेडिसिटीले १० प्रतिशत छुट प्रदान गर्ने भएको छ । सामाजिक सेवा गर्र्दै आएको राउण्ड टेबल नेपालका अभियानमा स्वास्थ्य सेवा प्रदान गर्न अस्पताल तयार रहेको छ । ललितपुरमा रहेको नैपालकै उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्ने सुविधासम्पन्न अस्पतालले देशैभरका नागरिकसम्म उच्चस्तरीय सेवा प्रदान गर्ने लक्ष्य राखेकोमा यस सम्झौताले विशेष भूमिका खेल्ने विश्वास अस्पतालका महाप्रबन्धक विजय रिमालले बताए । त्यस्तै सम्झौतापश्चात् राउण्ड टेबल नेपालका अध्यक्ष अग्रवालले उपत्यकाबाहिर रहेका मानिसहरुलाई पनि अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा प्रदान गराउन आफूले पनि साथ दिने बताए । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

पहिरोमा पुरिएर एकको मृत्यु, तीन घाइते

गएरातिदेखि परेको अबिरल वर्षाका कारण पर्वतको जलजला गाउँपालिका–८ लस्ती बेरनेटामा घर माथिबाट आएको पहिरोले...

“ १०० वर्ष पुरानो पुरातात्विक महत्वको मुर्ती सहित पक्राउ”

मिति २०७५ साउन १ गते प्राचिन पुरातात्विक महत्वको मुर्ति विक्रि वितरण हुँदैछ भन्ने विशेष खबर प्राप्त हुना साथ...

फरार चोर पक्राउ

विगत केही समयदेखि काठमाडौँं उपत्यकाभित्र चोरी कार्यमा संलग्न रहेको आरोपमा भक्तपुर चाँगुनारायण नगरपालिका–७...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

स्थानीय तहमा बैंकिङ पहुँचको सवाल

देशभरका सात सय ५३ स्थानीय तहमा जनप्रतिनिधिहरुको छनौटका लागि निर्वाचन सम्पन्न भई ती तहहरुमा स्थानीय सरकारले...
मनोरञ्जन / साहित्य अरु धेरै

चलचित्र ‘शत्रु गते’ युएईमा जुलाई १२ देखि प्रदर्शन हुने

सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रुू गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै