logo

विकास निर्माणमा सहयोग गर्न जापानसँग आग्रह

काठमाण्डौं, असार २८
राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले विकास निर्माणका कार्यमा सहयोग गर्न जापान सरकारसँग आग्रह गरेका छन् । नेपालका लागि जापानका राजदूत मासाचिमी सिगोेसँग शिष्टाचार भेटघाट गर्दै उनले नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध सधैँ सुमधुर रहेको बताएका छन् । तिमिल्सिनाले नेपाल लामो संक्रमणपछि शान्ति र विकासतर्फ अगाडि बढेकाले विगतमा जस्तै आगामी दिनमा पनि जापानको सहयोग निरन्तर हुने अपेक्षा गरे । अध्यक्ष तिमिल्सिनाले जापानले नेपालको पूर्वाधार निर्माण, भूकम्पपछिको पुनर्निर्माण, शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा पु-याएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेका छन् । ‘नेपालको भौतिक, आर्थिक, मानव संसाधन विकास, सामाजिक क्षेत्र, शिक्षा, स्वास्थ्य, कृषिलगायतको विकासमा सहयोग निरन्तर हुनेछ भन्ने विश्वास लिएको छु’, उनले भने । साथै उनले बुद्धको जन्मभूमि नेपालमा विशेषगरी जापानका बुद्ध धर्मावलम्बी धार्मिक पर्यटकको रुपमा आउने र नेपाली पनि अध्ययन, रोजगारी तथा व्यापारका लागि जापान जाने गरेकाले जनस्तरको सम्बन्ध मजबुत बनाउन सहयोग पुगेको बताए । यसैबीच राजदूत सिगो कूटनीतिज्ञसँगै एक कृषि विशेषज्ञ भएको जानकारीमा आएको बताउँदै उनले भने, ‘तपाईंको कृषिक्षेत्रको विशेषज्ञताले कृषिप्रधान देश नेपालले यसको आधुनिकीकरण तथा प्रविधि प्रयोगमा सकारात्मक प्रभाव ल्याउने अपेक्षा लिएको छु ।’ उनले राजदूत सिगोको कार्यकाल दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन सफल हुने विश्वास व्यक्त गरेका छन् । भेटमा राजदूत सिगोले दुई देशको सम्बन्ध र सहकार्यलाई प्रभावकारी बनाउन जनता, सरकार र संसद्सँग सम्बन्ध चाहेको बताए । उनले आफू कृषि क्षेत्रको व्यक्ति भएकाले जापानमा प्रयोग भएको कृषि प्रविधिले नेपालमा सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन् । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

महिला संघले ७७ जिल्लामा आन्दोलन गर्ने

नेकपा अध्यक्ष केपी शर्मा ओलीले जघन्य अपराध बलात्कार र महिला हिंसा नियन्त्रणमा लिन नसकेको विरोधमा नेपाली...

नेकपाद्वारा भोलि ७ गते बन्द आह्वान

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्ना पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा...

जथाभावी फोहर फाल्नेलाई बढी कर लगाऊँ–मन्त्री पण्डित

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जथाभावी फोहर फाल्ने नागरिकको पहिचान गरेर...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

राजनीतिमा नमीठो घोच्ने काँडा हुन्छ

तिमी ऐना मेरो मुहारको र हेरिरहन्छु आफूलाई तिमीमा । कहिले अघाउदिनँ म आफ्नो मुहार हेरेर किनकि त्यहाँ तिम्रो विम्ब...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै