logo

व्यवसायी अग्रवाल व्यापारमा ‘फेल’

बिराटनगर, असार २८
विराटनगरमा ट्रेडिङको कारोबारमा पोख्त मानिएका एक व्यवसायी पछिल्लो समय चिनी आयातमा नराम्रोसँग फसेपछि अहिले टाट पल्टिएका छन् । प्रधानमन्त्री केपी ओलीको सरकारले पछिल्लो समय चिनी आयातमा भन्सार महसुल ३० प्रतिशत वृद्धि गरपछि श्रीलंकाबाट आयात गरिएको चिनी नेपाल ल्याउन नसकेपछि विराटनगरमा चिनीको अधिकतम आयात गर्ने विजय कुमार अग्रवालको नाममा रहेको विजयदीप इन्टरनेशनल टाट पल्टिएको छ । आन्तरिक राजस्व कार्यालय विराटनगरबाट भ्याट दर्ता ३०००९९३५७ रहेको ट्रेडिङ कम्पनी अहिले उठ्न नसक्नेगरी थलिएको कुरा व्यावसायिक क्षेत्रमा व्यापक चासोको विषय बन्न पुगेको छ । बैंकमा धितो रहेको घर जग्गासमेत बैंकले लिलाम गर्ने अवस्थामा पुगेपछि विजयदीप इन्टरनेशनलका सञ्चालक प्रदीप अग्रवाल टाट पल्टिएको सार्वजनिक भएपछि बैंकले लिलाम गर्नु अगाडि नै आफ्नो घरजग्गा बिक्री गरी बैंक ऋणबाट उन्मुक्ति हुने योजनामा रहेपछि ट्रेडिङ व्यापारी अग्रवालको रहस्य सार्वजनिक भएको छ ।
बैंकको ऋण मिलान गर्ने कामका लागि सहोदर छोरो रोहित धनावतका नामले विराटनगरमा चिनिदै आएका व्यक्ति लागि परेको रहस्य खुलेसँगै अग्रवालको रहस्य सार्वजनिक भएको हो । तिनै व्यक्ति अहिले बैंक सेटलमा लागेपछि अग्रवालको रहस्य खुल्न पुगेको छ । विजयदीप इन्टरनेशनलका नाममा विजय अग्रवालले बैंकलाई साँवा र ब्याज गरी आठ करोडभन्दा माथि नै रकम बुझाउने अवस्था रहेको दाबी समाचारस्रोतले गरेको छ । श्रीलंकाबाट नेपालका लागि आएको उक्त चिनी भारतको कोलकोता बन्दरगाहासम्म आएको देखिए पनि त्यसपश्चात् चिनी कहाँ गयो भन्ने विषय अहिले आएर रहस्यमय बन्न पुगेको छ । समाचारस्रोतका अनुसार विजयदीप इन्टरनेशनका सञ्चालक विजय अग्रवालले ट्रेडिङको कारोबार नै गरेर करोडौं कमाउने गरेको कुरा बताइन्छ । तर, पछिल्लो समय चिनीको कारोबारमा नराम्रोसँग फस्न पुगेका अग्रवाल टाट पल्टिने अवस्था आएसँगै आलोचनाका पात्र बन्न पुगेका छन् । बजारको मागअनुसार जस्तो पनि काम गर्न पछि नपर्ने अग्रवालले ट्रेडिङका कारोबारी धेरैजनासँग पार्टनरसीपमा पनि कारोबार गरेको रहस्य खुल्न पुगेको छ । त्यतिमात्र नभएर आर्थिक वर्ष ०७४/०७५ को साल तमामी हुन चार दिन बाँकी रहेको अवस्थामा यो घटना सार्वजनिक भएसँगै आन्तरिक राजस्व कार्यालयको समेत विजयदीप इन्टरनेशनलको नाममा रहेको मु.अ. करबापतको लाखौं रकम डुब्ने निश्चित भएको छ । सुपारी, चिनी, मरिच, सुकमेलजस्ता जस्तो वस्तुको माग भए पनि कारोबार गर्न पछि नपर्ने अग्रवालको दिवालीया घटना सार्वजनिक भएसँगै धेरै व्यवसायी पलायन हुने अवस्था सिर्जना हुँदै गएको कुरा व्यापारिक स्रोतले बताएको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

महिला संघले ७७ जिल्लामा आन्दोलन गर्ने

नेकपा अध्यक्ष केपी शर्मा ओलीले जघन्य अपराध बलात्कार र महिला हिंसा नियन्त्रणमा लिन नसकेको विरोधमा नेपाली...

नेकपाद्वारा भोलि ७ गते बन्द आह्वान

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्ना पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा...

जथाभावी फोहर फाल्नेलाई बढी कर लगाऊँ–मन्त्री पण्डित

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जथाभावी फोहर फाल्ने नागरिकको पहिचान गरेर...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

राजनीतिमा नमीठो घोच्ने काँडा हुन्छ

तिमी ऐना मेरो मुहारको र हेरिरहन्छु आफूलाई तिमीमा । कहिले अघाउदिनँ म आफ्नो मुहार हेरेर किनकि त्यहाँ तिम्रो विम्ब...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै