logo

व्यवसायी अग्रवाल व्यापारमा फेल भएको खुलासा

विराटनगर, असार २८
विराटनगरमा ट्रेडिङको कारोबारमा पोख्त मानिएका एक व्यवसायी पछिल्लो समय चिनी आयातमा नराम्रोसँग फसेपछि अहिले टाट पल्टिएको कुरा थाहा भएको छ ।
प्रधानमन्त्री केपी ओलीको सरकारले पछिल्लो समय चिनी आयातमा भन्सार महसुल ३० प्रतिशत वृद्धि गरपछि श्रीलंकाबाट आयात गरिएको चिनी नेपाल ल्याउन नसकेपछि विराटनगरमा चिनीको अधिकतम आयात गर्ने विजय कुमार अग्रवालको नाममा रहेको विजयदीप इन्टरनेशनल टाट पल्टिएको कुरा थाहा भएको छ । आन्तरिक राजस्व कार्यालय विराटनगरबाट भ्याट दर्ता ३०००९९३५७ रहेको टे«डिङ कम्पनी अहिले उठ्न नसक्नेगरी थलिएको कुरा व्यावसायिक क्षेत्रमा व्यापक चासोको विषय बन्न पुगेको छ । बैंकमा धितो रहेको घर जग्गासमेत बंैकले लिलाम गर्ने अवस्थामा पुगेपछि विजयदीप इन्टरनेशनलका सञ्चालक प्रदीप अग्रवाल टाट पल्टिएको सार्वजनिक भएपछि बंैकले लिलाम गर्नु अगाडि नै आफ्नो घरजग्गा बिक्री गरी बंैक ऋणबाट उन्मुक्ति हुने योजनामा रहेपछि ट्रेडिङ व्यापारी अग्रवालको रहस्य सार्वजनिक भएको छ ।
बैंकको ऋण मिलान गर्ने कामका लागि सहोदर छोरो रोहित धनावतका नामले विराटनगरमा चिनिदै आएका व्यक्ति लागि परेको रहस्य खुलेसँगै अग्रवालको रहस्य सार्वजनिक भएको हो । तिनै व्यक्ति अहिले बैंक सेटलमा लागेपछि अग्रवालको रहस्य खुल्न पुगेको छ । विजयदीप इन्टरनेशनलका नाममा विजय अग्रवालले बंैकलाई साँवा र ब्याज गरी आठ करोडभन्दा माथि नै रकम बुझाउने अवस्था रहेको दाबी समाचारस्रोतले गरेको छ । श्रीलंकाबाट नेपालका लागि आएको उक्त चिनी भारतको कोलकोता बन्दरगाहासम्म आएको देखिए पनि त्यसपश्चात् चिनी कहाँ गयो भन्ने विषय अहिले आएर रहस्यमय बन्न पुगेको छ ।
समाचारस्रोतका अनुसार विजयदीप इन्टरनेशनका सञ्चालक विजय अग्रवालले ट्रेडिङको कारोबार नै गरेर करोडांै कमाउने गरेको कुरा बताइन्छ । तर, पछिल्लो समय चिनीको कारोबारमा नराम्रोसँग फस्न पुगेका अग्रवाल टाट पल्टिने अवस्था आएसँगै आलोचनाका पात्र बन्न पुगेका छन् । बजारको मागअनुसार जस्तो पनि काम गर्न पछि नपर्ने अग्रवालले ट्रेडिङका कारोबारी धेरैजनासँग पार्टनरसीपमा पनि कारोबार गरेको रहस्य खुल्न पुगेको छ । त्यतिमात्र नभएर आर्थिक वर्ष ०७४÷०७५ को साल तमामी हुन चार दिन बाँकी रहेको अवस्थामा यो घटना सार्वजनिक भएसँगै आन्तरिक राजस्व कार्यालयको समेत विजयदीप इन्टरनेशनलको नाममा रहेको मु.अ. करबापतको लाखांै रकम डुब्ने निश्चित भएको छ । सुपारी, चिनी, मरिच, सुकमेलजस्ता जस्तो वस्तुको माग भए पनि कारोबार गर्न पछि नपर्ने अग्रवालको दिवालीया घटना सार्वजनिक भएसँगै धेरै व्यवसायी पलायन हुने अवस्था सिर्जना हँुदै गएको कुरा व्यापारिक स्रोतले बताएको छ ।

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

‘कसैले थर्काउँदैमा र दबाब दिँदैमा निर्णय हुँदैन’

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको उद्देश्य अन्य सरकारको भन्दा भिन्न रहेको भन्दै कसैले...

विद्यार्थीलाई टहरोमा राखी पक्की भवन बैंक भाडामा दिएको भन्दै नेविसंघद्धारा विरोध

दोलखाको मेलुङ गाँउपालिकाको एक विद्यालयको पक्की भवन बैंकलाई भाडामा दिएर जस्ताको टहरोमा विद्यार्थीलाई पठनपाठन...

ईन्टरनेट सेवामा १३ प्रतिशत कर लागू

सरकारले आजदेखी लागु हुने गरि ईन्टरनेट सेवाकम १३ प्रतिशत कर लागू गरेको छ...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

स्थानीय तहमा बैंकिङ पहुँचको सवाल

देशभरका सात सय ५३ स्थानीय तहमा जनप्रतिनिधिहरुको छनौटका लागि निर्वाचन सम्पन्न भई ती तहहरुमा स्थानीय सरकारले...
मनोरञ्जन / साहित्य अरु धेरै

चलचित्र ‘शत्रु गते’ युएईमा जुलाई १२ देखि प्रदर्शन हुने

सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रुू गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै