logo

प्रहरी ऐन खारेजीको माग गर्दै दलितको आन्दोलन

बटुकनाथ झा
जनकपुरधाम, असार २८
प्रहरी ऐन खारेजीको माग गर्दै दलित अधिकार परिषद्ले प्रदेश २ को संसद् भवन घेराउ गरेको छ । दलित र मुस्लिमलगायतको पिछडिएको वर्गको समावेशी ढंगले प्रहरी ऐनमा प्रतिनिधित्व नगराइएको भन्दै परिषदले बुधबार संसद भवन घेराउ गरेको हो । राष्ट्रियसभा सदस्य रामपृत पासवानको नेतृत्वमा पुगेका दलित अगुवाहरुले प्रहरी ऐन खारेज गर, दलित मुस्लिमको समावेशी प्रतिनिधित्व गराउ लगायतका नाराबाजीसमेत गरेका छन् । राष्ट्रियसभा सदस्य पासवानले प्रदेश २ मा दलितको जनसंख्या १७ दशमलव २९ प्रतिशत भए पनि सात प्रतिशत मात्रै प्रतिनिधित्व हुनेगरी प्रदेश सरकारले प्रहरी ऐन ल्याएकोले आफूहरु दबाब स्वरुप संसद् भवन घेराउ गरेको बताए । आफूहरुको माग सम्बोधन नगरिए अझै सशक्त आन्दोलन गर्ने चेतावनीसमेत पासवानले दिए । संसद् भवन घेराउ गर्न पुगेका दलित अगुवाहरुसँग कुरा गर्दै आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले दलित तथा मुस्लिमहरुको मागप्रति प्रदेश सरकार गम्भीर रहेको र सो माग सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । सरकारले ल्याएको प्रहरी ऐन अहिले समितिमा पठाइएको र त्यसमा रहेका त्रुटिहरु सुधार गर्दै अगाडि बढ्ने जानकारी दिए । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

पहिरोमा पुरिएर एकको मृत्यु, तीन घाइते

गएरातिदेखि परेको अबिरल वर्षाका कारण पर्वतको जलजला गाउँपालिका–८ लस्ती बेरनेटामा घर माथिबाट आएको पहिरोले...

“ १०० वर्ष पुरानो पुरातात्विक महत्वको मुर्ती सहित पक्राउ”

मिति २०७५ साउन १ गते प्राचिन पुरातात्विक महत्वको मुर्ति विक्रि वितरण हुँदैछ भन्ने विशेष खबर प्राप्त हुना साथ...

फरार चोर पक्राउ

विगत केही समयदेखि काठमाडौँं उपत्यकाभित्र चोरी कार्यमा संलग्न रहेको आरोपमा भक्तपुर चाँगुनारायण नगरपालिका–७...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

स्थानीय तहमा बैंकिङ पहुँचको सवाल

देशभरका सात सय ५३ स्थानीय तहमा जनप्रतिनिधिहरुको छनौटका लागि निर्वाचन सम्पन्न भई ती तहहरुमा स्थानीय सरकारले...
मनोरञ्जन / साहित्य अरु धेरै

चलचित्र ‘शत्रु गते’ युएईमा जुलाई १२ देखि प्रदर्शन हुने

सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रुू गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै