logo

कामै नगरी रकम निकासी सिफारिस दिने वडाध्यक्ष फन्दामा

प्रेम सुनार
बुटवल, असार २८
स्थानीय सरकार, जनता आफैंले चुनेका जनप्रनिधि भएपछि विगतमा जस्तो भ्रष्टाचार रोकिएला भन्ने अपेक्षा गरेका थिए । तर, गुल्मीको एक वडामा त्यसको ठीकविपरीत भ्रष्टाचारको चलखेल भएको छ । छत्रकोट गाउँपालिका वडा नम्बर ४ मा उपभोक्ता समितिका पदाधिकारी र वडाध्यक्षको मिलेमतोमा काम नै नभएको मोटरबाटोमा वडाध्यक्षले काम सम्पन्न भएको सिफारिस पठाई गाउँपालिकामा रकम निकासी गर्न जाने क्रममा भ्रष्टाचारको पोल खुलेको हो । त्यस वडा साविकको दिगाम गाविसस्थित नयाँपोखरादेखि सपौंदी गैरा हुँदै राधाकृष्ण मन्दिरसम्म करिब तीन सय मिटर सडक मर्मतका लागि गत वर्ष छत्रकोट गाउँपालिकाबाट ७३ हजार आठ सय ३७ रुपैयाँ ९३ पैसा विनियोजित भएको थियो । उक्त रकम निकाल्नका लागि त्यस वडाका वडाध्यक्ष डिलाराम न्यौपानेले काम नभएको आफैंले देखेर पनि सम्पन्न भएको सिफारिस गाउँपालिकालाई दिएको स्थानीयवासीले थाह पाएपछि गाउँपालिकामा आएर पोले खेलिदिएका हुन् । बल्ल  अनुमन गर्न बाध्य भए कर्मचारी :- स्थानीयले आएर त्यस गाउँपालिका कार्यालयमा भनेपछि प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीलगायतको टोली अनुमन गर्न जाँदा कामै नभएको स्पष्ट देखेका थिए । ‘स्थानीयले कामै नभएको कुरा हामीसँग आएर बताए’ पन्थीले भने,’ ‘अनुगन गर्न जाँदै नगरेकै पाइएपछि उक्त रकम रोक्का गरिएको छ ।’ उक्त मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष दीपक कँडेल र सचिव भुपालसिंह कँडेल समितिबाट अधिकार प्रत्योजन गरी रकम निकासी गर्न पुगेका थिए । किर्ते बैठक पुस्तिकामा उपस्थित नै भएका उपभोक्ताको नाम पनि किर्ते राखेर व्यापक छलफल गरी निम्न उपस्थितिममा विभिन्न निर्णय गरियो भनेर समितिका सीमित मानिसहरुले बन्द कोठामा लेखेर कैयौं योजनाहरुको रकम झ्याम्म पार्ने तत्कालीन जिल्ला विकास समिति र गाउँ विकास समितिमा मौलाएको संस्कृति हो । त्यही संस्कृतिलाई पछ्याउँदै गरिएको उक्त कार्यलाई स्थानीयले विरोध गरेका छन् । वडाध्यक्ष न्यौपानेको प्रतिक्रिया माग्न खोज्दा सम्पर्क हुन सकेन । गाउँपालिका प्रमुख मधुकृष्ण पन्तले फोन उठाएनन् । उपभोक्ता समितिका अध्यक्ष दीपक कँडेलसँग सम्पर्क राख्दा हामीले मात्र होइन अरुले पनि पुरानो ऋण तिर्न त्यसै गरेकोले आफूहरुले नि त्यसो गरेको बताए । उनले भने, ‘पोहोर साल मोटरबाटो खनेको सात आठ लाख ऋण थियो त्यही तिर्नका लागि काम नगरी रकम निकाल्न खोजेका हौं, तर धेरैले शत्रुता साँधेर भ्रष्टाचार गरे भनेर बदनाम गरेका हुन् ।’
त्यसविरुद्ध बोल्नेलाई हातपात :- उपभोक्ता समितिका अध्यक्ष कँडेलले मंगलबार श्रीङ्गा प्राथमिक स्वास्थ्य चौकीका एम्बुलेन्स चालक मोहन केसीलाई कार्यालय समय मै पुगेर हातपात गरेको प्रत्यक्षदर्शीले बताएका छन् । केसीले भने, ‘काम नै नभएको ठाउँमा काम भएको भन्दै रकम निकाल्न लागेपछि चर्चा परिचर्चा हुँदै त्यस बेला मलाई काँधमा हिर्काए लछारपछार गरे । भएको कुरा बोल्न पनि पाइँदैन र ?’ वडाध्यक्षदेखि गाउँपालिका प्रमुख, उपप्रमुखसहित तत्कालीन एमालले बहुमत जितेको गाउँपालिका हो त्यो । यसरी पोल खोल्ने स्थानीयवासी पनि जल्दा बल्दा तत्कालीन एमाले कार्यकर्ता भएको जानकारी प्राप्त भएको छ । नाम नबताउने शर्तमा एक जना कार्यकर्ताले भने नराम्रो काम गर्नेलाई आफ्ना नेता कार्यकर्ता भनेर जोगाइन्न । यस्ता अरु पनि गल्ती खोजिदै छ भण्डाफोर गर्नै पर्छ ।
वडाध्यक्षको राजीनामा माग :- दिगामका अधिकांश नेकपाका कार्यकर्ता सहित स्थानीय बासीन्दाले वडाध्यक्ष न्यौपानेको राजीनामा माग गरेका छन् । ‘भ्रष्टाचारलाई प्रश्रय दिने वडाध्यक्षले राजीनामा दिनैपर्छ, नत्र आन्दोलन गरिन्छ’ एक कार्यकर्ताले भने,’ ‘हेरौं नैतिकताको आधारमा उनैले राजीनामा दिन्छन् कि भन्ने लागेको छ ।’ यस जिल्लामा वडाध्यक्षको राजीनामा माग र यस्तो खालको भ्रष्टाचार स्थानीय तहको निर्वाचनपछिको यो पहिलो घटना हो । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

महिला संघले ७७ जिल्लामा आन्दोलन गर्ने

नेकपा अध्यक्ष केपी शर्मा ओलीले जघन्य अपराध बलात्कार र महिला हिंसा नियन्त्रणमा लिन नसकेको विरोधमा नेपाली...

नेकपाद्वारा भोलि ७ गते बन्द आह्वान

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्ना पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा...

जथाभावी फोहर फाल्नेलाई बढी कर लगाऊँ–मन्त्री पण्डित

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जथाभावी फोहर फाल्ने नागरिकको पहिचान गरेर...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

राजनीतिमा नमीठो घोच्ने काँडा हुन्छ

तिमी ऐना मेरो मुहारको र हेरिरहन्छु आफूलाई तिमीमा । कहिले अघाउदिनँ म आफ्नो मुहार हेरेर किनकि त्यहाँ तिम्रो विम्ब...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै