logo

सबै यातायात समिति कम्पनीमा रुपान्तरण गर्न प्रधानमन्त्रीको कडा निर्देशन

कुनै पनि रुपमा ‘सिन्डिकेट’को पुनरागमन हुँदैन : महासेठ

 काठमाण्डौं, असार २८
प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ आर्थिक वर्ष अर्थात् आउँदो साउन १ गतेअगाडि नै सार्वजनिक यातायातलाई कम्पनीमा रुपान्तरण गर्नेलगायतका आवश्यक कार्यहरु पूरा गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र सचिव मधुसुधन अधिकारीलाई कडा निर्देशन दिएका छन् । सार्वजनिक यातायात क्षेत्रका ‘सिन्डिकेट’को पूर्ण अन्त्य गर्न भौतिक मन्त्रालयले आनाकानी गरिरहेको र विभिन्न बस व्यवसायी समितिहरु नवीकरण हुनलागेको हल्ला चलिरहेको बेला बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सबै मन्त्री, सचिव र राष्ट्रिय योजना आयोगका पदाधिकारीसहितको बैठकमा प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री र सचिवलाई भने, ‘नेपालको यातायात क्षेत्रमा सिन्डिकेटको अन्त्य भइसकेको छ । सार्वजनिक यातायातलाई कम्पनीमा रुपान्तरण गर्नेलगायत आवश्यक कार्यहरु तत्काल सम्पन्न गर्नु ।’
प्रधानमन्त्री ओलीले चाबहिल, बौद्ध, जोरपाटी तथा कलंकी थानकोटलगायतका उपत्यकाका विभिन्न ठाउँको सडकमा देखिएका खाल्डाखुल्डी तत्काल पुरेर सडक सुधार गर्नसमेत निर्देशन दिएको प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । प्रधानमन्त्रीको निर्देशनपछि भौतिकमन्त्री रघुवीर महासेठले यातायात क्षेत्रको ‘सिन्डिकेट’ पूर्ण अन्त्य भइसकेको भन्दै कुनै पनि रुपमा यसको पुनरागमन नहुने प्रतिबद्धता व्यक्त गरे । उनले यातायात समितिहरुलाई कम्पनीमा रुपान्तरण गर्ने कार्य तत्काल सकिने र यातायातको दीर्घकालीन व्यवस्थापनको कार्य पनि यथाशीघ्र सम्पन्न गर्ने जानकारी दिएका थिए । साथै मन्त्री महासेठले काठमाडौंको सडकको सुधारको कार्य ५० दिनभित्रमै देखिने गरी पूरा हुने प्रतिबद्धतासमेत जनाएका छन् । यातायात समिति नवीकरण हुने जिल्ला प्रशासन कार्यालयहरु गृह मन्त्रालय मातहतमा छन् । गृहमन्त्री रामबहादुर थापाले समेत कुनै पनि यातायात समितिहरुको नवीकरण नगर्न यसअघि नै जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिइसकेका छन् । प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्ष २०७५/०७६ को बजेट कार्यान्वयनमा समेत गम्भीर चासो व्यक्त गर्दै छलफल गरेका थिए । प्रधामन्त्रीले सबै मन्त्रालयसँग बजेट कार्यान्वयनको लिखित प्रतिबद्धता लिएका छन् । सोमबार भएको छलफलमा प्रधामन्त्रीले सबै मन्त्रालयलाई बजेट कार्यान्वयनको लिखित प्रतिबद्धता ल्याउन निर्देशन दिएका थिए । सोही निर्देशनअनुसार बुधबार सबै मन्त्रालयले आगामी आर्थिक वर्ष २०७५/०७६ को बजेट कार्यान्वयनको लिखित प्रतिबद्धता प्रधानमन्त्रीसमक्ष पेस गरेका हुन् ।
टिप्पर सञ्चालनमा प्रतिबन्ध :- गृह मन्त्रालयले बिहान ५ बजेदेखि राति ८ बजे अगाडिसम्म काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा टिप्पर चलाउन नदिने व्यवस्था गर्न काठमाडौं, ललितपुर र भक्तपुर प्रशासन कार्यालय र ट्राफिक प्रहरीलाई निर्देशन दिएको छ । गृहको निर्देशनको कारण बिहान ५ बजेदेखि राति ८ बजेसम्म उपत्यकामा टिप्पर चल्न पाउने छैन । असार महिनामा उपत्यकामा एक सय आठवटा सवारी दुर्घटनामा ४० वटा टिप्परको कारण भएको देखिएपछि गृह मन्त्रालय टिप्परप्रति कडा बनेको हो । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

राष्ट्र वहस (२०७५) सम्पन्न

डिबेट नेटवर्क नेपालको आयोजनामा नेपाली भाषाको संरक्षण र प्रवर्द्धन गर्ने हेतुले तर्कसंगत बहस र वैचारिक...

युनिर्भसल डेन्टल सरगरमाथा म्युजिक अवार्ड २०७५ सम्पन्न

“नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवर्द्धन हाम्रो अभियान” भन्ने मुल नाराको साथ...

शान्ति समाजको २१औं राष्ट्रिय परिषद् बैठक बिराटनगरमा

शान्ति समाजको २१ औँ राष्ट्रिय परिषद् बैठक विराटनगरमा ३०० भन्दा बढीको सहभागिता हुने भएको छ । मानव अधिकार, शान्ति,...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

समृद्धिको सपना र साकार हुने आधारहरू

समृद्धि भनेको विकास वा उन्नति हो । सर्वसाधारण सबैले आफ्नो दैनिक जीवनमा अनुभव गर्न सक्ने सकारात्मक परिवर्तन नै...

दशैंको मोबाइल बजार

पछिल्लो समय नेपालमा स्मार्टफोनको क्रेज बढ्दो क्रममा रहेको छ । अहिले धेरैको प्राथमिकतामा स्मार्टफोन पर्न...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै