logo

मेगा बैंकमा सञ्चालक को हुने भन्ने विवाद उत्कर्षमा

अधिकांश ‘प्रोक्सी’ नक्कली, अध्यक्ष शाहकै अगाडि निर्वाचन अधिकृतमाथि हातपात

सुरेश राउत
काठमाण्डौं, असार २८
मेगा बैंकमा सातौं वार्षिक साधारणसभाको मिति नजिकिँदै गर्दा बैंकको नेतृत्व कसले गर्ने भन्ने विवाद उत्कर्षमा पुगेको छ । बैंकले असार २९ गते अर्थात् आगामी शुक्रबार सातौँवार्षिक साधारणसभागर्दै छ । उक्त सभाको प्रमुख एजेण्डा नै सञ्चालक समितिको निर्वाचन रहेको छ । बैंकले उक्त वार्षिक साधारणसभा सर्वसाधारण सेयरधनी समूहबाट तीन जना र संस्थापक सेयरधनी समूहबाट तीन जनाको लागि निर्वाचन गर्दै छ । उक्त निर्वाचनको लागि सर्वसाधारण समूहबाट नौ जनाले र संस्थापक सेयरधनी समूहबाट पाँच जनाले उम्मेदवारी दिएका छन् । यसरी उम्मेदवारी दिनेमध्ये हाल पनि बैंकको सञ्ञ्चालक समितिमा रहेका अध्यक्ष भोज बहादुर शाह, गोपाल खनाल र मदन कुमार आचार्यको एउटा गुट रहेको छ । उक्त गुटले साम,दाम, दण्ड र भेद सबै नीति अवलम्बन गरेर आगामी नेतृत्वमा पनि आफ्नो पक्षमा पार्ने कसरत गरिरहेको छ । यसको लागि यो समूहले बैंकको छाप र कम्पनी सचिवको हस्ताक्षर नै नभएको ‘प्रोक्सी’ समेत वितरण गर्दै आएको दाबी स्रोतले गरेको छ । ‘प्रोक्सी’मा समस्या देखिएपछि अधिकांश ठूला लगानीकर्ताहरुले निर्वाचनको मिति घोषणा भएदेखि नै वितरण गरेका‘प्रोक्सी’हरु बदर हुनुपर्ने आवाज समेत उठाउँदै आएका छन् ।
‘प्रोक्सी’ विवाद उत्कर्षमा रहेकै अवस्थामा ‘प्रोक्सी’ दर्ता गर्ने अन्तिम मिति यही असार २६ गते मंगलबार रहेको थियो । ‘प्रोक्सी’ दर्ताकै क्रममा मंगलबार मेगा बैंकभित्र नै निर्वाचन अधिकृत ईश्वरी प्रसाद भट्टराईमाथि धरपकड र गालीगलौज भएको छ । निर्वाचनमा बैंकमा वर्तमान अध्यक्ष शाह, सञ्चालकहरु गोपाल खनाल, मदनकुमार आचार्य र मुक्तिराम पाण्डेसहितको एउटा गुट रहेको छ । अर्कोे गुट भने बैंकका पूर्वसञ्चालक समेत रहेका इन्द्र बहादुर मल्ल ठकुरीको रहेकोछ । मंगलबार ‘प्रोक्सी’ दर्ता गर्ने क्रममा ठकुरी समूहका लगानीकर्ताहरुले निर्वाचन अधिकृतकै कार्यकक्षमा ‘प्रोक्सी’ फारम भर्ने तथा तथा तथा दर्ता गर्ने काम गरिरहेका थिए । यसो गर्दा उक्त कार्यकक्षमा अनावश्यक भीड भएपछि बाहिर गएर ‘प्रोक्सी’ भर्न आह्वान गरिएको थियो । सोही विषयमा ठकुरी समूहले आक्रोशित हुँदै यो मेरो बैंक हो, हामीले खडा गरेको बैंक हो भन्दै तल्लो तहको शब्द समेत प्रयोग गरी निर्वाचन अधिकृतमाथि हात हालेका थिए । सोही विषयमा निकै बेर विवाद भएपछि उक्त समूहले टेबल कुर्सीमा समेत लातले हानेका थिए । उक्त घटना बैंकका अध्यक्ष भोजबहादुर शाह र प्रमुख कार्यकारी अधिकृत अनुपमा खुंजेलीकै अगाडि भएको थियो तर त्यो घटनामा उनीहरु एक शब्द बोलेनन्, मूकदर्शक बनिरहे स्रोतले भनेको छ ।
सोही विषयमा बैंकका कम्पनी सचिव तुलसी पोखरेलले भने ‘प्रोक्सी’ दर्ताको क्रममा मंगलबार सामान्य विवाद भएपनि हात हालाहाल भने नभएको बताए । ‘प्रोक्सी’ दर्ताको क्रममा सामान्य भनाभन मात्र भएको भन्दै निर्वाचनका आफू संलग्न नभएकाले यसबारे आफूलाई धेरै जानकारी नभएको कम्पनी सचिवको पोखरेलको भनाइ थियो । ‘प्रोक्सी’ दर्ताको क्रममा तपाईंमाथि हातपात भयो नि भन्ने प्रश्नमा निर्वाचन अधिकृत भट्टराईले भने त्यस्तो केही नभएको बताएका छन् । साथीहरुले ‘प्रोक्सी’ दर्ता गरिरहेको र हस्ताक्षर ‘भेरिफाई’ गरिरहेको भन्दै बाहिर सुन्नमा आएजस्तो त्यस्तो केही नभएको बताएका छन् । यता केही लगानीकर्ताहरुले भने कतिपय ‘प्रोक्सी’ नै नक्कली भएको बताउँदै आएका छन् । जसले ‘प्रोक्सी’ नै उठाएका छैनन्, उसको नाउँमा ३५ लाखको ‘प्रोक्सी’ भएको, वर्तमान सञ्चालक मदन कुमार आचार्यको ‘प्रोक्सी’ नै नक्कली भएको आरोप पनि लगानीकर्ताहरुको रहेको छ । बलराम पन्त र बालकृष्ण सिवाकोटी सुरुदेखि नै बैंकमा प्रमोटरकोरुपमा रहेका छन् । उनीहरुले प्रमोटरकैरुपमा निर्वाचनमा भाग लिन राम्रो तयारी गरेका थिए, तर पछि उनीहरुलाई ‘पब्लिक’बाट सञ्चालक पदको लागि उठाइएको स्रोतले भनेको छ । उक्त स्रोतका अनुसार बैंकका वर्तमान अध्यक्ष शाहले भीम पन्तबाट पाँच लाख रुपैयाँको पब्लिक ‘प्रोक्सी’ दिएर २२ लाख रुपैयाँको प्रमोटर ‘प्रोक्सी’ लिएका छन् । कम्पनी सचिव पोखरेलले भने प्रोक्सीमा खासै विवाद नभएको र निर्वाचन निर्देशिकामा नै ‘प्रोक्सी’को ‘भेरिफाई’ निवार्चन अधिकृतले गर्ने उल्लेख रहेको बताए । ‘हस्ताक्षर ‘भेरिफाई’ गर्नको लागि भने बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल क्यापिटलका कर्मचारी साथीहरुले ल्यापटप आवश्यक डाटा एवं डिभाइससहित निर्वाचन अधिकृतसँगै हुनुहुन्छ’, कम्पनी सचिव पोखरेलले भने । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

राष्ट्र वहस (२०७५) सम्पन्न

डिबेट नेटवर्क नेपालको आयोजनामा नेपाली भाषाको संरक्षण र प्रवर्द्धन गर्ने हेतुले तर्कसंगत बहस र वैचारिक...

युनिर्भसल डेन्टल सरगरमाथा म्युजिक अवार्ड २०७५ सम्पन्न

“नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवर्द्धन हाम्रो अभियान” भन्ने मुल नाराको साथ...

शान्ति समाजको २१औं राष्ट्रिय परिषद् बैठक बिराटनगरमा

शान्ति समाजको २१ औँ राष्ट्रिय परिषद् बैठक विराटनगरमा ३०० भन्दा बढीको सहभागिता हुने भएको छ । मानव अधिकार, शान्ति,...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

समृद्धिको सपना र साकार हुने आधारहरू

समृद्धि भनेको विकास वा उन्नति हो । सर्वसाधारण सबैले आफ्नो दैनिक जीवनमा अनुभव गर्न सक्ने सकारात्मक परिवर्तन नै...

दशैंको मोबाइल बजार

पछिल्लो समय नेपालमा स्मार्टफोनको क्रेज बढ्दो क्रममा रहेको छ । अहिले धेरैको प्राथमिकतामा स्मार्टफोन पर्न...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै