logo

पत्रकार राना बचाऊ अभियान

बागलुङ, असार २७
‘ए–प्लाष्टिक एनेमिया’ रोगबाट ग्रसित यहाँका पत्रकार विजय रानाको उपचार सहयोगका लागि आर्थिक अभाव भएपछि उनका शुभेच्छुकले ‘पत्रकार विजय राना बचाउ अभियान’ थालेका छन् । काठमाडौँको सिभिल अस्पतालमा उपचाररत रानाको उपचारमा करीब रु १५ लाख खर्च लाग्ने जनाइएको छ । विभिन्न क्षेत्रबाट गरी हालसम्म रु पाँच लाख बढी रकम संकलन भएको छ । पत्रकार महासंघ बागलुङ शाखाले शुरु गरेको अभियानबाट रु दुई लाख उठेको शाखा अध्यक्ष दिल शिरीषले जानकारी दिए । महासंघका कोषाध्यक्षसमेत रहेका रानाको उपचार सहयोगार्थ शाखाले शुरुमा अभियान थालेको थियो । शाखामा रहेको पत्रकार कल्याणकारी कोषबाट समेत रु १० हजार सहयोग गरिएको अध्यक्ष शिरीषले बताए । प्रगतिशिल पत्रकार संघ, नेपाल विद्यार्थी संघलगायतका संस्थाले पनि सहयोग अभियान चलाएका छन् । हङ्कङ, जापान, बहराइनलगायतका देशमा पनि आर्थिक संकलन अभियान चलाइएको छ । हङ्कङमा हालसम्म रु एक लाख सहयोग उठेको अभियानकर्मी टीका रानाले जानकारी दिए । धेरै कम मानिसमा देखा पर्ने ‘ए–प्लाष्टिक एनेमिया’ शरीरले रगत उत्पादन नगर्ने रोगको उपचारमा एक/डेढ महिनाको समय लाग्ने जनाइएको छ । दुई साताअघि अस्पतालमा भर्ना भएका रानाको समस्या एक महिनाअघि निदान भएको थियो । अस्पतालका रक्तरोग तथा बोनम्यारो प्रत्यारोपण विशेषज्ञ डा विशेष पौडेलले रानाको उपचार गरिरहेका छन् । राना बागलुङबाट प्रकाशित परिसूचन साप्ताहिकको कार्यकारी सम्पादक हुन् । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

आगन्तुक चराको चहलपहल

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सिमसार क्षेत्रमा जाडो छल्न आगन्तुक चरा आउने क्रम शुरु भएको छ । सिमसार...

नेपालको चौतर्फी विकासमा जापानले सघाउने

जापानले नेपालको चौतर्फी विकासमा निरन्तर सघाउने आश्वासन दिएको छ । जापानको औपचारिक भ्रमणमा रहेका...

नेपालको चौतर्फी विकासमा जापानले सघाउने

जापानले नेपालको चौतर्फी विकासमा निरन्तर सघाउने आश्वासन दिएको छ । जापानको औपचारिक भ्रमणमा रहेका...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

वैदेशिक रोजगारी कहिलेसम्म ?

केपी ओली नेतृत्वको सरकारले आगामी पाँच वर्षभित्र नेपाली युवाले रोजगारको लागि भनेर विदेशिनुपर्ने अवस्थाको...
मनोरञ्जन / साहित्य अरु धेरै

घरबेटीविरुद्ध अनुगमन कहिले ?

नेपालको पुरा जनसख्ँयामध्ये आधाभन्दा बढी मानिस काठमाडौँ बस्छन् । आफ्नो गाँउठाँउ छोडेर शिक्षा, स्वास्थ्य र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै