logo

भारतीय पर्यटक भित्रयाउन ‘चलिए पोखरा’

पोखरा, असार २७
भारतीय पर्यटकलाई निम्तो बाँड्न पर्यटन व्यवसायी एवं सञ्चारकर्मीको टोली आज भारत प्रस्थान गरेको छ । पश्चिमाञ्चल होटल संघको आयोजना एवं नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराको प्रवद्र्धनमा भारतीय पर्यटकलाई निम्तो बाँड्न टोली भारत गएको हो । यस समयमा भारतका पटना, बनारस, लखनउलगायतका क्षेत्रमा अत्यधिक गर्मी हुने भएकाले भारतीय पर्यटकलाई अहिले पोखरा घुम्न उपयुक्त समय छ भन्ने सन्देश दिने मुख्य उद्देश्य रहेको पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकाल तुलाचनले जानकारी दिए । “पोखरा सबै मौसमका लागि घुम्न उपयुक्त छ, गर्मीको समयमा शीतल, स्वच्छ वातावरणसहित हिमाली एवं पहाडी दृष्यावलोकनका लागि आउनैपर्ने ठाउँ भएको कुरालाई प्रचारप्रसार गरिनेछ”, उनले भने, “विगत छ वर्षयता सञ्चालन गरिएको कार्यक्रमले भारतीय पर्यटक आउनेक्रममा वृद्धि भएको छ ।” पोखरा आउने भारतीय पर्यटक हिमाली दृष्यावलोकनका लागि लोभिने गरेको बताउँदै नेपाल पर्यटक बोर्ड प्रदेश कार्यालयका प्रमुख सूर्य थपलियाले पोखरा हुँदै धेरै भारतीय पर्यटक प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ पुग्ने गरेको बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालै भएको मुक्तिनाथ दर्शन भ्रमणसँगै यस क्षेत्रमा भारतीय पर्यटकको चाप बढेको पर्यटन व्यवसायी बताउँछन् । ‘चलीए पोखरा’ कार्यक्रमले पोखराको पर्यटनमा सकारात्मक प्रभाव पारेको बताउने पश्चिमाञ्चल होटल संघका निवर्तमान अध्यक्ष भरतराज पराजुली गर्मीको समयमा मात्र नभएर बाह्रै महिना भारतीय पर्यटक आउन भन्ने सोचका साथ कार्यक्रमलाई निरन्तरता दिएको बताउछन् । हालै पोखराको पर्यटकको अवस्थालाई दृष्टिगत गर्दा कूल विदेशी पर्यटकमध्ये ६० प्रतिशत भारतीय रहेको उनले जानकारी दिए । पाँचदिने भ्रमण कार्यक्रमका क्रममा लखनउ, पटना, वनारसलगायतका ठाउँमा पुगी त्यहाँका पर्यटन व्यवसायीसँग अन्तर्क्रिया गरिने होटल संघका सचिव गणेश पहारीले बताए । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

वर्षा र गर्मीमा लामखुट्टेबाट जोगिन विज्ञको सुझाव

वर्षा र गर्मीको मिश्रणले लामखुट्टेको प्रजनन वृद्धि हुने भएकाले लामखुट्टेबाट बच्न चिकित्सकले सुझाव दिएका छन् ।...

जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्छ : उपप्रधानमन्त्री पोखरेल

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले लोकतान्त्रिक मूल्य, मान्यता र विधिको शासनको प्रक्रियाबाट आएका...

तीन वर्ष ढिला गरी सम्पन्न भयो ढल्केबर सवस्टेशन

तोकिएको समयभन्दा करीब तीन वर्ष ढिला गरेर ढल्केबर सवस्टेशन निर्माण सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणले...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

नीति प्रभावकारिताका अवरोधहरु

भोगिएको समस्या समाधान गर्न वा आउने समस्याभन्दा माथि उठ्न नै नीति निर्माण गरिने हो । नीति कुनै प्राज्ञिक नभएर...
मनोरञ्जन / साहित्य अरु धेरै

चलचित्र ‘शत्रु गते’ युएईमा जुलाई १२ देखि प्रदर्शन हुने

सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रुू गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै