logo

पर्यटन फस्टाउन बन्द हडताल बन्द गरौं

निनाम कुलुड. 'मंगले'
वास्तवमै पर्वतारोहण पर्यटन नेपाली पर्यटन उद्योगको मेरुदण्ड र कमाइको राम्रो र दरिलो स्रोत वा भनौं आधार हो भन्दा नेपाली पर्यटन बुझेकाहरुले दुईमत राख्लान् ! हुन पनि विश्वका अधिकांश देशहरुले अन्य देशका पर्यटकलाई आफ्नो देशमा पर्वतारोहण पर्यटनमा आकर्षित गर्नका लागि कृतिम पर्वत, चट्टान, स्की स्पट आदि निर्माण गर्ने गरेको पाइन्छ । तर, हाम्रो देश नेपालमा भने अन्य देशका पर्यटकलाई पर्वतारोहण पर्यटनका लागि आकर्षित गर्न यसरी कृतिम पर्वत, चट्टान, स्की स्पट आदि निर्माण गरी रहन जरुरी छैन, जो हामीसँग प्राकृतिक रुपमै उपलब्ध छन् । हुन पनि नेपालमा हिमरेखाभन्दा माथिका हिमाल १७ सयभन्दा बढी रहेका छन् । यी हिमालमध्ये नेपाल सरकारले पटक–पटक गरेर लगभग चारसय वटा हिमाल पर्वतारोहणका लागि खुला गरेको छ । त्यसमध्ये नेपाल सरकारले ३३ वटा ससाना हिमाललाई ‘ट्रेकिङ पिकको’ रुपमा मान्यता दिएर नेपाल पर्वतारोहण संघलाई रेखदेख गर्ने, परमिटबापत शुल्क उठाउनेलगायतको जिम्मेवारी दिएर सुम्पेको छ । त्यस्तै पर्वतारोहणका लागि खुला गरिएका बाँकी हिमालहरु भने नेपाल सरकारको मातहतमा रहेको छ । भन्ने नै हो भने, नेपालका लागि हिमाल प्राकृतिक वरदान नै सावित भएको छ । त्यसमा पनि हालसम्म मान्यता पाएको विश्वका आठहजार मिटरभन्दा माथिका (अग्ला १४ वटा हिम शिखरमध्ये) आठ हजार आठ सय ४८ मिटर अग्लो सगरमाथा अर्थात् चोमोलुङमा (एभरेस्ट) नेपाल–चीन सीमाना, आठ हजार पाँच सय ८६ मिटर कञ्चनजङ्घा नेपाल–सिक्किम सीमाना, आठ हजार पाँच सय १६ मिटर ल्होत्चे, आठ हजार चार सय ६३ मिटर मकालु, आठ हजार दुई सय एक मिटर चोओ–यु, आठ हजार एक सय ६७ मिटर धौलागिरी, आठ हजार एक सय ६३–मनास्लु, आठ हजार ९१ मिटर अन्नपूर्ण प्रथम गरी आठवटा (६० प्रतिशत) नेपालमै छन् भने निकट भविष्यमै बाँकी छ वटा हिमालले पनि आठ हजार मिटरभन्दा माथि उचाइ भएको हिमालको रुपमा मान्यता पाउँदैछन् । संंयोगले ती छ वटै हिमालहरु नेपालमा रहेका छन् ।
त्यसैले सकेसम्म नेपाल आउने हरेक विदेशी पर्यटकलाई सम्भव नभए पनि धेरैभन्दा धेरै विदेशी पर्यटकहरुलाई नेपालको कुनै न कुनैै ट्रेकिङ पिक वा ठूला हिमाल आरोहणमा प्रोत्साहित गर्न सके नेपाल सरकार, नेपाली पर्यटन व्यवसायी, गाइड र मजदुरलगायतको आमदानी अरु बढ्न सक्ने थियो । तर, नेपाल सरकारको पर्यटन नीतिमा अझै पनि आवश्यक लचकता देखिँदैन । जस्तै पर्वतारोहीहरुले हिमाल आरोहण गरेबापत लाग्ने सलामी शुल्ककै कुरो गरौं । अरु देशको तुलनामा हाम्रो देशमा अझै पनि लगभग तीन /चार गुणा महँगो छ । साथमा अन्य अफिसियल कुराहरुमा हुने अन्यावश्यक झन्झटहरु त छँदैछन् । साथै बाँकी रहेका विश्वकै आठ हजार मिटर अग्लो छ वटा हिम शिखरहरु भएको देशहरु हुन्, चीन र पाकिस्तान । त्यसमा पनि उत्तरी छिमेकी देश चीनमा आठ हजार १३ मिटर अग्लो सिसा–पाङमा हिमाल रहेको छ भने, आठहजार मिटरभन्दा माथिको बाँकी पाँचवटा हिमालहरु पाकिस्तानमा रहेका छन् । ती हुन्, आठ हजार छ सय ११ मिटर अग्लो के–टु । आठ हजार एक सय २५ मिटर अग्लो नांगा पर्वत । आठ हजार ६८ मिटर अग्लो गसेर बु्रम–१ । आठ हजार ०५६ मिटर अग्लो ब्रोड पिक र आठ हजार ३४ मिटर अग्लो गासेर ब्रुम–२ ।
माथि उल्लिखित ती दुई देशमा पर्वतारोहीहरुले हिमाल चढ्दा लाग्ने शुल्क भने नेपालको दाँजोमा ज्यादै कम छ । त्यसैले नेपाल सरकारले पनि पर्वतारोहीहरुले नेपालको कुनै पनि (स–साना हिमालदेखि लिएर ठूला हिमाल) चढ्दा लाग्ने शुल्क घटाउने र अफिसियल झन्झटहरु हटाउनेतर्फ सोच्नै पर्ने देखिन्छ । त्यसो त पर्वतारोहीले हिमाल चढ्दा लाग्ने शुल्कको कुरो गर्दा नेपाल सरकारले नेपालको सुदूरपश्चिम क्षेत्रमा रहेका केही हिमाल निःशुल्क र केही हिमाल पचास प्रतिशतसम्म छुटमा चढ्नका लागि खुला गरेको धेरै वर्ष भइसकेको छ । तर, भगौलिक दूरता र यातायातको कठिनाइले गर्दा हिंँडेरै गएर चढेर फर्कँदा तीन–चार महिनाभन्दा पनि बढी समय लाग्न सक्ने भएकोले होला ! अहिलेको जस्तो हतारोको जमानामा विश्वका मै हुँ भन्ने पर्वतारोहीहरु समेत आकर्षित हुन सकेका छैनन् । भारेभुरे पर्वतारोहीको त कुरै नगरौं ! त्यसमाथि आर्थिकरुपमा ज्यादै खर्चिलो हुन्छ ‘पर्वतारोहण पर्यटन’ यहाँ शुल्कको कुरो गर्दा स्मरणीय कुरा के छ भने, नेपाल तर्फबाट विश्वकै अग्लो हिम शिखर सगरमाथा अर्थात् चोमोलुङमा चढ्न चाहने विदेशी पर्वतारोहीले प्रतिव्यक्ति प्रत्येक पटक नेपाल सरकारलाई १० हजार अमेरिकी डलर सलामी शुल्क तिर्न बाध्य छन् । तर, त्यही सगरमाथा अर्थात् चोमोलुङमा चीनतर्फबाट चढ्न चाहने पर्वतारोहीहरुले लगभग तीनहजार अमेरिकी डलर तिरे पुग्छ । जे होस्, २०६२/०६३ को परिवर्तनपछि नेपालमा छाएको स्थायी शान्ति ! पछि होटल, लजहरुलगायत पर्यटनसंँग सम्बन्धित अन्य संघ–संस्थाहरुको संख्या पनि बढ्दो र फस्टाउँदो क्रममा छन् । त्यसैले नेपालमा पर्वतारोहण पर्यटनको मात्रै नभएर समग्र पर्यटनको भविष्य उज्ज्वल देखिन्छ । तर, फेरि पनि आवश्यक प्रतिबद्धता आवश्यक छ, हामीलाई सरकारी काममा छिटो छरितोपनाको, पर्यटन व्यवसायीहरुमा लगनशीलता र इमानदारीपनको अनि नेपालका राजनैतिक दल तीनका नेता कार्यकर्ता, भातृ संघ–संस्थाहरु र, जातीय, भाषिक, धार्मिक, क्षेत्रीय तथा सामाजिक संघ–संस्थाहरुले पनि अब बेकारको नेपाल बन्द, आमहडताल आकस्मिकरुपमा चक्काजाम आदि इत्यादि नगर्ने प्रतिबद्धताको । किनभने नेपालको राजनैतिक इतिहासमा (खास गरी २०४६ को राजनैतिक परिवर्तनपछि) नेपालका राजनैतिक दल तीनका नेता कार्यकर्ता, भातृ संघ–संस्थाहरु र, जातीय, भाषिक, धार्मिक, क्षेत्रीय तथा सामाजिक संघ–संस्थाहरुले नेपाल बन्द, आमहडताल आकस्मिकरुपमा चक्का जाम आदि इत्यादि गरेर आफ्नो कुनै पनि माग पूरा गराएको तथ्य/प्रमाण छैन । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

राजनीतिमा नमीठो घोच्ने काँडा हुन्छ

तिमी ऐना मेरो मुहारको र हेरिरहन्छु आफूलाई तिमीमा । कहिले अघाउदिनँ म आफ्नो मुहार हेरेर किनकि त्यहाँ तिम्रो विम्ब...

बालबालिका र बालअधिकार

हाम्रो देशमा १६ वर्षसम्मका बालबालिकाहरू कुल संख्याको ३९ दशमलव आठ प्रतिशत र १० देखि १९ वर्ष समूहका बालबालिका तथा...

कृत्रिम गर्भाधान : गाईभैंसीको वंशाणुगत गुण सुधारको एक उपयोगी प्रविधि

दुग्ध व्यवसाय कुनै बेला समग्र कृषि पेसाको सहायकको रुपमा मानिन्थ्यो । तर आज समग्र पशुपालन साथै दुग्ध व्यवसाय...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

राजनीतिमा नमीठो घोच्ने काँडा हुन्छ

तिमी ऐना मेरो मुहारको र हेरिरहन्छु आफूलाई तिमीमा । कहिले अघाउदिनँ म आफ्नो मुहार हेरेर किनकि त्यहाँ तिम्रो विम्ब...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै