logo

बढ्दो जनसङ्ख्या सबैको लागि चुनौती

विश्वनाथ खरेल
विश्वमा देखा परेका प्रमुख समस्याहरुमा जनसङ्ख्या वृद्धि सबैभन्दा ठूलो समस्याका रुपमा रहेको छ । जनसङ्ख्या वृद्धिको कारणले जनसङ्ख्याको चाप हरेक क्षेत्रमा परिरहेको छ । जनसङ्ख्या समस्याबाट कुनै पनि मुलुक अछुतो छैन । प्राकृतिक स्वरुपलाई नष्ट गर्ने प्रमुख कारक तत्व जनसङ्ख्याको अत्यधिक चाप हो । सबैलाई प्रत्येक वर्ष पिरोल्ने समस्याको रुपमा जनसङ्ख्या वृद्धि नै हो । यसरी विश्वको जनसङ्ख्या सात अर्ब ६३ करोडभन्दा बढी नाघी सकेको अनुमान छ । विश्वमा प्रत्येक दुई सेकेण्डमा नौ जना शिशुको जन्म र सोही समयमा तीन जना शिशुको मृत्यु हुने सम्बन्धित विशेषज्ञहरुको अनुमान छ । प्रति दुई सेकेण्ड छ जना नयाँ शिशुको अनुहार थपिनाले प्रत्येक वर्ष विश्वमा सात करोड ६० लाखभन्दा बढी मानिसहरु थपिन्छन् । जनसङ्ख्याको प्रमुख बोझ विकासशील देशहरुमा परिरहेको छ । विकसित मुलुकहरुमा कुल जनसङ्ख्याको २० प्रतिशत र अविकसित मुलुकहरुमा ८० प्रतिशत जनसङ्ख्या बसोबास गर्दछन् । यसैगरी विश्वको कुल प्रजननदर दुई दशमलव ३८ प्रतिशत रहेको छ । विश्वको वार्षिक सरदर जनसङ्ख्या वृद्धिदर एक दशमलव ११ प्रतिशत मात्र रहेको भए पनि अविकसित देशहरुमा यसको वृद्धिदर दुई प्रतिशतभन्दा बढी भएको हुनाले सन् २०२५ मा आठ अर्ब १४ करोड १७ लाख र सन् २०५० मा नौ अर्ब ७२ करोड ५१ लाख मानिसको जमघट हुनेछ । यसमा सहरी क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या ४५ प्रतिशत रहेको छ । जनसङ्ख्या वृद्धिको कहालीलाग्दो चापले अल्पविकसित देशहरुको सामाजिक, आर्थिक तथा पर्यावरणीय क्षेत्रमा नराम्रो प्रभाव परिरहेको छ । विकासशील देशहरुको पङ्क्तिमा पर्ने हाम्रो देश नेपालमा भने जनसङ्ख्या वृद्धिको समस्या र यसबाट वातावरणमा परेको नकारात्मक असर अझै बढी देखिएको छ ।
नेपालको जनसङ्ख्या वृद्धिदर अझै अतिउच्च नै छ । मुलुकको जनसङ्ख्या वृद्धिदर तीव्रगतिमा वृद्धि हुँदै गएको विगतका जनगणनाबाट स्पष्ट हुन्छ । विसं. १९६८ सालदेखि नै नेपालमा जनगणना लिइएको भए पनि विसं. २००९/११ देखि लिइएका जनगणनालाई मात्र वैज्ञानिक तरिकाबाट लिइएको मानिन्छ । देशमा एघारौं जनगणना लिने कार्य विसं.२०६८मा भएको थियो । मुलुकमा एघारौं जनगणना २०६८ अनुसार नेपालको जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार पाँच सय चार पुगेको छ । यसमा महिलाको जनसङ्ख्या एक करोड ३६ लाख ४५ हजार चार सय ६३ अर्थात् कुल जनसङ्ख्याको ५१ दशमलव पाँच प्रतिशत पुगेको छ भने पुरुषको संख्या एक करोड २८ लाख ४९ हजार ४१ अर्थात् कुल जनसङ्ख्याको ४८ दशमलव पाँच प्रतिशतमा झरेको छ । यसलाई संख्यात्मक रुपमा हिसाब गर्ने हो भने पुरुषको दाँजोमा महिलाको झण्डै आठ लाख जनसङ्ख्या बढी देखिन्छ ।
पहिलो जनसङ्ख्या लिएको एक सय छ वर्षको अन्तरालमा सबैभन्दा कम वार्षिक वृद्धिदर विसं. १९७७ मा माइन्स शून्य दशमलव १२ प्रतिशत रहेको थियो भने सबैभन्दा ठूलो वार्षिक वृद्धिदर भने विसं.२०३८ सालको जनगणनामा दुई दशमलव ६२ प्रतिशतले जनसङ्ख्या वृद्धि भएको सम्बन्धित निकायले जनाएको छ । यसर्थ १९६८ तुलनामा जनसङ्ख्या १९७७ र १९८७ मा क्रमशः ६४ हजार नौ सय ६१ र एक लाख छ हजार एक सय ७५ ले जनसङ्ख्या घटेको छ भने विसं. १९९८, २००९/११, २०१८, २०२८, २०३८, २०४८, २०५८ र २०६८ मा भने क्रमशः ६४४९००, २६१७८७६, ९४१२९९६, ११५५५९८३, १५०२२८३९, १८४९१०९७, १७५१२६७४ र २०८५५७५५ जनसङ्ख्या वृद्धि भएको छ । त्यस्तै गरी प्रतिशतको आधारमा अध्ययन गर्ने हो भने १९६८ को तुलनामा १९७७ र १९८७ मा एक दशमलव १५ र एक दशमलव ८८ प्रतिशतले घटेको थियो भने १९९८, २००९/११, २०१८, २०२८, २०३८, २०४८, २०५८ र २०६८ मा भने क्रमशः ११ दशमलव ४४प्रतिशत, ४६ दशमलव ४३ प्रतिशत, ६६दमलव ९३ प्रतिशत, एक सय चार दशमलव ९४ प्रतिशत, एक सय ६६ दमलव ४२ प्रतिशत, दुई सय २७ दशमलव ९३ प्रतिशत, तीन सय १० दशमलव ५८ प्रतिशत र तीन सय ६९ दशमलव ८६ प्रतिशतले जनसङ्ख्या वृद्धि भएको स्पष्ट हुन्छ । समग्ररुपमा जनसङ्ख्याको वृद्धिदर घटे पनि तराई तथा सहरी क्षेत्रमा भने जनसङ्ख्या बढ्दो रुपमा रहेको छ । अतः जनसङ्ख्यालाई विश्लेषणात्मक रुपमा केलाउले हो भने राजधानीको जनसङ्ख्या बस्ती भने दिन दुई गुना रातचार गुणाले घना हुन पुगेको छ भने मनाङ भने सबै भन्दा कम जनसङ्ख्याको जिल्ला हुन पुगेको छ । जलविद्युत्मा ब्राजिल पछि हाम्रो देश भए पनि देशमा अझै पनि ठूलो जनसङ्ख्या विद्युतीय पहुँचभन्दा बाहिर रहेका छन् । त्यस्तैगरी शौचालय बनाउने चेतना हालसम्म धेरै मान भएको देखिएको छ । तर, मानिसहरुमा सूचनाको साधन पर्याप्त पुगेको छ । पेसागत हिसाबमा अझै ठूलो संख्या कृषिमा निर्भर रहेको देखिएको छ । देश निर्माणको आधारशिला नै सरकारी योजना हो । यसरी जनसङ्ख्याको अध्ययनले देशमा भावी योजना कार्यान्वयन गर्नको लागि सोचविचार गर्नुपर्ने हुन्छ । यी नै जनसङ्ख्याको आधारमा भोलि गएर देशको योजना बन्न पुग्छ । यसरी सरसर्ती जनसङ्ख्यालाई हेर्दा साक्षरता दरलाई शिक्षाको आधारमा रोजगारी सिर्जना गर्नुपर्ने हुन्छ । त्यसैले जनसङ्ख्याको परिणामलाई सरकारले गम्भीर अध्ययन गरेर नीतिनिर्माण गर्नु आवश्यक छ । सहरहरुमा मानिसको बसोबास बढी हुनुले कृषि उत्पादनमा ह्रास आएको छ भने त्यसलाई व्यवस्थित गर्न कृषि कलेजहरु गाउँ–गाउँमा खोल्नुपर्ने आजको जल्दोबल्दो आवश्यकता भइसकेको छ ।
अहिले मुलुकको जनसङ्ख्या दुई करोड ९२ लाखभन्दा बढी एकातिर भइसकेको छ भने अर्कोतिर वार्षिक जनसङ्ख्या वृद्धिदर एक दशमलव ३५प्रतिशत रहेको देखिएको छ । त्यस्तैगरी औसत आयुमा वृद्धि, शिशु मृत्युदर घटाउने प्रयत्नहरुमा प्राप्त सफलताले मृत्युदरमा कमी आए पनि कुल प्रजनन दर भने निकै लामो समयदेखि छ सन्तानप्रति आमाकै हाराहारीमा रहेकाले नै जनसङ्ख्या वृद्धिदर नियन्त्रण गर्ने प्रयासमा अपेक्षित सफलता प्राप्त हुन नसकेको हो । यही वृद्धिदर कायम रहेमा झन्डै ५२ वर्षभित्र नेपालको जनसङ्ख्या दोब्बर हुन जाने अनुमान छ । विसं. २०५८ सालको जनगणनामा नेपालको कुलजनसङ्ख्या दुई करोड ३१ लाख ५१ हजार चार सय २३ रहेको थियो । ०५८ सालको वार्षिक जनसङ्ख्यावृद्धिदर दुई दशमलव २५ प्रतिशत रहेको वृद्धिदर कायमै रहेको थियो सोही दर कामय रहेमा आगामी २९ वर्षमा अहिलेको जनसङ्ख्या दोब्बर पुग्ने अनुमान एकातिर छ भने अर्कोतिर दशवर्षमा वार्षिक जनसङ्ख्या वृद्धिदर दुई दशमलव २५ प्रतिशतबाट घटेर एक दशमलव ३५ प्रतिशत आउँदा माइनस शून्य दशमलव नौ प्रतिशतले घटेको छ । जसले गर्दा हालको जनसङ्ख्या वृद्धि कायम नै रहने हो भने अहिलेको जनसङ्ख्या दोब्बर हुन ५२ वर्ष लाग्ने देखिन्छ ।
अन्त्यमा भन्नुपर्दा सन् १९८७ को जुन ११ तारिकका दिन विश्वको जनसंख्या करिब पाँच अर्ब पुगेको अवसरमा भएको पपुलेसन सम्मीटले यस दिवस मनाउने घोषणा गरेको थियो । यस वर्षको मुख्य नाराको रुपमा ‘परिवार नियोजन, वयक्तिगत सशक्तीकरण र समृद्ध राष्ट्रका लागि’ भत्रे रहेको थियो । यसमा परिवार नियोजन भत्रे बित्तिकै थोरै सन्तान जन्माउने या जनसंख्या नियन्त्रण मात्र हैन, परिवारको चौतर्फी विकास अनि समृद्धिका लागि सोच्नपर्ने हरेक प्रकारका कुराहरु परिवार नियोजनभित्र रहन्छ भनेर बुझ्न जरुरी छ । अर्कोतर्फ अहिले पनि दुई करोडभन्दा धेरै महिलाहरुले गर्भनिरोधक साधनको सुरक्षित प्रयोग नगरेको तथ्यांक पनि छ । यस्ता कुराहरुमा हामी सबै अनि सरोकारवालाहरुको ध्यान जाओस् । यसरी मानव बस्तीमा थोरै बच्चाहरुको संख्याले समृद्धि जनाउन सक्दैन तर भएका बच्चाहरुको उचित स्याहार, सुसार, आहार अनि स्वास्थ्य दिन सक्नेगरी परिवारको योजना गर्नु बुद्धिमता मान्न सकिन्छ । अहिले विश्वका विकसितभन्दा विकसित मुलुकहरुमा जनसंख्या वृद्धि नकारात्मक बिन्दुमा पुगेकाले डरलाग्दो अवस्था छ । आजको विश्वको विकराल समस्याको रुपमा रहेको अत्यधिक जनसङ्ख्यालाई समयमै नियन्त्रण गर्नुपर्ने पहिलो प्राथमिकता रहेको छ । जनसङ्ख्या वृद्धि आज नेपालको मात्र नभएर विश्वको लागि ठूलो चिन्ताको विषय भएको छ । हाम्रो देशमा जनसङ्ख्या वृद्धिदर उच्च रहेकोले यसको व्यवस्थापन एउटा गम्भीर चुनौती बनेको छ । यसबाट एकातिर गरिबी, बेरोजगारी, अशिक्षाजस्ता समस्या थपिँदै गएका छन् । जसबाट प्रकृतिप्रदत्त वातावरणीय स्रोेतमाथि चाप पर्न गएको छ भने अर्कोतिर बढ्दो जनसंङ्ख्याको आवश्यकता पूर्ति गर्न सामाजिक र भौतिक पूर्वाधार तयार गर्नुपर्ने, शिक्षा र औद्योगिक तथा सहरी विकास गर्नुपर्ने अधिक खाद्यान्न आपूर्ति गर्नुपर्ने र अन्य थुप्रै विकासका कार्यहरुमा अतिरिक्त लगानी गर्नुपर्ने स्थिति एकातिर छ भने अर्कोतिर भोक, रोग, गरिबी र अशिक्षाविरुद्धमा जीवनस्तर सुधार गर्ने हाम्रा परिकल्पनाहरु साकार हुन नसक्नुमा जनसंख्या वृद्धिले प्रत्यक्ष असर परेको कुरालाई कसैले पनि नकार्न सक्दैन । यसरी बढी जनसंख्यालाई नियन्त्रण गर्नु सबैको चुनौतीपूर्ण कार्य हो । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

वैदेशिक रोजगारी कहिलेसम्म ?

केपी ओली नेतृत्वको सरकारले आगामी पाँच वर्षभित्र नेपाली युवाले रोजगारको लागि भनेर विदेशिनुपर्ने अवस्थाको...

कुखुरापालन व्यवसायको असफलताका कारण तथा तिनका समाधानका उपाय

प्रायः यस्तो देखिने गरेको छ कि जुन तीव्र गतिमा कुखुरा पालन फार्महरु स्थापना हुने गर्दछन् । त्यही गतिमा बन्द पनि...

विश्वमा को घुम्लान् चिनियाँ बराबर ?

केही वर्षअघि सञ्चारमाध्यममा आएको समाचारअनुसार अबको केही वर्षपछि नै संख्याको आधारमा चिनियाँ पर्यटक बराबर अरु...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

वैदेशिक रोजगारी कहिलेसम्म ?

केपी ओली नेतृत्वको सरकारले आगामी पाँच वर्षभित्र नेपाली युवाले रोजगारको लागि भनेर विदेशिनुपर्ने अवस्थाको...
मनोरञ्जन / साहित्य अरु धेरै

घरबेटीविरुद्ध अनुगमन कहिले ?

नेपालको पुरा जनसख्ँयामध्ये आधाभन्दा बढी मानिस काठमाडौँ बस्छन् । आफ्नो गाँउठाँउ छोडेर शिक्षा, स्वास्थ्य र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै