logo

अमेरिकी कर छल्न आफ्नो रुट परिवर्तन गर्दै युरोपियन कम्पनी

बेइजिड., असार २७
अमेरिकाले चीनबाट हुने आयातमा व्यापक कर बढाउने निर्णय गरेसँगै युरोपियन निर्यातकर्ताहरुले आफ्नो रुट परिवर्तन गर्ने निर्णय गरेका छन् । चीनमा रहेका युरोपियन कम्पनीहरुले करबाट बच्नका लागि आफ्नो निर्यात गर्ने क्षेत्र परिवर्तनको निर्णय गरेको हो । मंगलबार एक व्यावसायिक समुहले दिएको जानकारीअनुसार चीन–अमेरिकाको व्यापारयुद्धको संकेतको कारण यस किसिमको निर्णय आएको हो । 
चीनमा रहेको युरोपियन चेम्बर अफ कमर्सका अध्यक्षले अहिले आफ्नो निर्यातमा निर्भर रहेका केही कम्पनीहरुमा यस किसिमको निर्णय लागू हुने जानकारी दिएका छन् । उनका अनुसार यदि अमेरिका निर्यात हुने सामग्रीहरु छन् भने ती सबै अमेरिकामै निर्माण गरिनेछ । उनले चीनबाट अमेरिका निर्यात सामग्रीहरुको विषयमा अहिले अमेरिकामा बनाइएको एकाइले उत्पादन गर्ने पनि बताएका छन् । चीनमा अमेरिकाले विभिन्न ३४ अर्ब अमेरिकी डलरबराबरका सामग्रीहरुमा २५ प्रतिशतको कर बढाउने निर्णय गरेको छ । जसमा मेडिकलका उत्पादनहरु, विद्युतीय उत्पादनहरुका साथै अन्य केही वस्तुहरु रहेका छन् । अमेरिकाले प्रविधिको नीति तथा अन्य केही कारण देखाउँदै चीनका साथै युरोपियन कम्पनीहरुमा पनि कर बढाउने निर्णय गरेको छ । अमेरिकाको यो निर्णयको युरोपियन मुलुकहरुले चर्को आलोचना गरेका छन् । अहिले करमा गरिएको वृद्धिको निर्णय निकै खतरानक र निकै ठूलो अमेरिकी भूल रहेको युरोपियन तथा चिनियाँ अधिकारीहरुको भनाइ रहेको छ । अमेरिकाको तर्फबाट हेर्दा पनि यस किसिमको निर्णयमा धेरै किसिमको समस्याहरु देखिएको विश्लेषकहरुको भनाइ छ । सोमबार मात्र चिनियाँ र जर्मन कार निर्माता कम्पनी बीएएसएफ र भक्सवागनले २० अर्ब युरोबराबरको सम्झौता गरेका थिए । चिनियाँ प्रधानमन्त्रीको भ्रमणको क्रममा यस किसिमको सम्झौता गरिएको थियो । पछिल्लो समय वातावरण आपूर्तिको हिसाबमा चीनसँग नै आफ्नो सम्झौता विस्तारको दिशामा युरोपियन कम्पनीहरु अघि बढिरहेका छन् । यो मामिलामा अमेरिका कुनै पनि स्थानमा नछोइने भएको कारण यस किसिमको निष्कर्षमा युरोपियन कम्पनीहरु पुगेका हुन् । बीएकडब्ल्यूले दक्षिण कारोलिनामा रहेको स्पार्टनवर्गबाट आफ्ना कारहरु निर्यात गरिरहेको छ । यो प्लान्टमा १० हजार कर्मचारीहरुले काम गरिरहेका छन् । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

ब्लुमबर्गले दिए एक अर्ब ८० करोड डलर चन्दा

संयुक्तराज्य अमेरिकाको न्यूयोर्क सहरका पूर्वप्रमुख (मेयर) माइकल ब्लुमबर्गले आफूले पढेको जोन्स हप्किन्स...

खशोग्जी हत्याका टेप सुन्नै सकिन्न : राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी पत्रकार जमाल खशोग्जीको हत्याको श्रव्य टेपबारे आफूले नसुन्ने बताएका...

अफगान तालिबानसँग कतारमा वार्ता

अफगान तालिबानसँग अमेरिकी विशेषदूत जाल्मे खलिलजादले खाडी राष्ट्र कतारमा वार्ता गर्नुभएको तालिबानी अधिकारीले...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

वैदेशिक रोजगारी कहिलेसम्म ?

केपी ओली नेतृत्वको सरकारले आगामी पाँच वर्षभित्र नेपाली युवाले रोजगारको लागि भनेर विदेशिनुपर्ने अवस्थाको...
मनोरञ्जन / साहित्य अरु धेरै

घरबेटीविरुद्ध अनुगमन कहिले ?

नेपालको पुरा जनसख्ँयामध्ये आधाभन्दा बढी मानिस काठमाडौँ बस्छन् । आफ्नो गाँउठाँउ छोडेर शिक्षा, स्वास्थ्य र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै