logo

खाडी मुलुकहरुलाई चीनको २० अर्ब डलर ऋण

रियाद, असार २७
चीनले अरब मुलुकहरुलाई २० अर्ब अमेरिकी डलरबराबरको ऋण सहयोग प्रदान गर्ने भएको छ । आर्थिक विकासको लागि चीनले उक्त ऋण प्रदान गर्न लागेको हो । मंगलबार चिनिया राष्ट्रपति सि चिनफिङको मध्यपूर्वको भ्रमणको क्रममा यस्तो बताएका हुन् । पछिल्लो समय चीन मध्यपूर्व र अफ्रिकामा आफ्नो प्रभाव बलियो राख्ने योजनाका साथमा अघि बढिरहेको अवस्थामा चिनियाँ राष्ट्रपतिको तर्फबाट यस्तो निर्णय आएको हो । अहिलेको ऋणले यो क्षेत्रमा थप रोजगारीको अवसर सिर्जना हुने र सकारात्मक सामाजिक प्रभाव पर्ने चिनियाँ राष्ट्रपति सिले बताए । पछिल्लो समय मध्यपूर्वलाई आफ्नो पुनर्संरचना आवश्यक रहेको अवस्थामा यस किसिमको योजना निकै महत्वपूर्ण हुने सिको भनाइ रहेको थियो । यद्यपि यस विषयमा विस्तृत विवरण भने आउन बाँकी रहेको छ । चिनियाँ राष्ट्रपति सि ले अहिले ल्याइएको योजना आफ्नो आर्थिक पुनर्संरचना र औद्योगिक क्रान्तिको योजनाको एक भागको रुपमा रहेको बताए । सिले अहिले चीन थप एक अर्ब चिनियाँ युआनबराबरको रकम यो क्षेत्रका मुलुकहरुको क्षमता विस्तार तथा स्थायित्वको लागि खर्च गर्ने गरी प्रदान गर्ने सोचमा रहेको पनि स्पष्ट पारे ।
चीनले अहिले अघि सारेको योजना विशेषतः मध्यपूर्वको क्षेत्रमा आफ्नो निगरानी बढाउनको लागि हुनसक्ने विश्लेषकहरुको भनाइ रहको छ । विश्लेषकहरुका अनुसार सामान्यतया यस किसिमको योजना कुनै पनि मुलुकले उक्त क्षेत्रमा आफ्नो निगरानी बढाउनका लागि ल्याउने गरेकामा चीनको तर्फबाट पनि यस किसिमको योजना आएको हो । मध्यपूर्वमा र अफ्रिकामा आफ्नो प्रभाव विस्तार गर्ने योजनामा अहिले चीन अघि बढिरहेको छ । यस्तो अवस्थामा महत्वपूर्ण सुधारको कार्यक्रमहरु ल्याउँदै सो क्षेत्रको प्रभाव बढाउने योजनामा चीन रहेको देखिएको हो । यसअघि नै चीनले उल्लेख्य रकम अरब मुलुकहरुलाई प्रदान गरिसकेको छ । उसले अहिलेसम्म सो क्षेत्रका लागि एक अर्ब ३० करोड अमेरिकी डलरबराबरको रकम खर्च गरिसकेको छ । यो नतिजा अमेरिकामा रहेको चीन–अफ्रिका अनुसन्धान संस्थाले दिएको विवरण हो । गएको वर्ष श्रीलंका आफ्नो हाबन्टाटा बन्दरगाह चीनलाई सुम्पिनलाई बाध्य भएको थियो । चीनले दिएको ऋण तिर्न नसकेपछि श्रीलंकाको उक्त बन्दरगाह चीनको अधीनमा रहने भएको हो । चीन आफ्नो महत्वाकांक्षी योजना ‘बेल्ट एण्ड रोड’ इनिसिएटिभ पूरा गराउनको लागि कम्मर कसेर लागिपरेको छ । त्यसका लागि करिब १० खर्ब अमेरिकी डलरबराबरको रकम आवश्यक रहेको बताइएको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

अमेरिकालाई दिएको रोजगारीको वचनबाट पछि हटे ज्याक मा

अलिबाबा कम्पनीका संस्थापक ज्याक माले अमेरिकामा १० लाख रोजगारी सिर्जना गर्न नसकिने बताएका छन् । अनलाइन...

भक्सवागनले इरानको व्यापार रोक्ने

जर्मन कार निर्माता कम्पनी भक्सवागनले आफ्नो इरानको व्यापार बन्द गर्ने निर्णय गरेको छ । अमेरिकाले इरानमाथि...

अर्जेन्टिनाको अर्थतन्त्रमा ठूलो गिरावट

अर्जेन्टिनाको अर्थतन्त्रमा सन् २०१८ को दोस्रो त्रैमासिक अवधिमा वार्षिक हिसाबमा सन् २०१४ यताकै सबैभन्दा ठुलो...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

राजनीतिमा नमीठो घोच्ने काँडा हुन्छ

तिमी ऐना मेरो मुहारको र हेरिरहन्छु आफूलाई तिमीमा । कहिले अघाउदिनँ म आफ्नो मुहार हेरेर किनकि त्यहाँ तिम्रो विम्ब...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै