logo

रसियाको व्यापारनाफा बढ्यो

मस्को, असार २७
रसियाको व्यापारनाफा यस वर्षको सुरुवाती पाँच महिनाको अवधिमा उल्लेख्य सुधार आएको विवरण सार्वजनिक भएको छ । सुरुवाती पाँच महिनाको अवधिमा रसियाको व्यापारनाफा ८१ अर्ब ४० करोड अमेरिकी डलरमा रहेको देखिएको हो । सोमबार रसियाले भन्सार विभागले दिएको जानकारीअनुसार पछिल्लो समय रसिया आर्थिक हिसाबमा सुधारको क्रममा रहेको देखिएको हो । पछिल्लो समय आर्थिक हिसाबमा व्यापक मात्रामा कमजोर नतिजाहरु हासिल गरिरहेको मुलुकको लागि यस वर्षको सुरुवाती पाँच महिनाको लागि देखिएको विवरण भने निकै महत्वपूर्ण रहेको देखिएको हो । सोमबार रसियाको आधिकारिक विभागले सार्वजनिक गरेको विवरणअनुसार गएको जनवरी देखि मे महिनासम्मको अवधिमा रसियाको समग्र व्यापारको नतिजा दुई खर्ब ७३ अर्ब अमेरिकी डलरमा रहेको देखिएको हो । यो नतिजा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २३ दशमलव ३ प्रतिशतले सुधारको नतिजा हो । इन्धन तथा ऊर्जाका उत्पादनहरुले रसियाको समग्र निर्यातको ६३ दशमलव ९ प्रतिशतको हिस्सा ओगटेको पाइएको हो । रसियाको समग्र व्यापारको परिमाणको नतिजामा भने पाँच दशलमव २ प्रतिशतको वृद्धिदरको नतिजा हासिल भएको देखिएको छ । उक्त सामग्रीहरुको मूल्यमा भने २७ दशमलव ८ प्रतिशतको वृद्धि भएको देखिएको हो । पछिल्लो समय विश्व बजारमा तेलको मूल्यमा लगातारको वृद्धिदर हासिल भइरहेको अवस्थामा रसिया पनि आर्थिक हिसाबमा केही सबल रहेको देखिएको हो । पछिल्लो केही महिनायता रसियाको व्यापारिक क्षेत्रमा व्यापक मात्रामा सुधार आइरहेको देखिएको छ । पछिल्लो समय राजनीतिक हिसाबमा पनि विभिन्न किसिमका समस्याहरु आइरहेको कारण रसिया आर्थिक हिसाबमा समस्यामा रहेको छ । सन् २०१४ मा युक्रेनको भूमिमा आफ्नो आधिपत्य जमाएसँगै रसियामाथि अमेरिका तथा युरोपियन मुलुकहरुले लगाएको आर्थिक प्रतिबन्ध जारी रहेको छ । यस्तोमा रसियाले अघिल्लो वर्षयता भने आर्थिक हिसाबमा सुधारको नतिजा हासिल गरेको छ । (आर्थिक  दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

हुवावेले ल्यायो नोभा–३

चिनियाँ स्मार्टफोन निर्माता हुवावेको नयाँ उत्पादन नोभा ३ सार्वजनिक गरेको छ । विश्व बजारमा नोभा सिरिजका...

विवरणहरुको गलत प्रयोग गरेको भन्दै बेलायतमा फेसबुकलाई जरिवाना

बेलायतको विवरणहरुको सुरक्षा गर्ने जिम्मा लिएको आधिकारिक विभागले फेसबुकलाई विवरणहरुको गलत प्रयोग गरेको भन्दै...

अमेरिकामा जेटीईमाथिको प्रतिबन्ध हट्यो

अमेरिकामा चिनियाँ कम्पनी जेटीईमाथि लगाइएको प्रतिबन्ध हटेको छ । केही दिनअघि अस्थायीरुपमा प्रतिबन्ध हटाउने...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

नीति प्रभावकारिताका अवरोधहरु

भोगिएको समस्या समाधान गर्न वा आउने समस्याभन्दा माथि उठ्न नै नीति निर्माण गरिने हो । नीति कुनै प्राज्ञिक नभएर...
मनोरञ्जन / साहित्य अरु धेरै

चलचित्र ‘शत्रु गते’ युएईमा जुलाई १२ देखि प्रदर्शन हुने

सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रुू गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै