logo

ब्राजिलको अर्थतन्त्र कमजोर

रियो दि जेनेरियो, असार २७
ब्राजिलको आर्थिक बजार पछिल्लो समय पुनः गिरावटको क्रममा रहेको एक विवरणले देखाएको छ । यस वर्षको लागि ब्राजिलको आर्थिक वृद्धिदरको नतिजा एक दशमलव ५३ प्रतिशतमात्र रहेको देखिएको हो । यो नतिजा गएको जनवरी महिनामा तीन प्रतिशतमा रहने अनुमान गरिएकोमा यस वर्षको लागि सो नतिजा आधारभन्दा पनि केही कमजोर अवस्थामा रहनसक्ने देखिएको हो । ब्राजिलको केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणले पछिल्लो समय ब्राजिल आर्थिक हिसाबमा केही कमजोर बन्न पुगेको देखिएको हो । गएको साता यो नतिजा एक दशलमव ५५ प्रतिशतको हाराहारीमा रहने अनुमान गरिएको अवस्थामा एक सय आर्थिक विशेषज्ञ र आर्थिक विश्लेषकहरुको रायअनुसार यो नतिजा थप कमजोर रहनसक्ने अनुमान गरिएको हो । अहिले देखिएको नतिजाले ब्राजिलको आर्थिक वृद्धिदरको नतिजा लगाताररुपमा आठौं वर्षमा कमजोर अवस्थामा रहनसक्ने देखिएको हो । ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो आर्थिक क्षेत्रको रुपमा रहेको ब्राजिल पछिल्लो समय आशा गरिएभन्दा केही कमजोर आर्थिक सुधारको नतिजामा अघि बढिरहेको छ । सन् २०१५ र २०१६ को अवधिमा नकारात्मक वृद्धिदर हासिल भएकोमा त्यसयता भने केही सुधारको नतिजा हासिल भएको देखिएको हो । सन् २०१७ को समग्र अवधिमा ब्राजिलले एक प्रतिशतको आर्थिक वृद्धिदरको नतिजा हासिल गरेको थियो । अहिले सार्वजनिक गरिएको विवरणअनुसार सन् २०१९ को लागि गरिएको आर्थिक वृद्धिदरको नतिजा भने समान किसिमको रहेको देखिएको छ । यसअघि आगामी वर्षको लागि दुई दशमलव ५ प्रतिशतमा रहने अनुमान गरिएको हो । ब्राजिलको व्याजदरको नतिजा छ दशमलव ५ प्रतिशतमा रहेको छ । यो नतिजा उसको लागि अहिलेसम्मकै सबैभन्दा कमजोर व्याजदरको नतिजा हो । यस वर्षको लागि यो नतिजा स्थिर रहने अनुमान गरिएको छ । यद्यपि आगामी वर्षको लागि भने यो नतिजा आठ प्रतिशतमा पुग्नसक्ने बताइएको छ । विश्लेषकहरुका अनुसार ब्राजिलको व्यापारनाफाको नतिजा पनि पाँच करोड ७८ लाख अमेरिकी डलरमा पुग्नसक्ने बताइएको छ । यो नतिजा अघिल्लो साता गरिएको पाँच करोड ८२ लाख डलरको तुलनामा भने केही कमजोर नतिजा हो । गत वर्षको व्यापारनाफाको नतिजा चार करोड ९५ लाख डलर रहेको थियो । अघिल्लो वर्षको लागि चार करोड ९७ लाखको व्यापारनाफा रहने बताइएको भए पनि सो नतिजा केही कमजोर रहेको पाइएको हो । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

ईयू र जापानबीच अहिलेसम्मकै ठूलो व्यापारिक सम्झौता

युरोपियन युनियन (ईयू) र जापानको बीचमा अहिलेसम्मकै सबैभन्दा ठूलो स्वतन्त्र व्यापार सम्झौता भएको छ । विश्वको करिब...

तेलको मूल्यमा निरन्तर गिरावट

तेलको मूल्यमा बुधबारको बजारमा पनि गिरावट आएको छ । अमेरिकाको उत्पादन तथा आपूर्तिमा वृद्धि तथा मागको नतिजा केही...

एस१० ल्याउने तयारीमा सामसुङ

दक्षिण कोरियन स्मार्टफोन निर्माता कम्पनी सामसुङले आगामी वर्ष आफ्नो एस सेरिजको १० औं संस्करण विश्व बजारमा...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

‘के काठमाडौं उपत्यका मृत्युको कुवा हो ?’

अहिले वर्षा महिनामा काठमाडौं यति दुर्गन्धित भएको छ कि यहाँ गाउँको मान्छे आयो भने तत्काल रुघाखोकीले समात्छ ।...
मनोरञ्जन / साहित्य अरु धेरै

चलचित्र ‘शत्रु गते’ युएईमा जुलाई १२ देखि प्रदर्शन हुने

सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रुू गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै