logo

ज्योति विकास बैंकको नयाँ शाखा मोरङको खोर्सानेमा

काठमाण्डौं, असार २७
ज्योति विकास बैंकले मोरङको खोर्सानेमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । सुन्दर हरैचा नगरपालिका वडा नं १२ मा रहेको उक्त शाखा औपचारिकरुपमा प्रमुख अथिति सुन्दर हरैचा नगरपालिकाका मेयर शिवप्रसाद ढकाल तथा बैंकका सञ्चालक छत्रमान श्रेष्ठद्वारा एक कार्यक्रमका बीच सोमबार उक्त शाखाको उद्घाटन गरेका हुुन् । सो अवसरमा सुन्दर हरैचा नगरपालिकाका मेयर शिवप्रसाद ढकालले आफ्नो नगरपालिकामा खुलेको बैंकले सरल र सुलभ बैंकिङ सेवा प्रदान गर्नेमा आफू विश्वस्त रहेको बताउँदै बैंकको प्रगतिको कामना गरेका छन् । साथै बैंकका सञ्चालक छत्रमान श्रेष्ठले ज्योति विकास बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा खोर्सानेमा शाखा खोलेको बताउँदै ज्योति विकास बैंकमार्फत कारोबार गरी सहयोग गर्न अनुरोध गरेका छन् । हाल बैंकले ५७ वटा शाखा कार्यालय तथा १८ वटा एटीएममार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ भने यसै आर्थिक वर्षभित्र थप तीन वटा नयाँ शाखा तथा थप चार स्थानमा एटीएम सञ्चालनमा ल्याउने प्रक्रियामा रहेको छ । हालसम्म बैंकले एक लाख ५० हजारभन्दा बढी खाताबाट १७ अर्ब ८६ करोड निक्षेप सङ्कलन गरी १० हजारभन्दा बढी ऋणीमार्फत १५ अर्ब १५ करोड ऋण लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्ता पुँजी दुई अर्ब ५९ करोड कायम रहेको छ । (आर्थिक  दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

स्वावलम्बन लघुवित्तको व्यवस्थापन तालिम

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिले सहायक कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तीन दिने...

कुमरोजमा ग्लोबल आईएमई बैंकको शाखारहित सेवा

ग्लोबल आईएमई बैंकले चितवनको खैरहानी नगरपालिका वडा नम्बर १२ कुमरोजमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको...

सेयर बजार पुुनः ओरालो लाग्यो

सेयर बजार पुुनः ओरालो लागेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार सूचक तीन दशमलव ७४ अंकले ओरालो लागेर...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

राजनीतिमा नमीठो घोच्ने काँडा हुन्छ

तिमी ऐना मेरो मुहारको र हेरिरहन्छु आफूलाई तिमीमा । कहिले अघाउदिनँ म आफ्नो मुहार हेरेर किनकि त्यहाँ तिम्रो विम्ब...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै