logo

सेयरमा सामान्य गिरावट

एक सय ६० वटा कम्पनीहरुको २८ करोड ७९ लाखको सेयर किनबेच

काठमाण्डौं, असार २७
साताको तेस्रो कारोबार दिन मंगलबार सेयर सामान्य अंकले घटेको छ । मंगलबार सयरे शून्य दशमलव पाँच अंकले घटेर १२ सय पाँच दशमलव ९३ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने नेप्से सेन्सिटिभ भने शून्य दशमलव १३ अंकले बढेर दुुई सय ५४ दशमलव छ अंकमा चढेकोे छ । मंगलबार कुुल एक सय ६० कम्पनीहरुको कारोबार भएको छ । जसअनुसार चार हजार चार सय ९३ वटा कारोबारमा आठ लाख ७६ हजार छ सय ११ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम २८ करोड ७९ लख ७४ हजार चार सय ३१ रुपैयाँ पुुगेको छ ।
मंगलबार नौ वटा समूहको कारोबार भएकोमा तीन वटा समूहको सूचक बढेका छन् भनेछ वटा समूहको सूचक घटेका छन् । वाणिज्य बैंक समूहको सूचक एक दशमलव ४५ अंकले बढेर एक हजार २१ दशमलव ८५ अंकमा चढ्दा १० करोड ४० लाख एक हजार रुपैयाँको सेयर किनबेच भएको छ । फाइनान्स समूहको सूचक शून्य दशमलव सात अंकले बढेर छ सय सात दशमलव ७० अंकमा चढ्दा १६ लाख २६ हजार २० रुपैयाँको सेयर किनबेच भएको छ । यसैगरी बीमा समूहको सूचक पनि पाँच दशमलव तीन अंकले बढेर छ हजार एक सय १५ दशमलव ७२ अंंकमा चढ्दा पाँच करोड २८ लाख १२ हजार चार सय रुपैयाँको सेयर किनबेच भएको छ । मंगलबार विकास बैंक समूहको सूचक भने शून्य दशमलव ४७ अंकले घटेर १४ सय १७ दशमलव ६५ अंकमा झरेकोमा एक करोड २९ लाख २६ हजार सात सय रुपैयाँको सेयर किनबेच भएको छ । जलविद्युुत् समूहको सूचक पनि दुुई दशमलव १५ अंकले घटेर १४ सय ५६ दशमलव १२ अंकमा झरेकोमा एक करोड २४ लाख ८८ हजार चार सय रुपैयाँको सेयर किनबेच भएको छ । यसैगरी लघुवित्त समूहको सूचक पनि शून्य दशमलव ५३ अंंकले १५ सय ९५ दशमलव ५२ अंकमा झरेकोमा पाँच करोड १२ लाख ७३ हजार पाँच सय रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक होटल, उत्पादनमूलक र अन्य समूहको कारोबार सूचक पनि क्रमशः एक दशमलव ४१, ७० दशमलव ५२ र एक दशमलव ९९ अंंकले गिरावट आएको छ ।
मंगलबार बढी कमाउने कम्पनीको सूचीमा परेको वरुण हाइड्रो पावर कम्पनीका प्रतिकित्ता सेयर मूल्य सात रुपैयाँ ४३ पैसाले बढेर एक सय ५९ रुपैयाँमा खरिदबिक्री भएको छ । दोस्रो स्थानमा परेको हाथ्वे फाइनान्सको प्रतिकित्ता सेयर मूल्य पाँच रुपैयाँ ५१ पैसाले बढेर एक सय ३४ रुपैयाँमा कारोबार भएको छ । यीबाहेक समता माइक्रोफाइनान्स, युनाइटेड फाइनान्स, काबेली विकास बैंक आदिको सेयर मूल्य नि घटेका छन् । बढी गुुमाउने कम्पनीको सूचीमा परेको वेष्टर्न डेभलपमेन्ट बैंकको प्रतिकित्ता सेयर मूल्य नौ रुपैयाँ ७६ पैसाले घटेर दुुई सय ३१ रुपैयाँमा खरिदबिक्री भएको छ । यसैगरी कन्काई विकास बैंक, लक्ष्मी लघुवित्त वित्तीय संस्था आदिको सेयर मूल्य पनि घटेका छन् । मंगलबार रकम कारोबारका आधारमा अग्रस्थानमा परेको कृषि विकास बैंकको प्रतिकित्ता तीन सय १३ रुपैयाँ अन्तिम मूल्यमा एक करोड ४८ लाख एक हजार दुुई सय ८८ रुपैयाँको सेयर खरिदबिक्री भएको छ । यसैगरी नेपाल दूरसञ्चार कम्पनीको पनि प्रतिकित्ता सात सय १० रुपैयाँ अन्तिम मूल्यमा एक करोड १६ लाख ४१ हजार सात सय ५० रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।             (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र कैलाश बिकास बैंक बीच बैङ्कासुरेन्स सम्झौता

जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.( जिआईसि नेपाल) र कैलाश बिकास बैंकबिच बैङ्कासुरेन्स सेवा प्रदान गर्ने...

सहयोगी विकास बैंकले महिन्द्रा ब्राण्डको तीन चक्के सवारीमा लगानी गर्ने

सहयोगी विकास बैंक लिमिटेडले महिन्द्रा ब्राण्डको तीन चक्के टेम्पु (सवारी साधन) मा लगानी गर्ने भएको छ । सो...

राष्ट्रिय वाणिज्य बैंकद्वारा मुस्कान सेवा नेपाललाई आर्थिक सहयोग

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो मुुस्कान सेवा नेपाललाई आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

वैदेशिक रोजगारी कहिलेसम्म ?

केपी ओली नेतृत्वको सरकारले आगामी पाँच वर्षभित्र नेपाली युवाले रोजगारको लागि भनेर विदेशिनुपर्ने अवस्थाको...
मनोरञ्जन / साहित्य अरु धेरै

घरबेटीविरुद्ध अनुगमन कहिले ?

नेपालको पुरा जनसख्ँयामध्ये आधाभन्दा बढी मानिस काठमाडौँ बस्छन् । आफ्नो गाँउठाँउ छोडेर शिक्षा, स्वास्थ्य र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै