logo

सुन तस्कर नै विमानस्थलमा भवन बनाउदै

काठमाडौं असार २७
साढे ३३ किलो सुन तस्करी प्रकरणमा संलग्न व्यक्तिलाई नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आफ्नो हाताभित्र भवन बनाउन ठेक्का दिएको खुलेको छ । विमानस्थलले अन्तर्राष्ट्रिय उडानतर्फको आवागमनमा बनाइरहेको व्यापारिक भवनको निर्माण र व्यवस्थापन सुन तस्करमा संलग्नलाई नै दिएको खुलेको हो ।

भारतीय व्यापारी विमल पोद्दारको कम्पनी रसुवा केडी ज्वाइन्ट भेन्चरलाई ०६९ सालमै दिएको हो । पोद्दारसहित आइएमएस ग्रुपका अध्यक्ष दीपक मल्होत्रा र नेपाली कांग्रेसका सांसद मोहन आचार्य मिलेर सो ठेक्का हात पारेका हुन् । पोद्दार डिल्लीबजारस्थित सिल्भर सिटी अर्पाटमेन्टका मालिकसमेत हुन् । तिनै पोद्दारलाई साढे ३३ किलो सुन र सनम शाक्य हत्याकाण्डका बारेमा छानबिन गर्न गठित ‘विशेष अनुसन्धान टोली’ ले असार ५ गते राजधानीबाट पक्राउ गरेको थियो ।

तस्करी गिरोहसँग उनको संलग्नता खुलेपछि टोलीले उनीविरुद्ध पनि संगठित अपराध मुद्दा चलाउन मोरङ पठाएको छ । उनिहरू विगत लामो समयदेखी सुन तस्करी र अवैध रकम कारोबार ९हुण्डी० मा संलग्न रहेको समितिले भेट्टाएपछि जिल्ला प्रहरी कार्यालय मोरङ पठाएको छ ।

सो कम्पनीले तत्कालीन अवस्थामा राजनीतिक प्रभावमा पारेर निक्कै सस्तोमा सो ठेक्का हात पारेको विमानस्थलमै कार्यरत कर्मचारी बताउँछन् । ०६७ भदौ ७ गते दर्ता नम्बर २०६७—७५४७२ रहेको सो कम्पनीले रियल स्टेट र भाडासम्बन्धी काम सञ्चालन गर्ने गरी अनुमति पाएको छ । पक्राउ परेका पोद्दारले बयानका क्रममा विमानस्थल कार्यालयमा सेटिङ मिलाएर ठेक्का हात पारेको बयान दिएका छन् ।

अवैध कारोबार र सुनकाण्डमा संलग्न रहेको बयान दिइसकेको अवस्थामा उनको यो बयानपछि विमानस्थलकै भवनको जिम्मा पाउनुमा ठूलै शंका गर्ने ठाउँ रहेको प्रहरीका एक उच्च अधिकारीले जानकारी दिए । सुन तस्करीमा विमानस्थलमा कार्यरत पुरानो समुह पनि संलग्न भएको हुन सक्ने आशंका जन्मिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन क्षेत्रका लागि पोद्दारको समूहलाई ५० रोपनी जग्गा ३० वर्षका लागि भाडामा दिइएको थियो । उक्त निर्णयबाट विमानस्थलको सुरक्षामा झनै खतरा बढेको प्रहरी अधिकारी र छानबिन समितिका सदस्यहरू बताउँछन् । सो कम्पनीले विमानस्थलसग वार्षिक करिब साढे सात करोड बुझाउने, भाडाको पाच प्रतिशत दिने र प्रत्येक पाँच वर्षमा भाडा पाँच प्रतिशत बढाउने गरी सहमति गरेको छ । यद्यपि, विमास्थलले कम्पनीमा आफूहरूले चिनेको र व्यक्ति को हुन् भन्नेबारेमा जानकारी नभएको बताएको छ ।

त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजेन्द्रकुमार क्षेत्रीले आफू आउनुभन्दा अगाडि नै सो सम्झौता भएकाले यस विषयमा आफूलाई धेरै थाहा नभएको प्रक्रिया दिए । यद्यपि उनले पोद्दारको समूहले त्यसमा काम गरिरहेको भन्ने बारेमा केही समयअघि थाहा पाएको बताए । ठेक्का लिएर काम गरिरहेका कांग्रेसका सांसद आर्चायले भने अहिले आफू सो समूहमा आबद्ध नभएको छोटो प्रतिक्रिया दिएका छन् । तर, स्रोतका अनुसार उनी अझै पनि सो समूहमा आबद्ध रहेर काम गरिरहेका छन् । रसुवाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद आचार्य निर्माण व्यवसायी पनि हुन । पोद्दार पक्राउ परेपछि विवादमा आउने डरले उनले आफू संलग्न नभएको बताएको हुन सक्ने स्रोतले जानकारी दिएको छ ।

सम्झौताअनुसार भुईंतल्ला र अन्डरग्राउन्डमा पाँचसय वटा चारपांग्रे गाडी अट्ने गरी बनाउने भवनको बाँकी ६० हजार स्क्वायर फिटमा विभिन्न कम्पनीका कार्यालय खोलिने छन् । सो कम्पनीका अनुसार भवनमा कार्गो, कुरियर सर्भिस, एयरलाइन्स, ट्राभल एजेन्सी, मनी एक्सचेन्ज र म्यानपावर कम्पनीका सम्पर्क कार्यालय रहनेछन् । अहिले अन्तर्राष्ट्रियतर्फको भवनमा करिब २०० सय गाडी पार्किङ गर्ने मात्र ठाउँ रहेको र सो साघुँरो हुँदै गएकाले नयाँ भवन बनाउने भन्दै विमानस्थलले ठेक्का सम्झौता गरेको थियो । सौर्य दैनिकबाट

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

‘फर्निचरमा देशलाई आत्मनिर्भर बनाउन सरकारले सहयोग गरेन’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाली फर्निचर तथा फर्निसिङ उद्योगलाई थप सहुलियत दिएर...

‘विश्व रोबट ओलम्पियाड’मा सहभागी गराउन रोबटिक्स प्रतियोगिता

नेपाल पुलिस स्कुल र युनिग्लोब कलेजबाट पहिलोपटक विश्व रोबट ओलम्पियाडमा सहभागी हुने विद्यार्थीहरूलाई विज्ञान...

महाअभियोगको सामना गर्छु राजीनामा दिन्न ः जोशी

सत्तारुढ दल नेकपाले न्यायाधीश दीपकराज जोशीलाई महाअभियोगको प्रस्ताव ल्याउने तयारी गरेको छ । सो प्रस्तावका लागि...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

राजनीतिमा नमीठो घोच्ने काँडा हुन्छ

तिमी ऐना मेरो मुहारको र हेरिरहन्छु आफूलाई तिमीमा । कहिले अघाउदिनँ म आफ्नो मुहार हेरेर किनकि त्यहाँ तिम्रो विम्ब...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै