logo

अध्यक्ष र मेसुको विवादले अञ्चल अस्पताल अलपत्र

बुटवल, असार २७
लुम्बिनी अञ्चल अस्पताल बुटवलको आन्तरिक विकासको लागि पटक–पटक अस्पताल विकास समितिको अध्यक्ष र मेडिकल सुपरिन्टेन्डेन्टको आन्तरिक रुपमा देखिएको मतभेद सतहमा आएको छ । खुला रुपमा मेसु र अध्यक्षबीच गालीगलौज तथा हैसियतको विषयमा विवाद देखा परेपछि अस्पतालको आन्तरिक विकासमा समेत बाधा परेको छ । गत जेठ २७ गतेदेखि १ महिनाको लागि खुला गरिएको सटर भाडामा दिनेसम्बन्धी बोलपत्र आह्वान स्वास्थ्य तथा जनसंख्यामन्त्रीको निजी सचिवले पठाएको पत्रको आधारमा व्यावसायिक सटरहरुको टेण्डरसम्बन्धी प्रक्रिया अर्काे सूचना प्रकाशित नभएसम्मको लागि स्थगित गरिएको सूचना अध्यक्षलाई जानकारी नगराई प्रकाशित गरी प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. कृष्ण प्रसाद खनालले प्रकाशन गरेर टेण्डर रद्द गराएको प्रति खरो उत्रिएका विकास समितिका अध्यक्ष रमेश खनालले मेसुले आफ्नो हैसियत देखाएको आरोप लगाए । मेसुले अस्पताल विकासको लागि भूमिका नखेलेको भन्दै अध्यक्षले सल्लाहविनै टेण्डर प्रक्रिया रोक्नु दुर्भाग्यपूर्ण रहेको बताए ।
के हो विवाद ? - असार २५ गते दिउसो १ः५० बजे चलानी नं. १०६–०७४/०७५ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रीको निजी सचिवालय काठमाडौंदेखि निजी सचिव भवनाथ खतिवडाको हस्ताक्षरित पत्र अञ्चल अस्पतालमा आइपुग्यो । देश प्रादेशिक संरचनामा अगाडि बढिरहेको अवस्थामा अञ्चल अस्पताल सञ्चालन गर्ने, सेवाहरु थप गर्ने र आधिकारिक सेवा प्रवाह गर्ने दायित्व समेत सम्बन्धित प्रदेश सरकारलाई स्वतः जाने हुँदा हाल प्रक्रियामा रहेको व्यावसायिक सटरहरुको टेण्डरको टुङ्गो पनि प्रदेश सरकारबाट नै लगाउनुहुन निर्देशनसहित पत्र आएको २० मिनेटको अन्तरालमा प्रमुख मेडिकल सुपरिनटेण्डेन्ट डा. कृष्ण खनालले सूचना प्रकाशन गरी सटरहरुको टेण्डर प्रक्रिया प्रदेश सरकारले टुङ्गो लगाउने भन्दै निर्देशन आएकोले रद्द गरिएको जानकारी गराएर अस्पतालबाट गाएप भए । उनी सम्पर्कमा समेत नआएपछि अस्पताल विकास समितिका अध्यक्ष रमेश खनालले पत्रकार सम्मेलनको आयोजना गरी मेसुले समन्वय नगरेको भन्दै मेसु मनपरी चल्ने गरेको गुनासोसहित विवाद सामुन्ने ल्याएका हुन् । नेपाली कांग्रेसका नेता गगनकुमार थापानिकट मानिने अध्यक्ष खनाल स्वास्थ्यमन्त्री थापा भएको बेलामा मन्त्रिपरिषद्को निर्णयबाट नियुक्ति लिएका हुन् भने प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट कृष्ण खनाल तत्कालीन नेकपा (माओवादी) केन्द्रनिकट मानिन्छन् । यसरी यो विवाद सामान्य अस्पतालमा मात्रै केन्द्रित नभएर पार्टीबीचको टकराव समेत देखिन्छ । आजसम्म अस्पतालको इतिहासमा स्वास्थ्य मन्त्रीका निजी सचिवले कुनै पत्र पठाउने प्रचलन नरहेकोमा अहिले यसरी पत्र आउनु र पत्र आएको २० मिनेटमै सदर गरेर टेण्डर प्रक्रिया रोक्नुमा ठूलो चलखेल भएको देखिन्छ । १ महिना अगाडिदेखि टेण्डर प्रक्रिया खुला भएकोमा २४५ टेण्डर फर्म दर्ता भइसकेको छन् भने १२ वटा प्रक्रियामा समावेश भएका छन् । जम्मा ६९ वटा सटरहरु टेण्डर प्रक्रियामा छन्, जसबाट वार्षिक भाडाँमात्रै छ करोड ५९ लाख ६० हजार एक सय ६७ रुपैयाँ ५० पैसा रहेको छ भने जग्गाको भाडाँमात्रै ८० लाख एक हजार सात सय १६ रुपैयाँ उठ्ने गरेको छ । अघिल्लो पटक पनि सटर टेण्डर प्रक्रिया लामो विवादका बीच भएको थियो भने अहिले पनि विवादबाट अछूतो रहने देखिँदैन । प्रमुख मेसु डा. खनाल र अध्यक्ष खनालबीच देखिएको यो विवादले अस्पतालको टेण्डर प्रक्रिया, अस्पतालको फार्मेसी हटाउने निर्णय, खाली जग्गा व्यवस्थापन तथा जग्गा खाली गरी नयाँ निर्माणजस्ता महत्वपूर्ण विषयहरु समेत अलपत्र परेका छन् । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

‘फर्निचरमा देशलाई आत्मनिर्भर बनाउन सरकारले सहयोग गरेन’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाली फर्निचर तथा फर्निसिङ उद्योगलाई थप सहुलियत दिएर...

‘विश्व रोबट ओलम्पियाड’मा सहभागी गराउन रोबटिक्स प्रतियोगिता

नेपाल पुलिस स्कुल र युनिग्लोब कलेजबाट पहिलोपटक विश्व रोबट ओलम्पियाडमा सहभागी हुने विद्यार्थीहरूलाई विज्ञान...

महाअभियोगको सामना गर्छु राजीनामा दिन्न ः जोशी

सत्तारुढ दल नेकपाले न्यायाधीश दीपकराज जोशीलाई महाअभियोगको प्रस्ताव ल्याउने तयारी गरेको छ । सो प्रस्तावका लागि...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

राजनीतिमा नमीठो घोच्ने काँडा हुन्छ

तिमी ऐना मेरो मुहारको र हेरिरहन्छु आफूलाई तिमीमा । कहिले अघाउदिनँ म आफ्नो मुहार हेरेर किनकि त्यहाँ तिम्रो विम्ब...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै