logo

‘जीवनयात्रा’ पुस्तक सार्वजनिक

काठमाण्डौं, असार २७
लेखन, पत्रकारिता र सरकारी सेवामा लामो समयदेखि सक्रिय तथा भूगर्भविद् अरूणकुमार सुवेदीको आत्मकथा ‘जीवनयात्रा’ सार्वजनिक भएको छ । घोष्ट राइटिङ नेपालद्वारा प्रकाशित ‘जीवनयात्रा’ किताब भूगर्भशास्त्रका प्राध्यापक तारानिधि रेग्मी, लेखक अरुणकुमार सुवेदी, सम्पादक टंक पन्त, पत्रकारद्वय गुणराज लुइँटेल र तीर्थ कोइराला र पूर्वाञ्चल विश्वविद्यालयका पूर्वउपकुलपति जगतबहादुर क्षेत्रीले संयुक्त रूपमा सार्वजनिकीकरण गरेका हुन् । किताबमाथि बोल्दै भूगर्भशास्त्रका प्राध्यापक तारानिधि भट्टराईले भने, ‘पुस्तक पढ्नथालेपछि छोड्न मन लाग्दैन । यो पुस्तक मात्र होइन, आगाको फिलिङ्गो हो ।’ उनको व्यक्तित्व, ओज र सोचका आधारमा नेपालमा यत्तिको होनहार मान्छे पनि छ र भन्ने प्रश्न खडा हुन्छ । पुस्तकमा खानीको बारेमा आधारभूत जानकारी मात्रै नभएर नेपालमा कहाँ–कहाँ कस्ताकस्ता खानी छन् र हामी कति धनी छौँ भन्ने व्याख्या गरिएको छ । त्यसैगरी अर्का वक्ता पत्रकार गुणराज लुइँटेलले भने, यस किताबलाई तथ्यगत रूपमा हेर्दा आधिकारिक दस्तावेज जस्तो लाग्छ, अन्यथा यी कुराहरू केवल उनका व्यक्तिगत अनुभवका रूपमा मात्र सीमित हुन्थे । यहाँ माझकिरातको एउटा सभ्यताको नालीबेली समेत आएको छ । सँगसँगै वन्यजन्तु संरक्षणमा पनि मान्छेलाई सचेत गराएका छन् । भूत, झाँक्रीजस्ता हाम्रा पुराना सभ्यता र संस्कृतिका कुरा पनि नयाँ र अनुसन्धेय ढङ्गले आएका छन् । हामीले बिर्सिसकेका ग्रामीण शब्द र प्रथाहरूका बारेमा पनि पाठकले नयाँ संवाद अनुभव गर्न सक्छन् । यसर्थ यो किताब माझकिरातमा बस्ने मान्छेहरूको साझा कथा हो ।
सुरूमा लेखक कम्युनिष्ट गतिविधिमा समेत संलग्न रहेको तथा नाटककार तथा लेखक अभि सुवेदी तथा भाषाविद् वल्लभमणि दाहालसँगका प्रसङ्ग पनि किताबको गहना भएर आएका छन् । किताबमाथि बोल्दै पत्रकार तीर्थ कोइरालाले भने, ‘ठाउँ विशेषले जाति निर्धारण हुन्छ भन्ने देखाउँछ ।’ यस किताबमा अरुणकुमार लिम्बू सुवेदीको व्यक्तित्व निर्माण भएको छ । सुवेदीको व्यक्तित्व हेर्दा केही समयपछि जन्मिएका भए देश परिवर्तनका लागि गतिलो आधार बन्न सक्थे । किताबमा उनी सिनेमाका नायक जस्ता लाग्छन् । यस किताबमा तिथिमितिमा ख्याल गरिएको छैन, ठाडो भाषा छ । यस्ता सामान्य कमजोरीबाहेक किताबले देशको आत्माको खोजी गरेको छ । राजादेखि विषयविज्ञ र विद्वानसम्मको सरसङ्गत गरेका सुवेदीले जहाँ पनि आफ्नो हक्की स्वभावको परिचय दिएका छन् । उनले पूर्व लिम्बूवानको हिरादेखि दार्चुलासम्मको हिराको खोजी गरिएको छ । खानी र भुगर्भका दृष्टिले देशको समृद्धिको ढोका खोलेको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

वर्षा र गर्मीमा लामखुट्टेबाट जोगिन विज्ञको सुझाव

वर्षा र गर्मीको मिश्रणले लामखुट्टेको प्रजनन वृद्धि हुने भएकाले लामखुट्टेबाट बच्न चिकित्सकले सुझाव दिएका छन् ।...

जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्छ : उपप्रधानमन्त्री पोखरेल

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले लोकतान्त्रिक मूल्य, मान्यता र विधिको शासनको प्रक्रियाबाट आएका...

तीन वर्ष ढिला गरी सम्पन्न भयो ढल्केबर सवस्टेशन

तोकिएको समयभन्दा करीब तीन वर्ष ढिला गरेर ढल्केबर सवस्टेशन निर्माण सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणले...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

नीति प्रभावकारिताका अवरोधहरु

भोगिएको समस्या समाधान गर्न वा आउने समस्याभन्दा माथि उठ्न नै नीति निर्माण गरिने हो । नीति कुनै प्राज्ञिक नभएर...
मनोरञ्जन / साहित्य अरु धेरै

चलचित्र ‘शत्रु गते’ युएईमा जुलाई १२ देखि प्रदर्शन हुने

सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रुू गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै