logo

‘जति इच्छा लाग्छ तिर्नुहोस्, मज्जाले इन्टरनेट चलाउनुहोस्’

काठमाण्डौं, असार २७
इन्टरनेट सेवाप्रदायक कम्पनी लुप नेटवर्कले नवीन ढंगको प्रवद्र्धनात्मक योजना सुरु गरेको छ । कम्पनीले ‘जति इच्छा लाग्छ तिर्नुहोस्, मज्जाले इन्टनेट चलाउनुहोस्’ नामक योजना सुरु गरेको हो । दुई सातासम्म सञ्चालन हुने यस योजनामा ७ एमबीपीएस, १२ एमबीपीएस र १८ एमबीपीएसका प्याकेजहरु खरिद गर्दा पहिलो महिना आफ्नो इच्छाअनुसार पैसा तिरे पुग्छ । त्यो पैसा कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)अन्तर्गत सामाजिक संस्था न्यू नेपाल सोसाइटी सेन्टरका गरिब, असहाय, एवं टुहुरा बालबालिकाको लागि हितको लागि प्रदान गर्नेछ । नेटवर्कले यस योजनालाई राजधानी काठमाडौंमा मात्रै केन्द्रित गरेको छ । सोही अवसरमा कुलेश्वर, कालिमाटी, बल्खु, टेकु, रविभवन, त्रिपुरेश्वर, भोटेबहाल, बाफल, सीतापाइला, रामकोट, आरुबारी, माकलबारी, जगडोल, नैकाप, कलंकीलगायतका स्थानमा ‘जति इच्छा लाग्छ तिर्नुहोस्, मज्जाले इन्टरनेट चलाउनुहोस्’ अभियान सञ्चालन गरिसकेको कम्पनीका कार्यकारी अध्यक्ष सतिश पोखरेल बताए । उनले भने, ‘हामी बजारमा औपचारिक रुपमा लन्चिङ नभइसकेको बेला आफ्नो प्रभावकारी उपस्थिति पनि देखाउन सकियोस् भनेर सिर्जनात्मक खालको अभियान सुरु गरेका हौं । यसबाट कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व पनि निर्वाह हुन्छ र कम्पनीको सेवा पनि राम्रो विस्तार हुन्छ भन्ने हाम्रो विश्वास छ ।’ करिब दुई वर्षअघिदेखि सञ्चालनमा आएको लुप नेटवर्कसले हाल काठमाडौंबाहेक चितवन, सुनसरी, धनुषा, झापा, नुवाकोटमा सेवा सञ्चालन गर्दै आएको छ । चाँडै रुपन्देहीमा पनि सेवा सञ्चालनमा ल्याउने पोखरेल बताउँछन् । कम्पनीले इन्टरनेटसँगै डिजिटल केवल टिभी सेवा पनि प्रदान गर्दै आएको छ । हाल दुई हजार ग्राहकलाई इन्टरनेट सेवा प्रवाह गर्दै आएको लुप नेटवर्कले यस वर्ष ग्राहक संख्या पाँच हजार पु-याउने लक्ष्य लिएको छ । कार्यकारी अध्यक्ष पोखरेल भन्छन्, ‘हाम्रो सोच बरु ग्राहक थोरै होस् तर सेवा राम्रो र गुणस्तरीय होस् भन्नेछ । ग्राहक मात्रै बढाएर राम्रो सेवा दिन सकिएन भने त्यो कम्पनी सफल हुन सक्दैन । अहिलेका उपभोक्ता निकै सचेत भइसकेका छन् । लुप नेटवर्कले गुणस्तरीय सेवा प्रवाह कसरी प्रवाह गर्ने ? भनेर सशक्त प्राविधिक टिम राखेर रिसर्च एण्ड डेभलपमेन्ट (आरएण्डडी)को कामसमेत गरिरहेको छ । हाल नेपालमा ९७ वटा इन्टरनेट सेवाप्रदायक कम्पनी रहेका छन् । त्यसमा झण्डै ५० प्रतिशतले इन्टरनेटको आधारभूत सेवासमेत प्रवाह गर्न नसक्ने क्षमताका छन् । करिब ८ देखि १० वटा कम्पनीको सेवा मात्रै सन्तोषजनक छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

आगन्तुक चराको चहलपहल

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सिमसार क्षेत्रमा जाडो छल्न आगन्तुक चरा आउने क्रम शुरु भएको छ । सिमसार...

नेपालको चौतर्फी विकासमा जापानले सघाउने

जापानले नेपालको चौतर्फी विकासमा निरन्तर सघाउने आश्वासन दिएको छ । जापानको औपचारिक भ्रमणमा रहेका...

नेपालको चौतर्फी विकासमा जापानले सघाउने

जापानले नेपालको चौतर्फी विकासमा निरन्तर सघाउने आश्वासन दिएको छ । जापानको औपचारिक भ्रमणमा रहेका...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

वैदेशिक रोजगारी कहिलेसम्म ?

केपी ओली नेतृत्वको सरकारले आगामी पाँच वर्षभित्र नेपाली युवाले रोजगारको लागि भनेर विदेशिनुपर्ने अवस्थाको...
मनोरञ्जन / साहित्य अरु धेरै

घरबेटीविरुद्ध अनुगमन कहिले ?

नेपालको पुरा जनसख्ँयामध्ये आधाभन्दा बढी मानिस काठमाडौँ बस्छन् । आफ्नो गाँउठाँउ छोडेर शिक्षा, स्वास्थ्य र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै