logo

वृज सिमेन्टद्वारा विद्यालयलाई फुटबल सामग्री प्रदान

काठमाण्डौं, असार २७
राष्ट्रिय फुटबल टिमका युवा खेलाडी नवयुग श्रेष्ठले बनेपा–८ काभ्रेमा अवस्थित शिक्षा सदन माध्यमिक विद्यालयलाई पुष्पतारा केडिया सेवा संस्थाले आयोजना गरेको र वृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लि.ले प्रायोजन गरेको फुटबल सामग्री एक समारोहका बीच प्रदान गरेका छन् । नवयुग श्रेष्ठ वृज सुपर प्रिमियिम ओपीसी सिमेन्टको ब्राण्ड एम्बेसडरको रुपमा विगत एक वर्षदेखि आबद्ध छन् । विद्यार्थीहरुको चौतर्फी विकासको लागि शिक्षाको साथै सहक्रियाकलाप अझ खेलकुद झन् महत्वपूर्ण विषय रहेको प्रधानाध्यापक पुकार कर्णजितले बताए । वृज सिमेन्टले फुटबल सामग्री सार्वजनिक विद्यालयलाई प्रदान गरेर बालबालिकाको अतिरिक्त क्रियाकलापमा हातेमालो गरेको कर्णजितले बताए । नेपाली फुटबल खेलमा वृज सिमेन्टले गरेको सहयोग एकदमै सह्राहनीय भएको उनले बताए । यसरी निजी क्षेत्रबाट यस किसिमको सहयोगले आम खेलकुदमा लाग्ने युवाहरुलाई हौसला प्रदान हुने तथा उनीहरुले  आफ्नो खेललाई अझ राम्रो तरिकाले प्रर्दशन गर्नसक्ने समेत बताए । वृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लि. केडिया अर्गनाइजेसनअन्तर्गत एउटा प्रभाग हो । यो कम्पनी भैरहवा–लुम्बिनी रुपन्देही जिल्ला)मा अवस्थित छ । वृज सिमेन्ट उद्योगले पोर्टल्याण्ड पोजोलाना सिमेन्ट (पि.पि.सि.), साधारण पोर्टल्याण्ड सिमेन्ट (ओ.पी.सी.) र पोर्टल्याण्ड स्लाग सिमेन्ट (पी.एस.सी.) सिमेन्ट उत्पादन गरी बिक्रीवितरण गर्दैै आइरहेको छ । कम्पनीले साधारण पोर्टल्याण्ड सिमेन्ट (ओ.पी.सी.)मा वृज सुपर प्रिमियम र शंकर शक्ति उत्पादन गर्दछ भने पी.पी.सी. सिमेन्टअन्तर्गत वृज, जम्बो, लक्ष्मी, वृज गोल्ड, वृज सुपरकिंग्स र स्र्माट सिमेन्टब्राण्डहरु उत्पादन गर्दछ र पी.एस.सी. सिमेन्टअन्तर्गत वृज सुपर पावर ब्राण्ड उत्पादन गर्दछ ।
वृज सिमेन्टले विभिन्न क्षेत्रहरुमा आर्थिक, प्राविधिक र अन्य सहयोग गर्दै आफ्नो सामाजिक दायित्व निर्वाहमा अहं भूमिका वहन गरेको छ । प्रविधि मैत्रीयुक्त उत्पादन प्रतिलक्षित यो सिमेन्ट, गुणस्तरीय र नयाँ ढंगबाट नयाँ ऊर्जासहित बजार प्रवद्र्धनमा क्रियाशील छ । वृज सुपर प्रिमियम ओपीसी सिमेन्टको वजार प्रवद्र्धनको क्रममा नेपालका विभिन्न क्षेत्रमा ख्याति कमाएका तथा नेपाललाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने व्यक्तित्वहरुसँग आबद्धता कायम गर्ने क्रममा नेपाली राष्ट्रिय फुटबल खेलाडी नवयुग श्रेष्ठलाई वृज सुपर प्रिमियम ओपीसी सिमेन्टका ब्राण्ड एम्बेसडरको रुपमा ग्रहण गरेको कुरा कम्पनीले जनाएको छ । नवयुग श्रेष्ठ देशका एक सशक्त ऊर्जा भएको तथा नेपाली फुटबलजगत्मा यस्तो ऊर्जा भएको खेलाडीप्रति सिंगो देश आशावादी रहको छ । नवयुग श्रेष्ठ नेपाली युवा खेलाडीमाझ अति नै लोकप्रिय खेलाडीको रुपमा साफ च्याम्पियनसिप, बंगलाबन्धु गोल्डकप तथा यू–१९ एशियन च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरी नेपाललाई जिताउने अति नै चर्चित खेलाडीको रुपमा रहेका छन् । कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख लक्ष्मी नरसिंह बादे श्रेष्ठको प्रमुख आतिथ्यमा भएको थियो । यसका साथसाथै वृज सिमेन्टका काभ्रे जिल्लाका आधिकारिक बिक्रेताहरुको उपस्थिति समेत रहेको थियो । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लि.ले पहिलो चरणमा बनेपाको यस सार्वजनिक विद्यालयलाई छनौट गरिएको सिनियर ब्राण्ड मेनेजर अमित श्रेष्ठले बताए । आगामी दिनहरुमा पनि यो फुटबल सामग्री वितरण कार्यक्रम देशका अन्य क्षेत्रहरुमा कार्यान्वयन गर्ने उनले बताए । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

स्न्याप अन ब्राण्डका ग्यारेज उपकरण नेपाली बजारमा

स्न्यापअन ब्राण्डका ग्यारेज उपकरणको आधिकारिक बिक्रेताको रुपमा श्रेष्ठ इन्टरनेशनल ट्रेडिङ्ग कन्सर्न रहेको...

शिखर शुजले ल्यायो सयभन्दा बढी मोडलका जुत्ता

जुत्ता पारखीको पहिलो रोजाइमा परेको शिखर सुजले नजिकिँदै गएका बडादशैं, तिहार, छठलगायतका चाडबाडलाई लक्षित गरेर एक...

‘ओप्पो तीज सेल्फी कन्टेष्ट’का विजेता पुरस्कृत

ओप्पोले नेपाली चाड तीजका अवसरमा आयोजित ‘ओप्पो तीज सेल्फी कन्टेष्ट’का विजेताहरुलाई पुरस्कार हस्तान्तरण गरेको...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

राजनीतिमा नमीठो घोच्ने काँडा हुन्छ

तिमी ऐना मेरो मुहारको र हेरिरहन्छु आफूलाई तिमीमा । कहिले अघाउदिनँ म आफ्नो मुहार हेरेर किनकि त्यहाँ तिम्रो विम्ब...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै