logo

फिफा ब्राण्डलाई कतार एयरवेयजको विशेष एयरक्राफ्ट

काठमाण्डौं, असार २७
फिफाको आधिकारिक पार्टनर तथा आधिकारिक एयरलाइनको रुपमा रहेको कतार एयरवेजले २०१८ फिफा विश्वकप रुसको उत्सव मनाउने क्रममा प्रतियोगिताको सेमिफाइनल तथा फाइनल खेलपूर्व प्रदर्शनीको लागि विशेष तरिकाले फिफाकै ब्राण्डस्वरुपयुक्त एक बोइङ ७७७ विमान तयार गरेको छ । फिफाको विशिष्ट ब्राण्डिङसहित विशेष रुपमा निर्मित सो विमान आयरल्याण्डमा हस्त चित्रित गरी दोहा पु-याइएको थियो, जहाँ प्रतियोगिताको सेमिफाइनल तथा फाइनल खेलको लागि मस्कोतर्फ प्रस्थान गर्नुअगाडि हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा एक पत्रकार सम्मेलन आयोजना गरिएको थियो । कतार एयरवेयज ग्रुपका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकेरले भने, ‘यस अद्वितीय विमान मस्को पु¥याउँदै हाम्रा यात्रुवर्गको फुटबल प्रतिको प्रेमलाई सम्मान गर्न पाउँदा हामी निकै उत्साहित छौँ । फिफाको आधिकारिक पार्टनर तथा आधिकारिक एयरलाइनको रुपमा हामी विश्वभरका फुटबल प्रेमीहरुलाई रुसमा एकीकृत गरी विश्वकपको अद्भुत अनुभव प्राप्तिमा सहयोग गर्न पाएकोमा निकै गर्व गर्दछौँ  । यस सुन्दर विमानले हाम्रो फिफासँगको महत्वपूर्ण सहकार्यप्रतिको प्रतिबद्धता तथा रुसमा उपस्थित संसारभरका लाखौँ फुटबल प्रेमीहरुप्रतिको निष्ठा थप बलियो बनाउनेछ ।’ कतार एयरवेयजले हालै टेलिन, एस्टोनिया; भ्याल्लेट्टा, माल्टा; सेबु र डभाओ, फिलिपिन्स; लाङ्कावी, मलेसिया; तथा डा. नाङ, भियतनामजस्ता नयाँ रोमाञ्चक गन्तव्यहरू आफ्नो नेटवर्कमा थप्ने घोषणा पनि गरेको हो । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

कभर्ड हल भत्कियो

डडेल्धुरा खेलकूद विकास समितिको कार्यालयसँगै रहेको जिल्लाको एकमात्रै कभर्ड हल भत्किएकोे छ । अमरगढी नगरपालिका...

जुम्ला–रारा अल्ट्रा म्याराथुन २०१८’ शुरु

कर्णाली प्रदेशको जुम्ला जिल्लाद्वारा आयोजित राष्ट्रियस्तरको ‘जुम्ला–रारा अल्ट्रा म्याराथुन २०१८’ शुरु भएको...

विश्वकप–सेमिफाइनलमा क्रोएसिया र इङ्ग्ल्याण्ड भिड्दै

फिफा विश्वकप–२०१८ अन्तर्गतको दोस्रो सेमिफाइन खेलमा क्रोएसिया र इङ्ग्ल्याण्ड आमने सामने हुँदैछन् । रसियामा...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

नीति प्रभावकारिताका अवरोधहरु

भोगिएको समस्या समाधान गर्न वा आउने समस्याभन्दा माथि उठ्न नै नीति निर्माण गरिने हो । नीति कुनै प्राज्ञिक नभएर...
मनोरञ्जन / साहित्य अरु धेरै

चलचित्र ‘शत्रु गते’ युएईमा जुलाई १२ देखि प्रदर्शन हुने

सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रुू गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै