logo

भेगासिटी अपार्टमेन्ट निर्माणको जिम्मा सुधीर बस्नेतलाई नै दिने सहमति

काठमाण्डौं, असार २७
कोहिनुर हिल हाउजिङ्गअन्तर्गतको ललितपुरको बालकुमारीमा निर्माणाधीन भेगासिटी अपार्टमेन्ट निर्माणको जिम्मा पीडित पक्षले त्यसका सञ्चालक सुधीर बस्नेतलाई दिन सहमति गरेका छन् । पीडित पक्ष र ओरेन्टल कोअपरेटिभका पीडितहरुबीच मंगलबार उक्त सहमति भएको हो । सहमतिपत्रमा कोहिनुर हाउजिङ्गका सञ्चालक अध्यक्ष सुधीर बस्नेत, भेगासिटीका उपभोक्ताका आधिकारिक प्रतिनिधि तेजबहादुर गुरुङ्ग र ओरेण्टल कोअपरेटिभका पीडितहरुको आधिकारिक प्रतिनिधि कुन्तीदेवी पोखरेलले हस्ताक्षर गरेका छन् ।साविक ललितपुरको इमाडोल गाविस र हालको महालक्ष्मीनगरपालिका–२ बालकुमारीमा रहेको भेगासिटीको अपार्टमेन्ट आधा निर्माण भएर अहिले लथालिङ्ग अवस्थामा छ । त्यसलाई दुई वर्षभित्रमा निर्माण पूरा गराएर बुकिङ्गकर्ताहरुलाई कानुनी रुपमा छिटो फ्ल्याटहरु वितरण गर्ने सहमति भएको छ ।


उक्त अपार्टमेन्ट निर्माण कार्यको लागि सहकारी ऐन २०७४ बमोजिम गठित समस्याग्रस्त सहकारी संघ/संस्था व्यवस्थापन समितिको परामर्श र सहयोगमा कम्पनी सञ्चालकको आधिकारिक प्रतिनिधि, कानुनबमोजिम अपार्टमेन्ट खरिदकर्ताहरुको आधिकारिक प्रतिनिधिसमेतको संयुक्त बैंक खाता सञ्चालन गर्ने लिखित सहमति पनि भएको छ । सोही खातामा जम्मा भएको पैसाबाट अपार्टमेन्टको बाँकी निर्माण कार्य पूरा गरिने उल्लेख गरिएको छ । उक्त अपार्टमेन्ट निर्माण गर्दा बैंक, वित्तीयसंस्था तथा अन्य संस्थाबाट आइपर्ने विविध कानुनी तथा प्राविधिक समस्या समाधानको लागि कम्पनी सञ्चालक, कानुनबमोजिमका लगानीकर्ताका प्रतिनिधिहरु समेतले व्यवस्थापन समितिसँग परामर्श गरी सहयोग लिई समस्याको समाधान गर्ने सहमतिपत्रमा उल्लेख छ । सहमतिपत्रका अनुसार ब्लकहरु ए,बी र ईको दुई सय ८० वटा फ्ल्याटहरुको निर्माण एक वर्षमा सम्पन्न गरिनेछ । त्यस्तै, एफ ब्लकको ८० देखि एक सयसम्मको फ्ल्याटहरुको निर्माण अर्को १५ महिनामा गरिनेछ भने सी र डी ब्लकको निर्माण दुईवर्षभित्र पूरा गरिनेछ । जसले जुन–जुन ब्लकको लागि बुकिङ्ग गरेका छन्, उनीहरुबाट बाँकी पैसा लिएर निर्माण पूरा गरिनेछ । साथै निर्माण पूरा भएपछि उनीहरुलाई सोही ब्लक पास गरेर दिइनेछ । कानुनबमोजिम खरिद करार गरिएभन्दा बाहेकका अन्य एक सयवटा युनिटहरु बिक्री गरी निर्माणसम्पन्न गर्न बजार व्यवस्थापन गर्ने र यसको लागि भेगासिटीका उपभोक्ताहरुले सहयोग गर्नुपर्ने सहमतिपत्रमा उल्लेख गरिएको छ । त्यसको लागि पनि व्यवस्थापन समितिको सहमति लिइनेछ । व्यवस्थापन समिति सरकारले गठन गरिसकेको छ । बैंक ठगीको आरोपमा जेल परेका बस्नेत केही समय अगाडि जेलबाट निस्किएपछि पीडितहरुले आफूले दिन बाँकी रकम दिएर अपार्टमेन्ट लिनलागेका हुन् । सरकारले पनि पीडितहरुलाई डुबेको पैसा दिलाइदिन व्यवस्थापन समिति गठन गरेको हो । आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

वर्षा र गर्मीमा लामखुट्टेबाट जोगिन विज्ञको सुझाव

वर्षा र गर्मीको मिश्रणले लामखुट्टेको प्रजनन वृद्धि हुने भएकाले लामखुट्टेबाट बच्न चिकित्सकले सुझाव दिएका छन् ।...

जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्छ : उपप्रधानमन्त्री पोखरेल

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले लोकतान्त्रिक मूल्य, मान्यता र विधिको शासनको प्रक्रियाबाट आएका...

तीन वर्ष ढिला गरी सम्पन्न भयो ढल्केबर सवस्टेशन

तोकिएको समयभन्दा करीब तीन वर्ष ढिला गरेर ढल्केबर सवस्टेशन निर्माण सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणले...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

नीति प्रभावकारिताका अवरोधहरु

भोगिएको समस्या समाधान गर्न वा आउने समस्याभन्दा माथि उठ्न नै नीति निर्माण गरिने हो । नीति कुनै प्राज्ञिक नभएर...
मनोरञ्जन / साहित्य अरु धेरै

चलचित्र ‘शत्रु गते’ युएईमा जुलाई १२ देखि प्रदर्शन हुने

सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रुू गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै