logo

स्टकमा एक सय ४३ अर्ब ९४ करोडको सेयर सूचीकृत

काठमाण्डौं, असार २७
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा चालू आर्थिक वर्षको १० महिनासम्ममा एक सय ४३ अर्ब ९४ करोड रुपैयाँबराबरको सेयर सूचीकरण भएको छ । सेयर सूचीकरण विषयमा नेपाल राष्ट्र बैंकले दिएको जानकारीअनुसार ४७ अर्ब ४७ करोडबराबरको साधारण सेयर, २९ अर्ब २६ करोडबराबरको हकप्रद सेयर, ३० अर्ब १२ करोडबराबरको बोनस सेयर र ३६ अर्ब ४७ करोड बराबरको सरकारी ऋणपत्रसमेत गरी उक्त अनुपातमा सेयर सूचीकरण भएको हो । सो अवधिमा नेप्से सूचकांकमा वार्षिक विन्दुगत आधारमा १९ दशमलव तीनप्रतिशतले ह्रास भर्ई २०७५ वैशाख मसान्तमा १३ सय ३८ दशमलव दुई विन्दुमा सीमित भएको छ । २०७४ वैशाख मसान्तमा उक्त सूचकांक १२ प्रतिशतले वृद्धि भई १६ सय ५८ दशमलव ६ विन्दु पुगेको थियो । २०७४ असार मसान्तमा भने नेप्से सूचकांक १५ सय ८२ दशमलव सात विन्दु कायम भएको थियो ।
धितोपत्र बजार पुँजीकरण वार्षिक विन्दुगत आधारमा १८ दशमलवपाँच प्रतिशतले ह्रास आई २०७५ वैशाख मसान्तमा १५ सय ७० अर्ब २७ करोड कायम भएको छ । बजार पुँजीकरण २०७४ वैशाख मसान्तमा २० दशमलव पाँच प्रतिशतले वृद्धि भएको थियो । आर्थिक वर्ष २०७४/०७५ को कुल गार्हस्थ्य उत्पादनसँग समीक्षा अवधिको बजार पुँजीकरणको अनुपात ५२ दशमलव दुई प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ७२ दशमलव नौ प्रतिशत रहेको थियो । बजार पुँजीकरणमा बैंक, वित्तीय संस्था र बीमा कम्पनीहरुको अंश ८१ दशमलव दुई प्रतिशत रहेको छ भने जलविद्युत क्षेत्रको चार दशमलव छ प्रतिशत, उत्पादन तथा प्रशोधन क्षेत्रको दुई दशमलव छ प्रतिशत, होटलहरूको एक दशमलव सात प्रतिशत, व्यापारिक संस्थाहरूको शून्य दशमलव एक प्रतिशत र अन्यको नौ दशमलव नौ प्रतिशत रहेको छ । २०७५ वैशाखमा कुल सेयर कारोबार रकम २५ दमसलव दुई प्रतिशतले ह्रास भई १२ अर्ब ७८ करोड कायम भएको छ । यस्तो कारोबार रकम २०७४ वैशाखमा पाँच प्रतिशतले ह्रास भर्ई १७ अर्ब ८ करोड रहेको थियो । स्टकमा सूचीकृत कम्पनीहरूको संख्या २०७५ वैशाख मसान्तमा एक सय ९६ रहेको छ । २०७४ वैशाख मसान्तमा यस्तो संख्या दुई सय १० रहेको थियो । केही बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा ‘मर्ज’ भएका कारण सूचीकृत कम्पनीहरुको संख्या घट्न गएको हो । राष्ट्र बैंककाअनुसार सूचीकृत कम्पनीहरूमध्ये एक सय ४८ वटा बैंक तथा वित्तीय संस्था (बीमा कम्पनीसमेत) रहेका छन् भने १८ वटा उत्पादन र प्रशोधन उद्योग, १८ वटा जलविद्युत कम्पनी, चार/चार वटा होटल तथा व्यापारिक संस्था र चारवटा अन्य समूहका रहेका छन् । स्टकमा सूचीकृत सेयरहरूको चुक्ता मूल्य वार्षिक विन्दुगत आधारमा २३ दशमलव सात प्रतिशतले बढेर २०७५ वैशाख मसान्तमा तीन सय ४० अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

‘फर्निचरमा देशलाई आत्मनिर्भर बनाउन सरकारले सहयोग गरेन’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाली फर्निचर तथा फर्निसिङ उद्योगलाई थप सहुलियत दिएर...

‘विश्व रोबट ओलम्पियाड’मा सहभागी गराउन रोबटिक्स प्रतियोगिता

नेपाल पुलिस स्कुल र युनिग्लोब कलेजबाट पहिलोपटक विश्व रोबट ओलम्पियाडमा सहभागी हुने विद्यार्थीहरूलाई विज्ञान...

महाअभियोगको सामना गर्छु राजीनामा दिन्न ः जोशी

सत्तारुढ दल नेकपाले न्यायाधीश दीपकराज जोशीलाई महाअभियोगको प्रस्ताव ल्याउने तयारी गरेको छ । सो प्रस्तावका लागि...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

राजनीतिमा नमीठो घोच्ने काँडा हुन्छ

तिमी ऐना मेरो मुहारको र हेरिरहन्छु आफूलाई तिमीमा । कहिले अघाउदिनँ म आफ्नो मुहार हेरेर किनकि त्यहाँ तिम्रो विम्ब...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै