logo

नेपाली राजनीतिमा एकीकृत जनक्रान्ति

नन्दलाल खरेल
नेपाली राजनीतिमा पछिल्लो पटक प्रयोग भएको शब्द हो, ‘एकीकृत जनक्रान्ति’ । नेपालको राजनीतिक स्थितिमा यो एउटा बिल्कुलै नयाँ विचार हो । राजनीतिक विचारमा कुनै कुरा नयाँ मात्र भनेर पर्याप्त हुँदैन, नयाँ विचारले समाज, वर्ग, राज्य र क्रान्तिका सन्दर्भमा गरेको विश्लेषण सही र वस्तुवादी छ कि छैनन् भन्नेसँग जोडेर बुझ्नुपर्दछ । त्यस विषयमा केही न केही नयाँ अध्ययन, अनुसन्धान र विकास गर्नैपर्छ । कुनै पनि विचारले समाज, जनता, राज्यका विभिन्न संयन्त्रलाई यथास्थितिमै लैजान्छ, पुरानै शासकसामु समर्पण गराउँछ, अग्रगमनतर्फ नगई प्रतिगमनतर्फ लैजान्छ भने त्यो विचार गलत हुन्छ गैरक्रान्तिकारी हुन्छ । धेरैको बुझाइ छ उद्योग स्थापना गरी रोजगारीको सिर्जना गर्नु, अस्पताल खोली स्वास्थ्य सेवा दिनु, सडक, भवन, पुल, विद्यालय निर्माण गर्नु आदि विकास हुन् । के यस्तो विकासबाट मात्र नेपालीको मुक्ति होला ? के विकास समग्र आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक प्रक्रिया होइन ? न कि भौतिक निर्माण मात्र । मुलुकमा थुपै्र राजनीतिक परिर्वतन हुँदा पनि नेपाली जनता मुक्त हुन सकिरहेका छैनन् । कतै राजनीतिक परिर्वतन अपुरो भएको त होइन ? हाम्रो मुलुक अहिलेसम्म सम्पन्न नहुनुको कारण स्वाधीन नभएरै हो ? के अब ‘एकीकृत जनक्रान्ति’ ले नेपाली जनताको सपना ‘समानतासहितको समृद्धि’ पूरा गर्ला ? यो सबै प्रश्न सतही रुपबाट हेर्दा जटिल छैनन् तर अन्तर्य सूक्ष्म) तरिकाबाट विश्लेषण गर्ने हो भने जटिल छन् । तैपनि सबै प्रश्नको उत्तर खोज्नु अपरिहार्य छ । ‘एकीकृत जनक्रान्ति’ क. विप्लपले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीको कार्यदिशा हो । कार्यदिशा भनेको क्रान्तिको लक्ष्य प्राप्त गर्न, क्रान्तिलाई अविछिन्नरुपमा अगाडि बढाउने प्रश्नमा क्रान्तिका रणनीति र कार्यनीतिका दैनिक कार्यहरुलाई दिशा निर्देश गर्ने हतियार हो । कार्यदिशा जहिल्यै पनि क्रान्तिकारी र वैज्ञानिक हुनुपर्दछ । यदि यसो भएन भने क्रान्तिलाई सफलतापूर्वक अगाडि बढाएर लक्ष्यमा पु¥याउन सकिन्न । अन्नत क्रान्तिले ठूलठूला क्षतिहरु व्यहोर्छ र असफलता हात पार्छ । त्यही भएर होला लेलिनले क्रान्तिका लागि विचारको महत्वमा जोड दिँदै भन्नुभएको थियो– ‘क्रान्तिकारी सिद्धान्तविना क्रान्ति हुँदैन । क्रान्तिका लागि असल कम्युनिस्ट पार्टी, जनताको विद्रोही चेनना र सहभागिता, जनताको पक्षमा लड्ने शक्ति अनिवार्य हुुनुपर्दछ ।’ यस्तै माओले पनि भन्नुभएको छ– ‘विचार सही हुनु र नहुनुले नै सबै कुराको फैसला गर्छ । राजनीतिक विचारलाई शीर्षस्थानमा राख’ आदि । उहाँले क्रान्तिका लागि असल र अनुशासित कम्युनिस्ट पार्टी, जनताको सहयोग, संयुक्त मोर्चा र जनताको सेना अनिवार्य हुने विचार बताउनु भएको थियो ।
नेपाल कम्युनिस्ट पार्टी नेपालको एक मात्र क्रान्तिकारी कम्युनिष्ट पार्टी हो । नेपाली श्रमजीवी जनता र नेपाल राष्ट्रको अहं दायित्व यस पार्टीको काँधमा रहेको छ । त्यतिमात्र होइन यो पार्टीको दायित्व अन्तर्राष्ट्रिय सर्वहारावर्गको दायित्वसँग अन्तसम्र्बन्धित पनि छ नेपाली जनयुद्धका एक दशकका उपलब्धिको रक्षा गर्ने, २०६३ सालयताको प्रतिक्रान्तिमाथि क्रान्तिकारी हस्तक्षेप गर्नु र नेपाली क्रान्तिको बाँकी अभिभारालाई पूरा गर्ने दायित्व यो पार्टीको रहेको छ । समृद्ध, शान्ति, स्वाधीन तथा जनवादसहित वैज्ञानिक समाजवादी नेपाल निर्माण गर्ने महान् लक्ष्य, उद्देश्य र सपना पूरा भएको छैन । विगतमा लाखौं जनताले साथ सहयोग नगरेको पनि होइन । जीतको नजिक पुग्न लागेको क्रान्ति अर्थात् जनयुद्धलाई साम्राज्यवाद र विस्तारवादको ग्याण्ड डिजाइन र षड्यन्त्रमा प्रचण्ड र बाबुरामलगायत उनीहरुका गुटले संसद्वादी दलहरु मुलतः कांग्रेस र तत्कालीन एमालेसँग मिलेर लोकतान्त्रिक गणतन्त्र र संविधानसभाको नाममा परिवर्तन र उपलब्धिलाई उनीहरुले कौडीको मूल्यमा बेचेर सिध्याए । प्रचण्ड कम्युनिस्ट पार्टी र माओवादीकै खोलओडेर संसदीय दलाल पुँजीवादी व्यवस्थामै आफ्नो क्षणिक स्वार्थको लागि आत्मसमर्पण गरे भने बाबुराम भट्टराई कम्युनिस्ट विचार, सिद्धान्त र आन्दोलनबाटै टाढा रहेर विर्सजनवादमा पतन भए । प्रचण्ड र बाबुरामले लोकतान्त्रिक गणतन्त्र र संविधानसभामार्फत नयाँ संविधान निर्माणको नाममा पुरानै संसदीय दलान पुँजीवादी व्यवस्था मुलुक र जनतामाथि जबर्जस्ती लादियो । यो बिलकुलै प्रतिगमन र प्रतिक्रान्ति नै हो ।नेपाल कम्युनिस्ट पार्टीको आठौं महाधिवेसनले ‘एकीकृत जनक्रान्ति’ बाट वैज्ञानिक समाजवादमा लैजान नेपाली श्रमजीवी र उत्पीडित जनताको अग्रदस्ताका रुपमा कम्युनिस्ट पार्टीको विकास गर्ने निर्णय गरेको छ । कम्युनिस्ट पार्टी समाजको सबैभन्दा आधुनिक, वैज्ञानिक, जनवादी, निःस्वार्थी र क्रान्तिकारी संस्था हो । यसले समाज, वर्ग, जातिमाथि लगाइदिएका सबै शोषण, दमन, विभेदका विरुद्ध सघर्ष गर्दछ अर्थात् मावन मुक्तिकै लागि कार्य गर्दछ । ‘एकीकृत जनक्रान्ति’ ले श्रमजीवी नेपाली जनताले परिकल्पना गरेको स्वाधीन र सम्पन्न नेपाल निर्माणका निम्ति जनवादी शासन व्यवस्थाको प्रमुख सर्त मानेको छ । नेपालको विद्यमान अर्थव्यवस्था दलाल तथा नोकरशाही पुँजीवादी र सामान्ती रुढीवादी छ । यसले साम्राज्यवादी एवं विस्तारवादी एकाधिकार पुँजीको खुल्मखुल्ला मुलुकभित्र प्रवेश गराएर राष्ट्रिय पुँजीमाथि अतिक्रमण गराइरहेको छ । विगतमा नेपालको राजनीतिक र आर्थिक चरित्र अर्धसामन्ती र अर्धऔपनीवेशिक थियो, क्रान्तिको मूल चरित्र नयाँ जनवादी थियो । तर, दश वर्षको जनयुद्ध हुँदै हाल स्थापना भएको गणतन्त्र, दलाल संसदीय व्यवस्थाले नेपालको आर्थिक चरित्र परिवर्तन भई अर्धऔपनीवेशिक मात्र नभएर नवऔपनिवेशिकमा रुपान्तरण भएको छ । सङ्क्षेपमा भन्दा नेपालको आर्थिक एवं राजनीतिक चरित्र दलाल पुँजीवादी र नवऔपनिवेशिक बन्न पुगेको छ । यो अवस्था वर्तमान नेपाली राजनीतिकको नयाँ विशेषता हो । ‘एकीकृत जनक्रान्ति’ को मुख्य आधारमा दुई वटा पक्षलाई विशेष महत्व दिइएको छ । एउटा हो माक्र्स लेलिन र माओले विकास र संश्लेषण गरेका सार्वभौमिक महत्वका विचारहरुको आत्मसात र प्रयोग गर्ने, अर्को हो पछिल्लो समयमा विकास भएका राजनीतिक, आर्थिक, प्राविधिक विशेषताहरु र ती विशेषताहरुद्वारा सिर्जना भएका नयाँ अन्तर्विरोधहरुलाई समाधान गर्ने विचारको निर्माण रहेको छ । नेपालको जनवादी क्रान्तिमा एकीकृत जनक्रान्तिको कार्यदिशाको सङ्घर्षको स्वरुप मुख्यतः जनसङ्घर्ष, जनकारबाही र सशस्त्र सङ्घर्ष हुनेछ । क्रान्तिको प्रक्रिया र विकासको सापेक्षतामा यी स्वरुपहरुको प्रयोग हुँदै जानेछ । अन्तिम निर्णायक सङ्घर्षको स्वरुपचाहिँ सशस्त्र नै हुनेछ । ‘एकीकृत जनक्रान्ति’ को कार्यदिशाको फौजीस्वरुपको सारतत्व राजनीतिक सङ्घर्ष र फौजी सङ्घर्षको द्वन्द्ववाद हो । ‘एकीकृत जनक्रान्ति’ को जनवादी राज्यसत्तामा समाजमा रहेका क्रान्तिकारी वर्गको आ–आफ्नो वर्गीय तथा सामाजिक स्थिति र उपस्थितिका आधारमा न्यायोचित प्रतिनिधित्वको सुनिश्चित हुने व्यवस्था हुन्छ । ‘एकीकृत जनक्रान्ति’ ले अहिलेको दलाल पुँजीपति वर्गको राजयसत्ताले सिर्जना गरेको वर्गीय, क्षेत्रीय, जातीय, लैङ्गिक सामाजिक र सांस्कृतिक उत्पीडनको अन्त्य गर्दछ । यो क्रान्तिले सर्वहार वर्गको कम्युनिस्ट पार्टीको नेतृत्वमा मजदुर, किसान, मध्यम वर्ग र राष्ट्रिय पुँजीपतिको अधिनायकत्वमा भएको राज्यसत्ता स्थापना गर्छ । यो जनवादी राज्यव्यवस्थाले नेपाली समाजलाई वैज्ञानिक समाजवादको दिशातिर अग्रसर गराउनेछ ।
अन्त्यमा नेपाल सार्वभौम सत्ता सम्पन्न राष्ट्र भए पनि राजनीतिक दृष्टिले भारतसँग आश्रित तथा आर्थिक दृष्टिले पराधिन देखिन्छ । अहिलेसम्म पनि नेपालमा राजनीतिक क्रान्ति सम्पन्न भएको छैन । राजतन्त्रको अन्त्य भई आंशिक परिवर्तन मात्र भएको हो । आमूल परिवर्तन भएको छैन । नेपाली जनता पूर्णरुपमा अधिकार सम्पन्न भएका छैनन् । वास्तवमा हामी नेपालीले खोजेको समृद्धि मात्र होइन, ‘समानतासहितको समृद्धि’ हो । त्यसका लागि मुलुक स्वाधीन हुनुपर्दछ । स्वाधीनताविना सम्पन्नता असम्भव छ । हामीले विगत समाजवादी सत्ताका असफलताहरु को शिक्षा लिँदै र वैज्ञानिक समाजवादी सत्ताको उच्च परिकल्पना पकडँदै जनवाद र अधिनायकत्वको समुचित प्रयोगलाई सफल गर्नुपर्छ । तसर्थ देशभक्ति प्रजातान्त्रिक तथा जनतान्त्रिक एवं प्रगतिशील शक्ति तथा व्यक्ति एकताबद्ध भई जनमुखी गणतन्त्र र राष्ट्रिय स्वाधीनताका लागि एक जुट भई संघर्ष गर्नु नै आजको आवश्यकता हो । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

नीति प्रभावकारिताका अवरोधहरु

भोगिएको समस्या समाधान गर्न वा आउने समस्याभन्दा माथि उठ्न नै नीति निर्माण गरिने हो । नीति कुनै प्राज्ञिक नभएर...

म मुन्धुममा रमाउने कुनै यलम्बर हुँ

मैले जिन्दगीमा आफूले आफैंलाई सबैभन्दा धेरै सोधेको एउटा प्रश्न ‘म किन प्रेममा परिनँ ?’ अरुले पनि मैले जस्तै...

विष्णुका किन सहस्र नाम हुन्छन् ?

हिन्दुहरुका हजारौं देवताहरु छन् र त्यसमा पनि कतिपयका सयौं वा हजारौं नाम छन् । तर, त्यसो भए पनि सबै देवता एकै देव...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

नीति प्रभावकारिताका अवरोधहरु

भोगिएको समस्या समाधान गर्न वा आउने समस्याभन्दा माथि उठ्न नै नीति निर्माण गरिने हो । नीति कुनै प्राज्ञिक नभएर...
मनोरञ्जन / साहित्य अरु धेरै

चलचित्र ‘शत्रु गते’ युएईमा जुलाई १२ देखि प्रदर्शन हुने

सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रुू गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै