logo

चलचित्र ‘शत्रु गते’ युएईमा जुलाई १२ देखि प्रदर्शन हुने

काठमाडौ असार २६
सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रुू गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र हलमा व्यावसायिक रुपमा उधुम मच्याउन सफल चलचित्र ‘ शत्रुू गते ’ को खाडी राष्ट्रको पहिलो शो युएईमा आगामी जुलाई १२ तारिक हुने भएको हो ।
नेपालमा दर्शकले मन पराएको चलचित्र ‘ शत्रुू गते ’ पछिल्लो समय संयुक्त अरब ईमिरेट्सका दर्शकको सबै भन्दा धेरै माग भएको चलचित्र हो । नेपाली चलचित्र मध्ये उच्च कमाइ गर्ने मध्येको ‘ शत्रुू गत ’ युएईका बिभिन्न शहरका १५ सिनेमा हलमा लाग्ने भएको छ ।
चलचित्र १२ जुलाईमा युएईको दुबई , अबुधाबी, अजमान, रसअलखेमा, फुजेराहलगायत ठाउँका बिभिन्न सिनेमा हलमा प्रदर्शन हुनेछ ।
नेपाली चलचित्र शत्रुू गते युएईको स्थानीय वितरकसँग सहकार्य गरी कन्सेप्ट भिजन चलचित्र प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालले नेपाली चलचित्रलाई वैधानिक रुपमा देश बाहिर नियमित प्रदर्शन हुने बाताबरण बनाइएको कम्पनीका युएई प्रतिनिधि रमेश ढकालले बताए ।
‘ शत्रुू गत’ मह सञ्चारको निर्माण र किरण केसीको प्रस्तुतीमा निर्माण भएको हो । सामाजिक कथामा केन्द्रीत चलचित्र विवाहमा बाधक बन्ने पात्रहरूको वरिपरि घुमेको छ । प्रदीप भट्टराई निर्देशित चलचित्र मा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, प्रियंका कार्की, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा, राजाराम पौडेल, शिवहरी पौडेल, किरण केसी, बसुन्धरा भुषाल, सुष्मा कार्की, रमेश रञ्जन झा लगायतका कलाकारको प्रमुख भूमिका छ ।
चलचित्र मा हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा, हरिवंश आचार्य र प्रदीप भट्टराईको संवाद छ । नेपाल लगाएत बिदेशमा समेत सफल पर्दशनी भई सकेको यस चलचित्र यस बर्ष सर्वाधिक कमाई गर्ने दोश्रो ठुलो नेपाली चलचित्र हो ।
युएईमा गत २०१६ अक्टोबर १४ तारिक देखि नेपाली चलचित्र नियमित प्रदर्शन सुरु भएको थियो । बिरबिक्रम , छक्कपन्जा ,जात्रा , लुट २ , सकुन्तला लगाएतका नेपाली चलचित्र पर्दशनी भए पछि बिभिन्न कारणले युएईमा नेपाली चलचित्र पर्दशनी स्थगित भएको थियो । पुन नियमित चलचित्र पर्दशनीको लागि सम्पूर्ण तयारि सकिएको युएईमा नेपाली चलचित्र पर्दशनीको बाताबरण मिलाएको कन्सेप्ट भिजन चलचित्र प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालका राजन अधिकारीले बताए ।
मध्यपूर्वमा नेपाली चलचित्र पर्दशनी संगै नेपालमा रहेका नेपाली माझ मात्र खुम्चिरहेको चलचित्रको बजार अन्तराष्ट्रिय स्तरमा फैलाउन मद्त पुगेको कन्सेप्ट भिजन चलचित्र प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालले बताएको छ । देश बाहिर नेपालीको धेरै संख्या खाडी मुलुकमा छ । प्रवासमा आफ्नो कला, सांस्कृति र साहित्यतर्फ चासो बढी राख्ने गर्छन । युएईपछि कतार, बहराइन, ओमन लगाएतका देशमा पनि आफ्नो संस्था कन्सेप्ट भिजन चलचित्र प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालले नेपाली चलचित्र प्रदर्शन गर्ने राजन अधिकारीले जनाए ।
चलचित्र शत्रुू गतेको खाडी राष्ट्रको पहिलो शो युएईमा आगामी जुलाई ५ तारिक देखि पर्दशनी तयारि गरेर प्रचारप्रसार गरिरको भए पनि बिबिध कारणले तयारी नसकिएकाले पर्दशनी मिति परिबर्तन गरेर जुलाई १२ तारिक बनाइएको कम्पनीका प्रतिनिधि रमेश ढकालले बताएका छन ।

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

चलचित्र ‘शत्रु गते’ युएईमा जुलाई १२ देखि प्रदर्शन हुने

सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रुू गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र...

कलाको तीज कोशेली चिटिक्कै मलाई सुहायो बजारमा

काठमाडौं, विगत लामो समयदेखि नेपाली लोक तथा दोहोरी गीत गायनमा क्रियाशील गायिका कला पंगेनीले यसपालिको तीजलाई...

दोहोरी गीतमा रम्दै र जम्दै सापकोटा

हालसम्म उनको फुुल्यो बेली जाइ, चाइना बोर्डर, सम्झे मुुुटुु खान्छ, ढाँट्यौ मायाले र झल्को आउँछ गीत बजारमा आइसकेका...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

नीति प्रभावकारिताका अवरोधहरु

भोगिएको समस्या समाधान गर्न वा आउने समस्याभन्दा माथि उठ्न नै नीति निर्माण गरिने हो । नीति कुनै प्राज्ञिक नभएर...
मनोरञ्जन / साहित्य अरु धेरै

चलचित्र ‘शत्रु गते’ युएईमा जुलाई १२ देखि प्रदर्शन हुने

सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रुू गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै