logo

इरानको ब्रिक्ससँगको व्यापार घट्यो

तेहरान, असार २६
इरानको तेलबाहेकको ब्रिक्ससँगको व्यापारमा केही गिरावट आएको विवरण सार्वजनिक भएको छ । परिमाणको हिसाबमा इरानको तेलबाहेकको क्षेत्रको व्यापारमा केही गिरावट आएको देखिएको हो । यद्यपि मूल्यको हिसाबमा भने यो नतिजामा सात दशमलव ४ प्रतिशतको वृद्धिदरको नतिजा हासिल भएको देखिएको छ । अघिल्लो वर्षको तुलनामा इरानले गत आर्थिक वर्षमा ब्रिक्ससँगको व्यापारमा आर्थिक हिसाबमा केही सुधारको नतिजा हासिल गरेको हो । इरानको स्थानीय सञ्चारमाध्यमले दिएको जानकारीअनुसार गत मार्च २१ मा सकिएको आर्थिक वर्षमा इरानको व्यापार केही सकारात्मक रहेको पाइएको हो । यद्यपि परिमाणको हिसाबमा भने यो नतिजामा सुधार गर्नुपर्ने अवस्था रहेको देखिएको हो । गएको आर्थिक वर्षमा इरानको ब्रिक्सका मुलुकहरुसँगको द्विपक्षीय व्यापारको नतिजा पाँच करोड ३७ लाख टनमा रहेको देखिएको हो । जसको समग्र मूल्य २९ अर्ब छ करोड रहेको पाइएको हो । गएको आर्थिक वर्षमा इरानले चार करोड ५३ लाख टनबराबरको तेल बाहेकका उत्पादनहरु निर्यात गरेको थियो । जसको समग्र मूल्य भने १२ अर्ब १६ करोड अमेरिकी डलरबराबरको रहेको देखिएको थियो । उक्त पाँच मुलुकहरुबाट उसले ८४ लाख ८० हजार टनबराबरको सामग्रीहरु आयात गरेको थियो । जसको समग्र मूल्य १६ अर्ब ९० करोड डलरमा रहेको देखिएको हो ।
अहिले सार्वजनिक भएको विवरणमा इरानको तेल बाहेकको ब्रिक्ससँगको व्यापारले समग्र वैदेशिक व्यापारमा २८ दशमलव ७ प्रतिशतको हिस्सा ओगट्ने गरेको देखिएको हो । त्यसका साथै इरानको केही निश्चित समुहमा रहेका मुलुकहरुसँगको निर्यात व्यापारले भने समग्रमा उसको निर्यातको २५ दशमलव ९ प्रतिशतको हिस्सा ओगट्दा उक्त मुलुकहरुबाट हुने आयातको नतिजाले भने ३१ प्रतिशतको हिस्सा ओगट्ने गरेको देखिएको हो । ब्रिक्सका मुलुकहरुमा चीन र भारत इरानको सबैभन्दा बढी व्यापारिक सम्बन्ध रहेका मुलुकहरु हुन् । त्यसपछि रसिया, ब्राजिल र दक्षिण अफ्रिकासँग पनि उसको उल्लेख्य व्यापार हुने गरेको छ । पछिल्लो समय व्यापारिक सुधारको लागि संघर्ष गरिरहेको मुलुकको लागि यो नतिजा निकै महत्वपूर्ण हुनसक्ने बताइएको छ । विश्लेषकहरुका अनुसार व्यापारिक सुधारको लागि विभिनन किसिमका योजनाहरु ल्याइएकोमा इरानलाई ब्रिक्ससँगको व्यापारिक सुधारको नतिजाले पनि महत्वपूर्ण सुधार गर्नसक्छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

अमेरिकालाई दिएको रोजगारीको वचनबाट पछि हटे ज्याक मा

अलिबाबा कम्पनीका संस्थापक ज्याक माले अमेरिकामा १० लाख रोजगारी सिर्जना गर्न नसकिने बताएका छन् । अनलाइन...

भक्सवागनले इरानको व्यापार रोक्ने

जर्मन कार निर्माता कम्पनी भक्सवागनले आफ्नो इरानको व्यापार बन्द गर्ने निर्णय गरेको छ । अमेरिकाले इरानमाथि...

अर्जेन्टिनाको अर्थतन्त्रमा ठूलो गिरावट

अर्जेन्टिनाको अर्थतन्त्रमा सन् २०१८ को दोस्रो त्रैमासिक अवधिमा वार्षिक हिसाबमा सन् २०१४ यताकै सबैभन्दा ठुलो...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

राजनीतिमा नमीठो घोच्ने काँडा हुन्छ

तिमी ऐना मेरो मुहारको र हेरिरहन्छु आफूलाई तिमीमा । कहिले अघाउदिनँ म आफ्नो मुहार हेरेर किनकि त्यहाँ तिम्रो विम्ब...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै