logo

चिनियाँ कम्पनीसँग चार अर्ब युरोको सम्झौता गर्दै बीएमडब्ल्यू

म्युनिख, असार २६
कार निर्माता कम्पनी बीएमडब्ल्यूले चिनियाँ कम्पनीसँग चार अर्ब युरोबराबरको सम्झौता गर्ने भएको छ । आगामी केही वर्षका लागि बीएमडब्ल्यूले एम्पेरेक्स टेक्नोलोजी कम्पनीसँग यो सम्झौता गर्न लागेको हो । उक्त चिनियाँ कम्पनीले अहिले ब्याट्रि निर्माणको काम गर्दै आइरहेको छ । सोमबार कार निर्माता कम्पनीले दिएको जानकारीअनुसार अबको केही वर्षका लागि चिनियाँ कम्पनीसँग महत्वपूर्ण सम्झौता हुन लागेको हो । दीर्घकालीनरुपमा हुन लागेको यो सम्झौताअनुसार एक अर्ब ५० करोड अमेरिकी डलरबराबरको सम्झौता जर्मनीमा एक प्लान्ट निर्माणको लागि हुनेछ भने बाँकी सम्झौता चीनका लागि हुने बताइएको छ । अहिले सम्झौता निर्माणको क्रममा रहेको र यो सम्झौता चिनियाँ प्रधानमन्त्री लि खछ्याङको जर्मनी भ्रमणको क्रममा पूरा हुने बताइएको छ । पछिल्लो समय बीएमडब्ल्यूको उत्पादनको विषयमा विभिन्न किसिमको आशंकाहरु पनि पैदा हुँदै आएका छन् । जसले यो समझोताको विषयमा पनि विभिन्न किसिमको आशंकाहरु देखिएका छन् । पछिल्लो समय टेस्ला तथा अन्य कम्पनीहरु आफ्नो ब्याट्रि निर्माणको क्षेत्रमा जोडतोडका साथमा अघि बढिरहेको अवस्थामा बीएमडब्ल्यूको सम्झौताको खासै ठुलो अर्थ नरहने बताइएको हो । अहिले बीएमडब्ल्यूले आफ्नो ब्याट्रिको अनुसन्धानको क्षेत्रमा काम गरिरहेको तर उक्त ब्याट्रिहरु आफैंले निर्माण गर्ने वा नगर्ने भन्ने विषयमा भने कुनै संकेत गरेको छैन । बीएमडब्ल्यूलाई चिनियाँ कम्पनीहरुको तुलनामा जर्मन प्रतिस्पर्धी कम्पनी डायम्लरसँग सम्झौता गर्न निकै सहज हुने भए पनि चिनियाँ कार निर्मातामा नै कम्पनीको आँखा पुगेको हो । पछिल्लो समय बीएमडब्ल्यू आफ्नो महत्वपूर्ण केही सम्झौताहरुको माध्यमबाट आफ्नो व्यापारमा महत्वपूर्ण सुधार गर्ने पक्षमा रहेको छ । त्यसका लागि उसले यसअघि पनि केही महत्वपूर्ण योजनाहरु ल्याएकोमा अहिले भने चिनियाँ कम्पनीसँग सहकार्य गर्ने योजना आएको हो । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

ईयू र जापानबीच अहिलेसम्मकै ठूलो व्यापारिक सम्झौता

युरोपियन युनियन (ईयू) र जापानको बीचमा अहिलेसम्मकै सबैभन्दा ठूलो स्वतन्त्र व्यापार सम्झौता भएको छ । विश्वको करिब...

तेलको मूल्यमा निरन्तर गिरावट

तेलको मूल्यमा बुधबारको बजारमा पनि गिरावट आएको छ । अमेरिकाको उत्पादन तथा आपूर्तिमा वृद्धि तथा मागको नतिजा केही...

एस१० ल्याउने तयारीमा सामसुङ

दक्षिण कोरियन स्मार्टफोन निर्माता कम्पनी सामसुङले आगामी वर्ष आफ्नो एस सेरिजको १० औं संस्करण विश्व बजारमा...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

‘के काठमाडौं उपत्यका मृत्युको कुवा हो ?’

अहिले वर्षा महिनामा काठमाडौं यति दुर्गन्धित भएको छ कि यहाँ गाउँको मान्छे आयो भने तत्काल रुघाखोकीले समात्छ ।...
मनोरञ्जन / साहित्य अरु धेरै

चलचित्र ‘शत्रु गते’ युएईमा जुलाई १२ देखि प्रदर्शन हुने

सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रुू गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै