logo

निसानका कारमा परीक्षणको गलत विवरण फेला

टोकियो, असार २६
जापानी कार निर्माता कम्पनी निसानका कारहरुमा उत्सर्जनको विषयमा गलत विवरणहरु रहेको पाइएको छ । निसानका धेरैजसो जापानी फ्याक्ट्रीहरुको विषयमा यस किसिमको नतिजा हासिल भएको देखिएको हो । वातावरणको क्षेत्रमा पछिल्लो समय कारहरुको विषयमा व्यापक चर्चा भइरहेको अवस्थामा यस किसिमको विवरण सार्वजनिक भएको देखिएको हो । कम्पनीले अहिलेसम्म कति मात्रामा कारहरु उत्सर्जनको यो समस्याबाट प्रभावित भएका छन् भन्ने विषयमा भने कुनै किसिमको जानकारी दिएको छैन । निसान कम्पनीले यस विषयमा पूर्ण र प्रभावकारी अनुसन्धान हुने बताएको छ । अहिले देखिएको समस्याको विषयमा सही किसिमको अध्ययन तथा अनुसन्धान गरी आगामी उत्पादनहरुमा कुनै किसिमको गल्ती नगरिने बताएको छ । अहिले कम्पनीले विश्वसनीय विवरणहरुको विषयमा अध्ययन गरिरहेको र कम्पनीको जीटी–आर स्पोर्टस् कारहरुबाहेक अन्य कारहरुमा कुनै किसिमको समस्या नरहेको बताएको छ । अन्य सबै उत्पादनहरु जापानको सुरक्षाको मापदण्डमा आधारित रहेको उसको भनाइ छ । अहिलेको विवरणमा जीटी–आर मोडलका उत्पादनहरु समावेश नगरिनुको कारण भने कम्पनीले स्पष्ट पारेको छ ।
सोमबारको बजारमा कम्पनीले चार दशमलव ५ प्रतिशतको गिरावटको सामना गरेको छ । कम्पनीका उत्पादनहरुमा देखिएको कमजोर किसिमको नतिजाको कारण उसको सेयर बजार पनि निकै कमजोर अवस्थामा पुगेको देखिएको हो । गत वर्ष निसान कम्पनीले जापानमा आफ्नो सुरक्षाको मापदण्ड नपुगेको भन्दै १२ लाख सवारीहरु फिर्ताको निर्णय गरेको थियो । जापानमा पनि उसले आन्तरिक सुरक्षाको मापदण्डमा पूरा गर्न नसकेको हो । यसअघि देखिएको कमजोर किसिमको नतिजाले जापानको सुरक्षाको क्षेत्रमा कति कुराहरु पूरा हुन बाँकी रहेको भन्ने विषयमा भने खुलाइएको थिएन । जसको कारण लागाताररुपमा कम्पनीमाथि अनुसन्धानको काम भइरहेको थियो । निसान कम्पनीका कारहरुमा देखिएको समस्या यसअघि फक्सवागन कम्पनीका उत्पादनहरुमा देखिएको समस्यापछिको महत्वपूर्ण समस्या हो । यसले आगामी दिनमा कम्पनीका उत्पादनहरुमा समस्या सिर्जना गर्नसक्ने बताइएको छ । फक्सवागन कम्पनीले सन् २०१५ मा देखिएको समस्याको कारण करिब एक अर्ब युरोबराबरको रकम जरिवानास्वरुप बुझाएको थियो । फक्सवागन कम्पनीले सन् २००७ देखि सन् २०१५ को बीचमा निर्माण गरेका उत्पादनहरुमा यस किसिमको समस्या रहेको देखिएको हो ।            (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

अमेरिकालाई दिएको रोजगारीको वचनबाट पछि हटे ज्याक मा

अलिबाबा कम्पनीका संस्थापक ज्याक माले अमेरिकामा १० लाख रोजगारी सिर्जना गर्न नसकिने बताएका छन् । अनलाइन...

भक्सवागनले इरानको व्यापार रोक्ने

जर्मन कार निर्माता कम्पनी भक्सवागनले आफ्नो इरानको व्यापार बन्द गर्ने निर्णय गरेको छ । अमेरिकाले इरानमाथि...

अर्जेन्टिनाको अर्थतन्त्रमा ठूलो गिरावट

अर्जेन्टिनाको अर्थतन्त्रमा सन् २०१८ को दोस्रो त्रैमासिक अवधिमा वार्षिक हिसाबमा सन् २०१४ यताकै सबैभन्दा ठुलो...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

राजनीतिमा नमीठो घोच्ने काँडा हुन्छ

तिमी ऐना मेरो मुहारको र हेरिरहन्छु आफूलाई तिमीमा । कहिले अघाउदिनँ म आफ्नो मुहार हेरेर किनकि त्यहाँ तिम्रो विम्ब...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै