logo

तेलको मूल्य बढ्यो

लण्डन, असार २६
विश्वबजारमा सोमबार तेलको मूल्यमा सामान्य वृद्धि भएको छ । विश्वबजारमा देखिएको अत्यधिक माग र अमेरिकाको इरानमाथिको प्रतिबन्धको प्रयासको कारण तेलको मूल्यमा केही वृद्धि भएको देखिएको हो । पछिल्लो समय तेल उत्पादनको विषयमा विभिन्न किसिमको आशंकाहरु भइरहेको अवस्थामा तेलको बजारमा यस किसिमको परिवर्तन आएको हो । सोमबारको बजारमा ब्रेन्ट कच्चा तेलको मूल्यमा ६० सेन्टको वृद्धि भएको देखिएको हो । यससँगै यो तेलको मूल्य प्रतिब्यारेल ७७ दशमलव ७१ अमेरिकी डलरमा पुगेको देखिएको छ । अमेरिकी कच्चा तेलको मूल्यमा भने २५ सेन्टको वृद्धि भएको देखिएको हो । यससँगै अमेरिकी कच्चा तेल प्रतिब्यारेल ७३ दशमलव ५५ अमेरिकी डलरमा पुगेको देखिएको हो । अमेरिकाले यसअघि इरानबाट हुने निर्यात घटाउन चाहेको बताएको थियो । अहिले विश्वको पाँचौं सबैभन्दा ठुलो तेल उत्पादक मुलुकको निर्यात आगामी नोभेम्बरमा इरानको तेल निर्यात करिब शून्यमा झार्ने मनसायमा अमेरिका रहेको देखिएको हो ।
साउदी अरेबियाको निर्यात बढाउने योजनामा अमेरिका स्पष्टरुपमा अघि बढिरहेको देखिन्छ । गएको वर्ष विश्व बजारमा देखिएको तेलको मागमा वृद्धिको नतिजाले साउदी अरेबिया तथा अन्य ओपेकका मुलुकहरुले पनि अफ्नो उत्पादनमा गरिएको कटौती घटाउने निर्णय गरेका थिए । यद्यपि यो अवस्थामा भेनेजुयला तथा लिबियालगायतका मुलुकहरुमा देखिएको कमजोर किसिमको निर्यातको नतिजाले भने तेलको बजारमा केही सकारात्मक रहने अनुमान गरिएको हो । पछिल्लो समय अमेरिकाको तेलको उत्पादनमा वृद्धिछ भइरहेको छ तर यदि इरानमाथि उसले प्रतिबन्ध लगाएको खण्डमा भने उसले त्यसको अन्तरलाई भने पूरा गर्न नसक्ने देखिएको छ । अमेरिकी ऊर्जा कम्पनीले गत साता आफ्नो मुलुकको तेलको उत्पादनमा उल्लेख्य वृद्धि भएको देखिएको हो । आगामी दिनमा भने अमेरिकाको तेल उत्पादनको नतिजामा थप वृद्धि हुनसक्ने बताइएको छ । अमेरिकाको तेलको बजार अझै पुगनपुग भएको देखिएको छ । गएको जुन महिनामा ओपेक तथा उसका सहयोगी मुलुकहरुले आफ्नो तेल कटौतीको निर्णय फुकुवा गर्ने निर्णय गरेका थिए । विश्व बजारमा तेलको मूल्य साँढे तीन वर्षयताकै सबैभन्दा उच्च विन्दुमा रहेको देखिएसँगै उनीहरुले यस्तो निर्णय गरेका थिए । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

ब्लुमबर्गले दिए एक अर्ब ८० करोड डलर चन्दा

संयुक्तराज्य अमेरिकाको न्यूयोर्क सहरका पूर्वप्रमुख (मेयर) माइकल ब्लुमबर्गले आफूले पढेको जोन्स हप्किन्स...

खशोग्जी हत्याका टेप सुन्नै सकिन्न : राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी पत्रकार जमाल खशोग्जीको हत्याको श्रव्य टेपबारे आफूले नसुन्ने बताएका...

अफगान तालिबानसँग कतारमा वार्ता

अफगान तालिबानसँग अमेरिकी विशेषदूत जाल्मे खलिलजादले खाडी राष्ट्र कतारमा वार्ता गर्नुभएको तालिबानी अधिकारीले...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

वैदेशिक रोजगारी कहिलेसम्म ?

केपी ओली नेतृत्वको सरकारले आगामी पाँच वर्षभित्र नेपाली युवाले रोजगारको लागि भनेर विदेशिनुपर्ने अवस्थाको...
मनोरञ्जन / साहित्य अरु धेरै

घरबेटीविरुद्ध अनुगमन कहिले ?

नेपालको पुरा जनसख्ँयामध्ये आधाभन्दा बढी मानिस काठमाडौँ बस्छन् । आफ्नो गाँउठाँउ छोडेर शिक्षा, स्वास्थ्य र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै