logo

युरोपले एक भएर अमेरिकाको सामना गर्छ : फ्रान्स

पेरिस, असार २५
फ्रान्सका अर्थमन्त्री ब्रुनो ले मायरले आगामी दिनमा अमेरिकाले युरोपमाथि दबाबको लागि थप केही योजनाहरु ल्याएको खण्डमा समग्र युरोप एक भएर अमेरिकाको सामना गर्नको लागि तयार रहेको बताएका छन् । आइतबार उनले अमेरिकाले लगाएको करको विषयमा बोल्दै यस्तो बताएका हुन् । अमेरिकाले युरोप, मेक्सिको, क्यानडा तथा चीनबाट आउने सामग्रीहरुमा कर बढाउने निर्णय गरेको थियो । यस्तोमा उक्त मुलुकहरुले पनि जवाफीरुपमा कर बढाउँदै अमेरिकालाई जस्ताको त्यस्तै जवाफ फर्काएका थिए । जसको कारण अहिले व्यापारिक युद्ध जारी रहेको छ । अमेरिकाले अन्य सबै मुलुकहरुले अमेरिकी सामग्रीहरुमाथि पनि कर बढाउने निर्णय गरेसँगै आगामी दिनमा थप कर बढाउने भन्दै चेतावनी दिँदै आएको छ । यस्तोमा फ्रान्सले उक्त कदममा अमेरिका अघि बढेको खण्डमा सबै युरोपियन मुलुकहरु एक भएर त्यसको सामना गर्ने बताएको हो ।
विशेषगरी अमेरिकाले कारका उत्पादनहरुमाथि कर बढाउने तयारी गरेको हो । अमेरिकाको यो तयारीप्रति लक्षित गर्दै फ्रान्सले कार उद्योगका उत्पादनहरुमा कुनै कर वृद्धि गरिए अमेरिकाले समग्र युरोपको शक्ति देख्ने बताए । युरोप सधैं एक भएर आफ्नो काम गर्दै आएको खण्डमा अमेरिकाले लगाएको यस किसिमको करको वृद्धिबाट विचलित नहुने फ्रान्सका अर्थमन्त्रीको भनाइ छ । अहिलेको अवस्थामा अहिले व्यापार युद्ध छ वा छैन भन्ने कुनै प्रश्न नै नरहेको बताए । उनले व्यापार युद्ध सुरु भइरहेको कारण यस किसिमको प्रश्न सान्दर्भिक नरहेको बताएका हुन् । अमेरिकाले विश्वका केही मुलुकहरुबाट आएको सामग्रीहरुमाथिको कर बढाउने निर्णय गरेको छ । अमेरिकाले अन्य मुलुकहरुले अमेरिकालाई शोषण गर्दै रोजगारी तथा रकम बाहिर लगिरहेको बताउँदै कर बढाउने निर्णय गरेको थियो । यस्तामा अन्य मुलुकहरुले पनि जस्तालाई त्यस्तै जवाफ दिने भन्दै जवाफी कर लगाउने निर्णय गरेका थिए । यद्यपि जापानले भने अमेरिकाको कर बढाउने निर्णयमा जवाफी करको योजना ल्याएको छैन । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

ईयू र जापानबीच अहिलेसम्मकै ठूलो व्यापारिक सम्झौता

युरोपियन युनियन (ईयू) र जापानको बीचमा अहिलेसम्मकै सबैभन्दा ठूलो स्वतन्त्र व्यापार सम्झौता भएको छ । विश्वको करिब...

तेलको मूल्यमा निरन्तर गिरावट

तेलको मूल्यमा बुधबारको बजारमा पनि गिरावट आएको छ । अमेरिकाको उत्पादन तथा आपूर्तिमा वृद्धि तथा मागको नतिजा केही...

एस१० ल्याउने तयारीमा सामसुङ

दक्षिण कोरियन स्मार्टफोन निर्माता कम्पनी सामसुङले आगामी वर्ष आफ्नो एस सेरिजको १० औं संस्करण विश्व बजारमा...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

‘के काठमाडौं उपत्यका मृत्युको कुवा हो ?’

अहिले वर्षा महिनामा काठमाडौं यति दुर्गन्धित भएको छ कि यहाँ गाउँको मान्छे आयो भने तत्काल रुघाखोकीले समात्छ ।...
मनोरञ्जन / साहित्य अरु धेरै

चलचित्र ‘शत्रु गते’ युएईमा जुलाई १२ देखि प्रदर्शन हुने

सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रुू गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै