logo

अमेरिकामा प्रतिबन्धको अपेक्षा छैन : हुवावे

पेरिस, असार २५
चिनियाँ प्रविधि कम्पनी हुवावेले आफूलाई अमेरिकामा प्रतिबन्ध लाग्ने अपेक्षा नरहेको बताएको छ । फ्रान्सेली सञ्चारमाध्यममा अन्तर्वार्ता दिँदै हुवावेका एक अधिकारीले कम्पनी अमेरिकाको निशानामा नरहेको बताएका हुन् । पछिल्लो समय चिनियाँ कम्पनीहरुमाथि लगाताररुपमा दबाब सिर्जना गरिरहेको अमेरिकाले हुवावेमाथि पनि प्रतिबन्ध लगाउनसक्ने अनुमान भइरहेको अवस्थामा कम्पनीका अधिकारीले यस्तो बताएका हुन् । विश्वको तेस्रो सबैभन्दा ठूलो स्मार्टफोन निर्माता कम्पनी निजी कम्पनी भए पनि चीनसँगको सम्बन्धको कारण यो कम्पनीमाथि पनि प्रतिबन्धको आशंका गरिएको हो । यद्यपि कम्पनीले भने आफ्नो चीन सरकारसँग कुनै किसिमको सम्बन्ध नरहेको र आफ्नो व्यापार सधैं निष्पक्ष रहने बताउँदै आएको छ । यसअघि अमेरिकी विज्ञहरुले हुवावे कम्पनीको व्यापारमा अमेरिकाको सुरक्षामा गम्भीर किसिमको चुनौती थपेको बताएका थिए । सोहीकारण पनि अमेरिकामा आफ्नो व्यापार जारी राख्नु हुवावेका लागि एक ठूलो समस्या बन्नसक्ने बताइएको छ ।
यसअघि अमेरिकाले अर्को चिनियाँ कम्पनी जेटीईमाथि प्रतिबन्ध लगाएको कारण पनि हुवावे कम्पनीमा पनि उसको प्रतिबन्धको निर्णय आउनसक्ने बताइएको हो । गत महिनामा जेटीई कम्पनीमाथि अमेरिकाले उत्तर कोरिया तथा इरानसँग व्यापार गरेको भन्दै एक अबै ४० करोड अमेरिकी डलरबराबरको जरिवाना लगाउने निर्णय गरेको थियो । यसअघि अमेरिकासँग जेटीईको यस किसिमको सम्झौता भए पनि पूर्णरुपमा पालना नभएको भन्दै जेटीईमाथि अमेरिकाले जरिवाना लगाउने निर्णय गरेको थियो । साथै यसले राष्ट्रिय सुरक्षामा असर पर्नेभन्दै जेटीईमाथि प्रतिबन्ध पनि लगाइएको अवस्थामा केही दिनअघि मात्र सो प्रतिबन्ध अस्थायीरुपमा फुकुवा गर्ने निर्णय गरेको थियो । आगामी अगष्ट महिनासम्मको लागि जेटीईमाथिको प्रतिबन्ध फुकुवा हुने भएको हो । हुवावेका घुम्ती अध्यक्षहरुमध्येका एक केन हुलाई अमेरिकाले कम्पनीमाथि प्रतिबन्ध लगाएको खण्डमा के हुन्छ भन्ने विषयमा प्रश्न गरिएको थियो । यस क्रममा उनले १० वर्षदेखि आफूहरुले व्यापार सुरु गरेको र यो अवधिमा कुनै पनि नियम भङ्ग नगरेको कारण अमेरिकाले आफूहरुमाथि प्रतिबन्ध लगाउने सम्भावना निकै कमजोर रहेको जानकारी दिए । उनले आफूहरुको उद्देश्य युरोप, अमेरिका वा संयुक्त राष्ट्रसंघको सबै नियमहरु पालना गर्दै व्यापार गर्नु रहेको उनको भनाइ थियो । अमेरिकी उत्पादनहरु खरिद गर्ने विषयमा पनि उनले आफूहरु सधैं उत्कृष्ट प्रविधिमा विश्वास राख्ने भएकोले अमेरिकी चिप्सहरु पनि खरिदको क्रम जारी रहने बताए । यस वर्षको सुरुवातमा अमेरिकी नीतिनिर्माताहरुले गुगल कम्पनीलाई आफ्नो हुवावेसँगको सहकार्यको विषयमा पुनर्विचारको लागि आग्रह गरेका थिए । साथै अमेरिकी कम्पनी एटी एण्ड टीसँगको हुवावेको सहकार्य पनि अन्तिम समयमा आएर रद्द भएको थियो । हुवावे कम्पनीको नयाँ उत्पादन खरिदको विषयलाई लिएर एटी एण्ड टीसँग सम्झौता हुन नसकेको हो । यसले अमेरिकाको राष्ट्रिय सुरक्षामा असर गर्ने भन्दै यो सम्झौता रद्द गरिएको हो । (आर्थिक  दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

अमेरिकालाई दिएको रोजगारीको वचनबाट पछि हटे ज्याक मा

अलिबाबा कम्पनीका संस्थापक ज्याक माले अमेरिकामा १० लाख रोजगारी सिर्जना गर्न नसकिने बताएका छन् । अनलाइन...

भक्सवागनले इरानको व्यापार रोक्ने

जर्मन कार निर्माता कम्पनी भक्सवागनले आफ्नो इरानको व्यापार बन्द गर्ने निर्णय गरेको छ । अमेरिकाले इरानमाथि...

अर्जेन्टिनाको अर्थतन्त्रमा ठूलो गिरावट

अर्जेन्टिनाको अर्थतन्त्रमा सन् २०१८ को दोस्रो त्रैमासिक अवधिमा वार्षिक हिसाबमा सन् २०१४ यताकै सबैभन्दा ठुलो...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

राजनीतिमा नमीठो घोच्ने काँडा हुन्छ

तिमी ऐना मेरो मुहारको र हेरिरहन्छु आफूलाई तिमीमा । कहिले अघाउदिनँ म आफ्नो मुहार हेरेर किनकि त्यहाँ तिम्रो विम्ब...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै