logo

नेपालमा पुष्प व्यवसायको अवस्था

डा. सुमनकुमार रेग्मी
नेपालमा सन् १९५० बाट सामान्यस्तरमा सुरु भएको पुष्प व्यवसाय सहरीकरणको विकास तथा विस्तारसँगै यसको क्षेत्र काठमाडौं मात्र नभएर पोखरा, नारायणघाट, हेटौंडा, काभ्रे, विराटनगर, धरान, धनगढीलगायतका सहरहरुमा फैलँदो छ । देशका छत्तीस जिल्लामा दुई हजार नौ सय ४१ रोपनी क्षेत्रफलमा व्यावसायिक पुष्प खेतीबाट वार्षिक ६७ करोड १४ लाख ४६ हजार आम्दानी भएको बताइन्छ । यस व्यवसायमा कुल गार्हस्थ्य उत्पादनमा २०७३ मा ४५ करोड योगदान पुगेको बताइन्छ । नेपालमा व्यावसायिक खेती भएको करिब २३ वर्ष पुगेको छ । पुष्प वस्तुहरुले देशको निकासी वस्तुमा पहिचान गरेका छन् । नेपालमा पाँच सय ६१ व्यावसायीले पुष्प व्यवसाय अपनाई आएका छन् । यस व्यवसायमा सबैभन्दा बढी प्रदेश नंबर ३ मा तीन सय ८१ व्यवसायी संलग्न छन् । सरकारले कृषि क्षेत्रमा अनुदान बढाएको छ । करिब पाँच अर्बको लगानी रहेको पुष्प व्यवसायमा ७२ हजार तीन सय ८५ व्यक्तिले रोजगार पाईआएको बताइन्छ । विदेशमा केही वर्ष बसेर नेपालमा फर्केका नेपाली दाजुभाइहरुले पनि पुष्प व्यवसाय गर्दै आएका छन् । प्रेमको प्रतीक गुलाफ र अन्य फूलका प्रयोगको वास्नाले नै मानिसलाई खुसी बनाउने भएकाले पुष्प खेती हुँदै आएको छ । हरेक वर्ष १५ प्रतिशतका दरले फस्टाउँदो रुपमा रहेको पुष्प बजारका लागि नेपाली उत्पादन पनि बढ्दो छ । नेपालमा पाँच ५० प्रजातिका फूल व्यावसायिक उत्पादनका लागि पहिचान भइसकेका छन् । भारतबाट पनि नेपालमा माला र फूल आयात गर्ने गरेकोले नेपालमा हरेक वर्ष पाँच प्रतिशतका दरले आयातलाई प्रतिस्थापित गर्दै जाने लक्ष्यसहित नेपालमै फूल उत्पादन वृद्धि अभियान थालिएको छ । आर्थिक वर्ष २०७२–७३ सम्म आइपुग्दा ३९ जिल्लामा लगभग छ सय ७५ पुष्प फर्म तथा नर्सरीहरु विस्तार भइसकेका छन् । सबैभन्दा बढी काठमाडौंमा दुई ८३ फार्म, ललितपुरमा ४०, मोरङमा २३, कास्कीमा २२ र भक्तपुरमा २० वटा फार्ममा पुष्प खेती व्यवसाय गरिंदै आएको देखिन्छ । २७९ पुष्प खेती व्यवसायीले मुख्य उत्पादन मौसमी, बहुवर्षे । आलङ्कारिक बिरुवा भएको भनिए पनि ४७ व्यवसायीले कटफ्लावर, दुई सय २० ले लुज फ्लावर, १४ ले गार्डेन दुबो र एक व्यवसायीले बीउ उत्पालन गरिआएको देखिन्छन् । मौसमी पुष्पअन्तर्गत सयपत्री, पिटुनीया, डालिया, जिनीया, प्यान्जी र बहुवर्षे पुष्पतर्फ गुलाफ, बगानबेली, गोदावरी, एजेलिया, कार्नेसन र त्यस्तै आलाङकारिक पुष्पतर्फ धुपी, हेज, पाम , अशोकासहित एरिका कटफ्लावरतर्फ कर्नेशन, जर्बेरा, गुलाफ, ग्याडुलस, क्यालेनडुला र लुज फ्लावरतर्फ सयपत्री, लाहुरे, गोदावरी, एकान्ते र ताराको व्यावसायिक खेती गरिएको देखिन्छ । पुष्प व्यवसायमा काठ र बाँसबाट नौ सय ९६ टनेल, एक सय ८२ ग्रिनहाउस, जीआई पाइप फ्रेमबाट ४३ ग्रिन हाउस, एसएस पाइप फ्रेमबाट ३१ ग्रिनहाउस, २६ वटा टनेलमार्फत थप पुष्प खेती गरिँदै आएको छ । जग्गा भाडामा लिई पुष्प खेती गर्ने ६१ प्रतिशत, आफ्नो जग्गा आफैं चलन गरी खेती गर्ने ३८ र अन्य उपभोगअन्तर्र्गत पुष्प खेती गर्ने एक प्रतिशत रहेको देखिन्छ । त्यसैगरी २६ प्रतिशतले ऋृण लिएको मध्ये ३६ ले सहकारी, २७ ले कृषि विकास बैंक, २६ ले अन्य वित्तीय संस्था र ११ प्रतिशतले अन्य स्रोतबाट ऋृण लिएर व्यवसाय गरेको देखिन्छ । बिहानदेखि साँझसम्म पनि फूल खेती तथा कारोबारमा व्यवस्त रहने फूल व्यवसायीहरु फूल कारोबार गर्न देशका विभिन्न स्थानमा भएका कार्यक्रममा संलग्न हुँदै आएका देखिन्छन् । फूलको माग देशभरि नै अत्यधिकरुपमा बढ्दै गइरहेको छ ।
बिहे, पूजापाठ, सभासम्मेलनमा अतिथिलाई स्वागत गर्नलगायत अनगिन्ती प्रयोगका लागि फूल खपत हुँदै आएको छ । घरमा लगाउने वा घर गृहस्थी बगैंचामा घरको सौन्दर्य बढाउन फूल बिरुवा पनि बजारमा उत्तीकै बिक्री हुँदै आएको छ । फूल जन्मदादेखि मर्दासम्मका समयमा प्रयोग हुँदै आएको छ । आफ्नै गाउँदेखि सहरसम्म मात्र उत्पादन मात्र होइन, औषधिका रुपमा समेत फूल प्रयोग हुँदै आएको जानकारी धेरैलाई थाहा नहुुन सक्दछ । आफ्नै घरमा रोपिएका फूल औषधिका रुपमा सामान्य रोगदेखि क्यानसरसम्मका लागि प्रयोग गर्न सकिने हुन सक्दछ । साथै महिलाका महिनावारी समस्यामा पहेंलो जाइ फूलको रस निकै उपयोगी भएको बताइन्छ । २०५१ सालमा दुईदेखि तीन करोडसम्मको वार्षिक फूल तथा वनस्पतीको व्यापार हुँदा झण्डै ८० प्रतिशत नेपालले आयात गर्नु पर्दथ्यो । २०७२–७३ मा एक सय अर्ब २७ करोड बढीको कारोबार हुँदा २० प्रतिशत मात्रै आयात गर्नु परेको छ । ८० प्रतिशत नेपालको फूल उत्पादनले धानेको देखिन्छ । समान्यस्तरमा सुरु भएको पुष्प खेती व्यवसाय आव २०७०–७१ मा सिजनल पुष्प बिरुवातर्फ २१ करोड ६८ लाख, आलङ्कारिक बोट बिरुवातर्फ ३८ करोड १५ लाख, कट फ्लावरतर्फ २० करोड ४५ लाख, ल्याडस्केप तथा गार्डेनिङतर्फ १७ करोड चार लाख, खुलातर्फ छ करोड ७० लाख, सामग्री आपूर्तितर्फ १२ करोड ४० लाख, अन्यतर्फ आठ करोड, ३३ लाख र निर्याततर्फ तीन करोडको कारोबार भएको देखिन्छ । लगभग एक सय ४७ हेक्टर क्षेत्रफलमा भइरहेको पुष्प व्यवसायले आर्थिक वर्ष २०७२–७३ मा जम्मा एक अर्ब ३४ करोडभन्दा बढी र आव २०७३–७४ मा एक अर्ब ७१ करोडभन्दा बढीको कारोबार भएको बताइएको छ । तर देश अझै फूलमा आत्मनिर्भर बन्न सकेको छैन । गोदावरी र मखमलीको आत्मनिर्भरपश्चात् अब देश सयपत्री फूलतर्फ आत्मनिर्भर हुँदै जाँदैछ । फूल व्यवसायमा नेपाल आत्मनिर्भर अझ बन्न सकेको छैन । बहुउद्देश्यका लागि प्रयोगमा आइरहेको नेपालमा उत्पादित फूल भारत, थाइलैण्ड, फ्रान्स, बेलायत, जापान, नाबेविया, इटालीलगायतका देशहरुबाट नेपालमा आयात भइरहेका छन् । २०७२ –७३ मा मात्र नेपालमा गुलाफको फूल ४० लाखको आयात भएको थियो । बाह्य बजारबाट कुनै वर्ष फूलका बीउ र रुद्राक्ष धेरै आयात भएको देखिन्छ । नेपालमा फूलको बीउ अमेरिका, जर्मनी, जापान, ग्वाटेमाला, हल्याण्डलगायतका देशहरुबाट आयात भएको देखिन्छ । यी देशबाट आयात भएका बीउ अधिकांश नर्सरीहरुका लागि देखिन्छन् । कटफ्लावर पनि बाहिरबाट आयात भएको देखिन्छ । तर फूलका गानाका आयात भने कम छ । रुद्राक्ष इण्डोनेसीयाबाट आयात भएको देखिन्छ ।
भारतबाट मात्र झण्डै चार करोडको फूल आयात हुने गरिएको छ । बाह्य देशबाट २०७२–७३ मा तीन करोड ३० लाख बराबरका पुष्पजन्य वस्तु आयात भएको सरकारी तथ्यांक छ । स्वदेशमा नै व्यावसायिकरुपमा खेती सुरु भएपछि फूलको आयातमा कमी हुँदै आएको छ । गुलाफ, कारनेशन, जर्बेरा, ग्लाडियोलस, सयपत्री, गोदावरीलगायतका नेपाली कटफ्लावरको माग नेदरल्याण्ड, हल्याण्ड, थाइल्याण्ड, अमेरिकालगायतको देशहरुमा भएको देखिन्छ । स्वदेशमा मागको ८० प्रतिशत उत्पादन भइरहेको नेपाली पुष्प व्यवसाय भारत, कतार, दुबई, सउदी अरेबिया, कोरिया, जापान, युरोपियन देशहरुमा निर्यात हुँदै आएको छ । आयात प्रतिस्थापन हुँदै आएको मखमली पूmलको उत्पादन उल्लेखनीयरुपमा भक्तपुरमा हुने गरेको छ । भक्तपुरको मखमलीको माग स्वदेशमा मात्र होइन विदेशमा विशेषगरी जापान, क्यानडा, अस्ट्रेलिया, अमरिकालगायतका देशहरुमा माग भई पुग्ने गरेको देखिन्छ । बताइन्छ कि विगत पाँच वर्षमा यी देशहरुमा हजारौं मखमली माला पठाइने गरेको ज्ञात भएको छ । हरेक वर्ष नेपालबाट ४० देखि ५० हजार वटा मखमली र गोदावरीका माला निर्यात हुँदै आएको छ । वार्षिकरुपमा नेपालबाट करिब १० करोडको फूल जापान, कुवेत, कतार, भारतलगायतका देशमा निर्यात हुने गरेको छ भनिन्छ तर २०७२–७३ मा नेपालबाट करिब दुई करोड ९५ लाख को फूल निर्यात भएको छ । नेपालमा फूल निर्यातमा प्रशस्त सम्भावना छ । पुष्प व्यवसायसँग सम्बन्धित नीतिहरु कार्यान्वयन नहुँदा नेपालको फूल आयात व्यवस्थापन हुन सकिरहेको छैन । आन्तरिक बजारमा फूलको माग बढेर गए पनि आवश्यकअनुसार उत्पादन हुन सकेको देखिँदैन । उत्पादनको धेरै सम्भावना भए पनि देशको बढ्दो मागलाई ध्यान दिन सकिएको देखिँदैन । प्रशस्त सम्भावना रहेको पुष्प व्यवसायका लागि सरकारले पुष्प प्रवद्र्धन नीति २०६९ ल्याएको पाँच वर्ष बित्दा पनि पुष्प प्रवद्र्धन कार्यक्रम कार्यान्वयन कार्यायोजना लागू गरेको देखिँदैन । सरकारले अवैधानिकरुपमा पुष्प व्यवसायीले लगाएका गार्डेन तथा नर्सरीहरुमा क्षतिपूर्ति पु-याएको भन्दै पुष्प व्यवसायीहरुले सरकारसँग क्षतिपूर्तिको माग गरिएको देखिन्छ । सरकारको स्वामित्वमा रहेको जग्गा पुष्प व्यवसायीहरुले भाडामा लिई पुष्प व्यवसाय गर्दै आएका छन् । त्यस्ता निजी क्षेत्रका पुष्प व्यवसायमा निजी क्षेत्रको लगानीमा सरकारले हानि पु-याएकोले ती व्यवसायीहरुले सरकारसमक्ष क्षतिपूर्तिको माग गरेका थिए । राज्यको सम्पत्ति हडप्ने पुष्प व्यवसायीहरुको उद्देश्य नरहेको र सो मुद्दा चलिरहेको खाली जग्गामा मोहीहरुले भाडामा लिई व्यवसाय सञ्चालन गर्दै आएको देखिन्छ । साईटीसद्वारा प्रतिबन्धित सुनाखरीको फूल सोझै निर्यात गर्न पाइँदैन । प्रशोधन गरेर मात्र निर्यात गर्न पाइन्छ । तर, नेपालमा औषधिका रुपमा यसको व्यावसायिक खेती गरिनु आवश्यक देखिन्छ । उपयुक्त प्रविधिकै अभावले बजारको माग पूर्ति गर्न नसक्दा नेपालमा पुष्प व्यवसाय पछि पर्दै गएको छ ।
नेपालका बजारमा आयातीत प्लास्टिकका र कागजका फूलहरुले भरिएका छन् । यस्ता बनावटी फूललाई प्रकृतिमा फूलेका फूलले प्रतिस्थापन गर्न आवश्यक छ । साथै वर्षेनी ८० करोडको विद्युतीय झल्लर र त्यससँग सामग्री नेपालमा आायात भइराखेकोले यस्ता सामग्रीलाई फूलको झल्लरले प्रतिस्थापन गर्न आवश्यक छ । यस्ता विद्युतीय झल्लर भारत र चीनबाट आयात भइराखेको छ । नेपाल पुष्प व्यवसायका लागि उर्वर भूमि मानिदै आए पनि दक्ष जनशक्तिको अभाव, नीतिगत नैराश्यता, नयाँ प्रविधि तथा बैंकिङ लगानीजस्ता कारण नेपालको पुष्प व्यवसायले सोचेभन्दा बढी प्रतिफल लिन यससँग सम्बन्धित सबै सरोकारहरुबीच समन्वय सिर्जना गर्न नितान्त आवश्यक छ । तर पनि सरकारले पुष्प व्यवसायको प्रवद्र्धनमा विशेष जोड दिँदै आएको छ । देशको पुष्प उत्पादनमा सरकारी सहयोग नहुनु हाम्रा लागि चुनौती भएको छ । तर यसमा निजी क्षेत्रका प्रयासले पनि पुष्प व्यवसायमा वृद्धि भइरहेको छ । यस व्यवसायमा लगानी बढी र अरु कृषि प्रणालीभन्दा फरक भएकाले पुष्प क्षेत्रको विकास सुस्त भएको देखिन्छ । सरकारले व्यावसायिकरुपबाट कृषकहरुलाई आकर्षित गर्ने उद्देश्यले पुष्प खेती विस्तार गरेमा अर्बौं रुपैंयाँको पुष्प विदेशी बजारमा निर्यात गर्न सकिन्छ । पुष्प खेती निरन्तररुपमा बढ्दै गए यसको स्थान छनौट र मौसमअनुसारको निर्यातलाई प्रवद्र्धन गर्न सकेमा नेपाली पुष्प युरोप र अमेरिकासहित खाडी देशमा पनि निर्यात हुने प्रबल सम्भावना देखिन्छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

समृद्धिको सपना र साकार हुने आधारहरू

समृद्धि भनेको विकास वा उन्नति हो । सर्वसाधारण सबैले आफ्नो दैनिक जीवनमा अनुभव गर्न सक्ने सकारात्मक परिवर्तन नै...

शान्ति सम्झौताको १२ वर्ष : द्वन्द्वपीडितलाई भएन न्यायको अनुभूति

विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष पुगिसक्दा पनि दशवर्षे सशस्त्र द्वन्द्वपीडितले न्यायको अनुभूति गर्न पाएका...

वैदेशिक रोजगारी कहिलेसम्म ?

केपी ओली नेतृत्वको सरकारले आगामी पाँच वर्षभित्र नेपाली युवाले रोजगारको लागि भनेर विदेशिनुपर्ने अवस्थाको...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

समृद्धिको सपना र साकार हुने आधारहरू

समृद्धि भनेको विकास वा उन्नति हो । सर्वसाधारण सबैले आफ्नो दैनिक जीवनमा अनुभव गर्न सक्ने सकारात्मक परिवर्तन नै...

दशैंको मोबाइल बजार

पछिल्लो समय नेपालमा स्मार्टफोनको क्रेज बढ्दो क्रममा रहेको छ । अहिले धेरैको प्राथमिकतामा स्मार्टफोन पर्न...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै